हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

काठमाडौं, असोज २९ । ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् ।

कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् ।

वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् ।

ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने प्रस्ताव पारित गरेको हो ।

वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ जनाभन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।

६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।(एजेन्सी)

साम्राज्ञीलाई दिपकराज गिरीदेखि सुमित खड्कासम्मले दिए यस्तो सुझाव

काठमाडौंः  चलचित्र ड्रिम्सबाट रजटपटमा आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई राम्रो अभिनय गर्ने कलाकारका रूपमा लिइन्छ । उनले अभिनय गरेका प्राय: सबै चलचित्र व्यवसायिक रूपमा सफल छन् । पछिल्लो चलचित्र मारुनीसम्म आइपुग्दा शाहले अभिनय कौशलमा समेत प्रशस्त सुधार ल्याएकी छिन् । नजिकका साथीभाइमाझ मात्र मजाले खुल्ने साम्राज्ञी बेला–बेलामा व्यक्तिगत कारणले विवादमा समेत तानिन्छिन् । यतिबेला उनको नयाँ चलचित्र मारुनी प्रदर्शन भैरहेको छ । साम्राज्ञीको अभिनय औसत हो, तर उनमा युवाहरूलाई आकर्षित गर्ने विशेष गुण छ जसलाई हामी ग्ल्यामर भन्छौं, त्यो अन्य अभिनेत्रीको तुलनामा बढी छ । म उनलाई एउटै सुझाव दिन्छु, ग्ल्यामरको बाटो लामो हुँदैन, राम्रो स्क्रिप्ट छान्नुपर्‍यो । दीपकराज गिरी, अभिनेता/निर्देशक हरेक चलचित्रमा चरित्र अनुसार अभिनय फरक–फरक हुन्छ । साम्राज्ञीले हालसम्म अभिनय गरेका चलचित्रमा जुन प्रकारका चरित्र निर्वाह गरेकी छिन्, ती सबै उत्कृष्ट छन्, जीवन्त लाग्छन् । मैले उनका प्राय: सबै चलचित्र हेरेको छु । सबै चलचित्रमा उनले मन छुने अभिनय गरेकी छिन् । व्यक्तिगत जीवनमा पनि उनी पोजेटिभ भाइव भएकी, आत्मसम्मान भएकी युवती हुन् । उनी बिन्दास स्वभावकी छिन् अनि रिर्जभ पनि छिन् । यद्यपि कहिलेकाहीं त्यही रिजर्भ स्वभावका कारण उनी एक्लै पर्छिन् कि भन्ने डर छ । पुष्प खड्का, अभिनेता मलाई साम्राज्ञीको अभिनय एकदमै मनपर्छ । उनको लुक्स, फिगर तथा व्यवहार पनि आकर्षक छ । उनले डाइलग डेलिभरीमा अलि बढी ध्यान दिनुपर्छ । बेला–बेलामा उनको अभिनयमा फिल देखिंदैन, त्यसमा सुधार ल्याउन सकिन् भने उनी देशकै अब्बल अभिनेत्री बन्न सक्छिन् । गजित विष्ट, अभिनेता साम्राज्ञीको मैले जम्मा एउटा मात्र चलचित्र हेरेको छु— ड्रिम्स । पहिलो पटक भए पनि उनले त्यसमा राम्रो अभिनय गरेकी छिन् । व्यक्तिगत रूपमा उनी मलाई निकै स्मार्ट लाग्छिन् । साम्राज्ञी हरेक प्रकारका चुनौती सामना गर्न आफैं सक्षम छिन् जस्तो पनि लाग्छ । आर्जन पाण्डे, गायक युवा पुस्तामाझ साम्राज्ञीको क्रेज लोभलाग्दो छ । उनको अभिनय पनि राम्रो छ । पहिलो चलचित्रको तुलनामा पछिल्ला चलचित्रमा सुधारिएको अभिनय गरेकी छिन् । पब्लिक फिगर भएकाले बेला–बेलामा आउने व्यक्तिगत चर्चाप्रति अलि ध्यान पुर्‍याउनुपर्छ । अनावश्यक चर्चाले उनकै प्रशंसकहरूलाई नराम्रो लाग्न सक्छ । वसन्त निरौला, निर्देशक मलाई साम्राज्ञीको अभिनय मनपर्छ । मैले उनीसँग निर्देशकका रूपमा काम गरिसकेको छु । उनको कामप्रतिको जिम्मेवारी देखेर म चकित हुन्छु । उनीसंग दिनमा १६ घण्टा काम गर्न सक्ने सामथ्र्य छ । साम्राज्ञी उच्च स्थान बनाइसकेकी कलाकार हुन् । उनी हाम्रो क्षेत्रको गौरव हुन् अनि समाजको संवाहक पनि । त्यही भएर कहिलेकाहीं उनले आफ्ना व्यक्तिगत कुरालाई थोर–बहुत लुकाइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ । नवल नेपाल, निर्देशक साम्राज्ञीको अभिनय पहिलो चलचित्रमा अब्बल थियो, तर दोस्रो चलचित्रयता उनको अभिनय निरन्तर खस्कँदो छ । सुन्दा तीतो लाग्छ, तर सत्य यही नै हो । म उनको शुभचिन्तक हुँ र उनको पहिलो र दोस्रो चलचित्रको लेखक पनि । अहिले उनले आफ्नो ध्यान अभिनयमा भन्दा पनि अरू नै कुरामा लगाएकी छिन्, जुन सबैले महसुस गरिरहेकै छन् । बाजेको पालामा खाएको घीउ, छोरा–छोरीको जीउमा लाग्दैन । अभिनयमा कलाकारले हरेक पटक आफूलाई प्रमाणित गर्नुपर्छ, यो मामिलामा साम्राज्ञी कमजोर हुँदै गएकी छिन् । सामीप्यराज तिमल्सेना, चलचित्र लेखक सरल अभिनय तथा शारीरिक सुन्तरताले अझ राम्रो । उनले चलचित्रमा अभिनय गर्दा ‘मैले धेरै पारिश्रमिकका लागि भन्दा पनि राम्रो अभिनयका लागि काम गरेकी छु’ भनेको सुन्न पाइयोस् । सुमित खड्का, गायक उनी अभिनयमा अब्बल छिन् । उनले आफूलाई पहिलो चलचित्रबाटै स्थापित गरिसकेकी छिन् । उनलाई सुझाव दिने कुरा त मसँग छैन, तर साम्राज्ञीले मौलिक नेपाली चलचित्रमा अभिनय गरेर दर्शकलाई फरक स्वाद चखाएको हेर्न मन छ । सुजन सुवेदी, भिजुअल एडिटर साप्ताहिकबाट

हलिउड स्टार आर्नोल्डमाथि आक्रमण

अफ्रिका, जेठ ५ । दक्षिण अफ्रिकामा हलिउड स्टार आर्नोल्ड स्वार्चनिगरमाथि आक्रमण भएको छ। दक्षिण अफ्रिकामा आर्नोल्डकै निम्ति समर्पित गरेर आयोजना गरिएको एक खेल कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । ७१ वर्षीय आर्नोल्ड ‘आर्नोल्ड क्लासिक अफ्रिका स्पोर्टिङ इभेन्ट’मा अतिथिका रुपमा पुगेका थिए। आर्नोल्डमाथि एक व्यक्तिले लात्ती प्रहार गरेका हुन् । उनलाई बडिबिल्डरहरु प्रेरणाका स्रोत मान्छन् । उनी एक महान बडिबिल्डर हुन् । उनले सन् १९७० देखि १९७५ सम्म लगातार ६ पटक मिस्टर ओलम्पिया बडिबिल्डर प्रतियोगिता जितेका थिए । त्यसैले विश्वभर उनको नामबाट प्रत्येक वर्ष बडिबिल्डिङ प्रतियोगिता हुने गर्दछ। अफ्रिकामासमेत यस कार्यक्रम आयोजना भयो। आर्नोल्डमाथि लात्ती प्रहार भएको भिडियो सार्वजनिक भएको छ । विश्वभरबाट यस आक्रमणको निन्दा भएको छ। उनले यस घटनापछि उक्त कार्यत्रममा उपस्थित व्यक्तिहरुलाई खेलमा ध्यान दिन र गलत कार्य नगर्न सुझाव दिएका थिए । आर्नोल्ड एक बडिबिल्डर मात्र होइनन्। उनी सफल अभिनेता र राजनीतिज्ञ समेत हुन् । आर्नोल्डले सन् २००३ देखि २०११ सम्म लगातार रिपब्लिकन पार्टीतको तर्फबाट क्यालिफोर्नियाको गर्भनरको रुपमा काम गरेका छन्। आर्नोल्ड हलिउड स्टार हुन् । उनले टर्मिनेटर, प्रेडेटर, कमान्डो, द एक्सपेन्डेबलजस्ता विश्वचर्चित चलचित्रमा काम गरेका छन् । एजेन्सी

प्रियंका फसिन् १० वर्ष कान्छो हलिउड गायकको प्रेममा

काठमाडौं । बलिउडबाट हलिउडमा समेत आफ्नो पहिचान बनाइरहेकी नायिका प्रियंका चोपडा हाल आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा छिन्। एक भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लामो समयदेखि एक्लो रहेकी प्रियंकाले आफ्नो लागि लभ पार्टनर भेटेकी छिन्। समाचारमा जनाइएअनुसार उनी हाल २५ वर्षीय अमेरीकन गायक निक जोनाससँग डेट गरिरहेकी छिन्। दुवैको केही फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। प्रियंका तथा निक दुवैले आफूबीचको सम्बन्धबारे भने खुलासा गरेका छैनन्। यस्तै, युएस डेलीले दुवैसँग जोडिएको सूत्रलाई उद्धृत गर्दै उनीहरू एक अर्कासँग डेट गरिरहेको र यो सम्बन्ध एकदमै नयाँ भएको पुष्टि गरेको छ। प्रियंका र निक पहिले पनि केहीपटक सँगै सार्वजनिक कार्यक्रममा देखिएका थिए। तर पछिल्लो समय उनको एक नयाँ फोटो पनि आएको छ। जसमा उनीहरू पानीजहाजमा केही साथीहरूबीच सँगै बसिरहेका देखिन्छन्। प्रियंका आफ्ना प्रेमीका साथ अर्को एक जोडी नजिकै बसेकी छिन्। उक्त फोटो सप्तान्तको हो, जसमा उनीहरू एक अर्कासँग निकै निजकिएको देखिएका छन्। हाल उनीहरू क्यालिर्फोनियामा छन्। एजेन्सीको सहयोगमा

हृदयघातको डरले पारपाचुके

थाइल्याण्डकी एक वयस्क चलचित्रकी पूर्वअभिनेत्रीले धनाढ्य श्रीमान्लाई हृदयघात हुने डरले पारपाचुके गरेकी छिन् । ३३ वर्षीया नोङ नातको विवाह अमेरिकाका ७२ वर्षीय धनाढ्य हारोल्ड जेनिङसँग भएको थियो । विवाह भएपछि श्रीमान्–श्रीमतीबीच हुने शारीरिक सम्बन्धका बेलामा नोङलाई के डर भयो भने कतै सम्बन्ध राख्ने बेलामा हारोल्डको मृत्यु हृदयघातको कारणले त हुँदैन ? यो दुविधा मनमा खेलेपछि नोङले हारोल्डसँग पारपाचुके गर्ने निर्णय गरिन् । बौद्धमार्गी भएका कारण मलाई हारोल्डको सम्पत्तिमा कुनै किसिमको रुचि छैन, किनभने मैले पैसाका लागि भनेर उसँग विवाह गरेकी होइन, नोङ बताउँछिन् । अहिले सिंगल रहेकी नोङ अर्को पुरुषको खोजीमा छिन् ।

लोकप्रिय