हाइब्रिड कविताः प्रकाश थाम्सुहाङ

हाइब्रिड कविताः प्रकाश थाम्सुहाङ

मंसिर १६ । २०६० सालमा पाँचथरबाट एक साहित्यिक आन्दोलनको सुरुवात भएको थियो । उक्त आन्दोलन थियो– उत्तरवर्ती सोच । जसका तीन अभियन्ताहरू थिए– कवि सगुन सुसारा, भवानी तावा र राज माङ्लाक । तिनै उत्तरवर्ती कवि राज माङ्लाकको पहिलो कविता संग्रह “लिम्बुनी गाउँ” कवितासंग्रह भर्खरै प्रकाशनमा आएको छ ।

भारतीय कवि कुँवर नारायण भन्छन्– ‘कविताले समाज बुझ्न खास किसिमको दृष्टिबोध दिन्छ ।’ कवि माङ्लाकका कविताहरूले पनि लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझाउन भरमग्दुर प्रयत्न गरेको छ ।

संग्रहलाई कविले तीन खण्डमा बाँडेका छन् । पहिलो ‘साँवा खोलाको गीत’ खण्डमा १३ कविता छन् । दोस्रो ‘अक्षरहरूको मौलो’ खण्डमा नौ र तेस्रो ‘समय सन्नाटामाः मध्यदिनको सडक समाधि’ खण्डमा पनि नौ कविता संग्रृहीत छन् । यी तीन खण्डका कविता काव्यिक संरचना, विचार र अभिव्यक्ति सम्प्रेषणमा बेगल स्वादका छन् ।

त्यसैले, कवि माङ्लाकलाई भर्सट्रायल कवि मान्दा सायदै गलत भइन्छ । पहिलो खण्डमा छोटो तर सुन्दर कविता छन् । कुनै लिम्बुनी गाउँमा सुन्दर फूल फुलिरहेको सेक्मुरी फूलझैं लाग्छन् यी कविताहरू ।

कुपीको उज्यालोमा देखिन्छ

आफ्नै सभ्यता

फलैंचामा बसेर देखिन्छ

पुर्खाको इतिहास

बाँसको टुप्पा हल्लिँदा हल्लिँदै देखिन्छ

आमाको माया ।

मूलतस् पचासको दशकपछि नेपाली कवितामा इथ्निक कल्चर र मिथकहरूको प्रवेश घनिभूत रूपमा हुन थालेको हो । बीसको दशकमा कवि बैरागी काइलाले छिटफुट रूपमा प्रयोग गर्न थालेको जातीय मिथकलाई युवा कविहरूले सचेततापूर्वक प्रयोग गर्न थाले । रामायण, महाभारतका र पश्चिमा मिथकहरूसँग मात्रै परिचित नेपाली कविताका पाठक र समालोचकहरूलाई उक्त नयाँ प्रयोग निश्चिय नै मथिंगल रिंग्याउने थियो ।

तसर्थ सुरुवाती कालमा ती नयाँ धारका कविताहरू समीक्षकहरूबाट उपेक्षाको सिकार भए । यतिबेला समय बदलिएको छ । वर्तमानमा समानान्तर नेपाली साहित्यको मुद्दा डिस्कोर्समा छ । नेपाली काव्यिक जगत्मा पनि बहुलता लागू हुँदैछ । तसर्थ जनजातीय मिथकहरू नेपाली काव्यिक जगतमा क्रमशस् स्वीकार्य हुँदैछ । पाठकहरूमा पनि यी नयाँ धार बोकेका कविताहरूप्रति क्रमशस् अभिरुचि जाग्दैछ । त्यसकारण ‘लिम्बुनी गाउँ’ आम पाठकमा सम्प्रेषणीय र रुचिकर बन्नेमा दुई मत छैन ।

कवि तथा समालोचक मुनाराज शेर्मा भन्छन्( कवितामा कविले व्यतीत गरिरहेको समय र जीवनपद्धति प्रतिबिम्बित हुन्छ । यस संग्रहमा पनि लिम्बू समुदायले व्यतीत गरिरहेको जीवनपद्धति, संस्कार र सौन्दर्यगत चेतना प्रतिबिम्बित भएको छ । यासोकेनी बजू, लिम्बुनी गाउँ, आदाङ्मे र साँवा खोलाको गीतजस्ता कविताले लिम्बू समाजको सांस्कृतिक चित्र र जीवनपद्धति कलात्मक ढंगले वर्णन गर्ने प्रयत्न गरेको छ ।

विश्वमा घटित सामाजिक न्यायका आन्दोलन र घटनाक्रमहरूले कविता लेखनमा प्रभाव पारेको प्रशस्तै दृष्टान्त छन् । नेपालमा पनि सामाजिक न्यायका थुप्रै आन्दोलन र घटनाक्रम घटित भए । यी आन्दोलनले नेपाली कविता लेखनमा पनि सकारात्मक प्रभाव पारेको यथार्थ हो । तर अझै पनि नेपालमा विभेदका अनेकौं शृंखला ज्यूँका त्यूँ छन् । अझै पनि नेपालको राज्यसत्ता ती विभेदलाई सकारात्मक सम्बोधन गर्न चुकिरहेको छ । यसै सन्दर्भमा ती राजनैतिक र सामाजिक मुद्दाहरू नेपाली कवितामा मुखरित भएर आइरहेको छ ।

पहिचान एक त्यस्तै सामाजिक मुद्दा हो । यतिबेला नेपाली कवितामा पहिचान लेखनले एक बलशाली धारको प्रतिनिधित्व गरिरहेको छ । कवि माङ्लाकको अधिकांश कविता पनि पहिचानको पक्षधरतासँग जोडिएका छन् । तर कुनैबेला जसरी पहिचानको मुद्दा भ्रष्टीकरण उन्मुख थियो । त्यसरी नै पहिचानवादी कविताले लय गुमाएको सत्य हो । अधिकांश पहिचानवादी कवितामा आक्रोशपूर्ण नारा हाबी भएको सत्य हो । अझै पनि यो समस्या नयाँ पहिचानवादी कवि र कवितामा व्याप्त छ । यीभन्दा भिन्न कवि माङ्लाकको पहिचानवादी कवितामा कला र शालीनता छ । यसले विचारलाई अझ तेज र प्रभावकारी बनाएको छ ।

प्रयोगवादी कविता लेख्नु ठूलो जोखिम मोल्नु हो । किनभने प्रयोगलाई पाठकहरूले अस्वीकार गरेको खण्डमा एउटा कविको लामो साधना व्यर्थ जाने भय हुन्छ । फेरि यस्तो भय कवि गोपालप्रसाद रिमालले राखेको भए उनी पछिका पुस्ताहरूले सायदै गद्यमा लेख्ने थिए । प्रयोग समयले आफैं माग्छ तर प्रयोगको लागि प्रयोगमात्र नहोस् । विशेषगरी प्रयोगवादी कविहरू सचेत हुन नितान्त जरुरी छ ।

लिम्बुनी गाउँको दोस्रो खण्ड ‘अक्षरहरूको मौलो’ मा पनि प्रयोगवादी कविता छन् । अक्षरहरूलाई टुक्र्याएर विभिन्न आकृतिजस्तै लाग्ने चित्र कविता यो खण्डमा समाविष्ट छन् । युरोपतिर यस्ता कवितालाई कंक्रिट कविता भन्छन् । भनिन्छ( कंक्रिट कविता दादावादबाट प्रभावित थियो ।

जुरिजबाट सुरु भएको दादावाद जब फ्रान्स हुँदै अमेरिका पुग्यो, तब कविहरूलाई पनि आफ्नो प्रभावमा पार्‍यो । फलस्वरूप कविताको संरचना चित्रझैं लाग्ने कंक्रिट कविताको जन्म भयो । सन् १९२५ तिरै ई ई कमिङ्सले कंक्रिट कविताको सिर्जना गरेका थिए । सन् ५० को दशकपछि भने पश्चिममा कंक्रिट कविता घनिभूत रूपमा लेख्न थालिएको हो ।

नेपालमा कंक्रिट कविता भित्राउने श्रेय कवि बैरागी काइलालाई जान्छ । त्यसपछि सिर्जनशील अराजक र रंगवादी कविहरूले यस्ता कविता बाक्लो रूपमा लेख्न थाले । उत्तरवर्ती कवि सगुन सुसाराले पनि उनको संग्रह माङफुनको कायाकल्पमा यस्ता कविता प्रशस्त लेखेका छन् । नेपालमा ६० को सुरुवातका माथि उल्लेखित कविहरूले चित्र कविता लेख्नुसम्म लेखे, पछि आफैं थाके । उनीहरूलाई लाग्यो होला, यी कविता पाठकमाझ सम्प्रेषणीय भएन ।

सम्भवत: त्यही कालखण्डमा कवि माङ्लाकले पनि यी कविता लेखेको हुनुपर्छ । तर संग्रहको रूपमा ढिलो आयो र नै डेटएक्स्पायर झै लाग्यो ।

तर चित्र कवितामा प्रयुक्त भाषा अब्बल छ । ‘अक्षरहरूको मौलो’ मौलोकै आकृति कविता छ । त्यस्तै ‘लिटल व्याय’ परमाणु बमकै आकृतिमा कविता छ । ‘सिमेक्वा चरी’ अक्षरहरूको संयोजनले चराजस्तै देखिन्छ । कविताको संरचना पुरातन भए पनि वैचारिक अभिव्यक्तिमा नयाँपन छ ।

संग्रहको तेस्रो खण्ड ‘समय सन्नाटामा स् मध्यदिनको सडक समाधि’ छोटो चार हरफको कविता ‘अर्ती’ बाट सुरु भएको छ । ‘फेदेन’ सहर उन्मुख बजारको शाब्दिक स्केच हो । ‘धर्तीका फूलहरू’ ले भुइँ मान्छेहरूको कथा भन्छ । यस खण्डमा अन्य ६ कविता भने केही लामा र बौद्धिक छन् । यस खण्डका केही कविता अमूर्तजस्ता लाग्छन् । यी पछिल्लो कवितामा कविले बुद्धिविलास गर्ने मोह राखेका छन् । तसर्थ यी कविताभित्र आम पाठकको प्रवेशमा कठिनाइ उत्पन्न हुन सक्छ ।

कवि माङलाक पाँचथरको आङ्ना गाउँमा जन्मिएका हुन् । हाल उनी धनकुटाको राजाराजी गाउँमा अध्यापनरत छन् । गाउँ यतिबेला हाइब्रिडमय भएको छ । कृषि र पशुमा लोकल स्पेसिजलाई विस्थापित गर्दै हाइब्रिड स्पेसिजले आफ्नो वंश विस्तार गर्दै लगेको छ । निख्खुर स्थानीय जात गाउँबाट लोप हुने कगारमा छ । सम्भवतस् यसैको प्रभाव हुन सक्छ, उनको कविता पनि हाइब्रिड कविता भएको छ ।

स्थानीयमा विकासे जातको सम्मि श्रणले हाइब्रिड पैदा हुन्छ । संग्रहको छोटो भूमिकामा डा। सञ्जीव उप्रेती लेख्छन्( डेरिडा लिम्बू बन्न पुगेका छन् ।

पहिलो खण्डको निख्खुर भर्जिन लिम्बुनी गाउँलाई दोस्रो र तेस्रो खण्डमा पुग्दा ठूला सहरले अतिक्रमण गरेको छ । लिम्बुनी गाउँको भर्जिनिटी अरूलाई सुम्पेकोमा पाठकलाई थकथक लाग्न सक्छ । र, पाठकहरूको मनमा प्रश्न उठ्न सक्छ( कविको निजत्व खोइ ?

अन्त्यमा,

उत्तरवर्ती सोचको एउटा रोचक र प्रमुख बुँदा छ( ‘तथाकथित भूमण्डलीकरणको विरोध ।’ कविताको संरचना र चिन्तनमा आफ्नोपनलाई बेवास्ता गर्दै बाहिरी तत्व र चिन्तनसँग आकर्षित भएपछि भूमण्डलीकरणको विरोध गर्ने नैतिक सामथ्र्य कहाँबाट जुट्छ रु आगामी दिनमा कवि राज माङ्लाकले यस्ता प्रश्नको सामना गर्नुपर्ने देखिन्छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय