हिलोमा चुर्लुम्म डुबिरहेकाहरूले माओवादीको पिठ्यूमा लागेको दाग देखाइरहेको छन् : दिपशिखा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का यूवा नेता पोलिट ब्युरो सदस्य तथा वाइसियल इन्चार्ज दिपशिखाले हिलोमा चुर्लुम्म डुबिरहेकाहरूले लाजै नमानीकन माओवादीको पिठ्यूमा लागेको दाग देखाइरहेको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्रको विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेता सापकोटाले टिप्पणी गरेका हुन् ।
‘माओवादी नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारिहरुलाई थुन्ने । तस्करहरुलाई कार्वाही गर्ने गर्यो , पछिल्लो परिवर्तनको रक्षक भएर उभियो,’ उनले भने ‘जुन कुरा हिजो पुस्तो देखी राज्य दोहन गर्नेहरुको शिबिर र त्यस वरपरकाहरुलाई पचाउन कठिन भइरहेको छ ।’
कथित पपुलिष्ट पोलिटिक्सका लागेकाहरु खुइलिंदै जानु र परिवर्तन पक्षधर शक्तिहरबीच विभाजन ल्याउन असंभव हुँदै गएपछि प्रतिकृयावादीले बदनाम र दुश्प्रचारको निति लिएको नेता सापकोटाको जिकिर थियो ।
विद्यार्थी महाशाखाको बैठकले विभिन्न शाखाहरूमा नेताहरुको कार्य विभाजन तथा प्रशिक्षण लगायत विवध कार्यक्रमहरू सार्वजनिक गरेको महाशाखा सचिव उपेन्द्र शाहीले जानकारी दिए ।
स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।
नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय
अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति
काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।
राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ । यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।