हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?

हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?

काठमाडौं, चैत ६ । बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिन्छ। जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ। तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ। यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ।

खराब रंगले कस्तो असर गर्छ? विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ। हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ।

एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ। यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजोलगायत अंगहरूलाई पनि हानी पुर्‍याउँछ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ।

बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्‍याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ। यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्सजस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखा पर्छन्। यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्‍याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ। पछिल्लो समय होली खेल्न प्रयोग गरिने चाँदीजस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ।

बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्‍याउँछ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले छाला चिल्लो हुने भएकाले रङले छालामा त्यति असर गर्न पाउँदैनन्। साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नु हुँदैन। रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। सकेसम्म होलीमा रंग लगाउनुअघि शरीरमा राम्रोसँग मोस्चाइजर लगाउनाले रंगमा हुने केमिकलहरुले हाम्रो शरीरका कम असर गर्छ। यो सामग्री थाहखबरबाट साभार गरिएको हो ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय