क्रान्तिकारीले बनायो १०१ क्याम्पसमा स्ववियू अध्यक्षका उम्मेदवार 

क्रान्तिकारीले बनायो १०१ क्याम्पसमा स्ववियू अध्यक्षका उम्मेदवार 

२०७३ फागुन ०३ । माअोवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियू चुनावका १०१ क्याम्पसमा अध्यक्ष उम्मेदवारी घोषणा गरेको छ ।

२८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीको आधारमा आगामी फागनु १४ गते स्ववियू निर्वाचन हुन गईरहेको छ । सो निर्वाचनका लागि अखिल (क्रान्तिकारी) का सम्बन्धित क्याम्पस समितिहरुबाट सर्वसम्मत रुपमा निर्णय भएको भन्दै क्रान्तिकारीले अध्यक्ष उम्मेदवार घोषणा गरेको जनाएकव छ । वाँकी रहेका क्याम्पसमा छिट्टै अध्यक्ष उम्मेदवार घोषणा गर्ने क्रान्तिकारीले जनाएको छ ।

यी हुन् अध्यक्षका उम्मेदवार

त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुर – तिलकप्रसाद उपाध्याय

त्रि–चन्द्र क्याम्पस घण्टाघर – केशव रावल, महेन्द्ररत्न क्याम्पस ताहाचल

– दिपेन्द्र कार्की, महेन्द्र मोरङ आदर्श ब. क्याम्पस – जिसस न्यौपाने

पाटन संयुक्त क्याम्पस ललितपुर – एमानसिंह राना

नेपाल कमर्श क्याम्पस मिनभवन – राजेश मैनाली, पृथ्वी नारायण क्याम्पस कास्की

– प्रविना अधिकारी, सानोठिमी शिक्षा क्याम्पस भक्तपुर – रमेश खड्का

पव्लिकयुथ क्याम्पस धोविचौर – बाबुराम नेपाली

सरस्वति क्याम्पस लैनचौर – सन्तोष रानाभाट

पशुपति क्याम्पस चावहिल – मदन संयोक लिम्बु

कोटेश्वर क्याम्पस काठमाडौं – नवराज कार्की

बानेश्वर क्याम्पस काठमाडौं – नविन शाही

दमक ब. क्याम्पस झापा – कुल ब. बस्नेत रवि

पद्मकन्या क्याम्पस बागबजार – दन्ता नेपाली(दर्शना)

शंकरदेव क्याम्पस पुतलिसडक – कपिल सिजापति

काठमाडौं शिक्षा क्याम्पस – गंगा दाहाल

कैलाशकुट क्याम्पस काठमाडौं – पदम ब. तामाङ

महालक्ष्मी क्याम्पस ललितपुर – सरोज महर्जन

भक्तपुर बहुमुखी क्याम्पस – सञ्जय ठिमी

नेशनल ई. कलेज ताल्छीखेल – गोपाल अर्याल

कान्तिपुर ई. कलेज धापाखेल – सागर आचार्य

सगरमाथा ई. कलेज सिएसआइटी – मनिष खत्री

ललितपुर ई. कलेज चाकुपाट – चन्द्र धानुक

शहिद आदर्श क्याम्पस भद्रबास – रामेश्वर फुँयाल

मैयादेवी कलेज चितवन – शर्मिला हमाल

बालकुमारी कलेज चितवन – विकास कोइराला

उमाबडी शेरचन कलेज चितवन – कृष्ण सापकोटा

शहिद स्मृति कलेज चितवन – अमृत वस्ती

माडी क्याम्पस चितवन – रविन्द्र अर्याल

अरुणोदय कलेज चितवन – पिंगलराज पन्त

मन्थली सहिद स्मृति क्याम्पस – जयदिप मगर

नुवाकोट आदर्श ब. क्याम्पस – राजेन्द्र पनेरु

पालुङ ब. क्याम्पस मकवानपुर – मुकेश गोले

सिन्धुली ब. क्याम्पस सिन्धुली – उत्तम पहाडी

गौमति ब. क्याम्पस सिन्धुली – कुशल दाहाल

मरिन ब. क्याम्पस सिन्धुली – नेत्र नेपाली

गोल्मेश्वर क्याम्पस दोलखा – ठाकुर खड्का

जिरी क्याम्पस दोलखा – डोमा शेर्पा

निलकण्ठ क्याम्पस धादिङ – विमल तामाङ

मच्छिन्द्र क्याम्पस खानिखोला – विनोद आचार्य

पाथिभरा क्याम्पस ताप्लेजुङ – प्रजिन हाङवाङ

चुहानडाँडा क्याम्पस तेह्रथुम – योगेश भट्टराई

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार – रोशन गिरी

महेन्द्र रत्न ब. क्याम्पस धरान – धनहाङ सुब्बा

उर्लाबारी क्याम्पस मोरङ – दिपक आपागाईं

पथरी क्याम्पस मोरङ – दिपेन्द्र धमला

ठाकुरराम ब. क्याम्पस – प्रभाकर गुप्ता

आदिकवि भानुभक्त क्याम्पस तनहुँ – डिवि नेपाली

त्रिया क्याम्पस तनहुँ – अविन नेपाली

फेदिखोला क्याम्पस तनहुँ – गणेश पोखरेल

चापाकोट क्याम्पस तनहुँ – श्रेया कोइराला

मिर्मि क्याम्पस तनहुँ – नारायण पाण्डे

गल्याङ क्याम्पस तनहुँ – दिनेश अर्याल

शंखर क्याम्पस तनहुँ – चेत ब. नेपाली

धवलागिरी ब. क्याम्पस बाग्लुङ – जीवन शर्मा

पयुपाटा ब. क्याम्पस बाग्लुङ – सरिता खत्री

जनता सुदर्शन ब. क्याम्पस पर्वत – सन्दिप वि.क.

गुप्तेश्वर ब. क्याम्पस पर्वत – अर्जुन नेपाली

शिवालय बगैचा ब क्याम्पस पर्वत – सुरेश सुवेदी

पैयु ब. क्याम्पस पर्वत – अर्जुन काफ्ले

म्याग्दी ब. क्याम्पस म्याग्दी – सुदिन पौडेल

मंगला शिक्षा क्याम्पस म्याग्दी – कुसुम पाण्डे

पश्चिमाञ्चल ई. क्याम्पस कास्की – साधुराम लामिछाने

बनविज्ञान क्याम्पस कास्की – रोहित झा

जनप्रिय ब. क्याम्पस कास्की – विपिन आचार्य

जुम्ला ब. क्याम्पस जुम्ला – अम्मरराज शाही

तिलाकर्णाली व.क्याम्पस कालीकोट – भिमप्रसाद आचार्य

जनचेतना ब. क्याम्पस कालिकोट – अमर भाम

नारायण क्याम्पस दैलेख – उपेन्द्र विष्ट

नन्ददेवि ब. क्याम्पस कालिकोट – लक्ष्मण बुढा

सुर्खेत शिक्षा क्याम्पस – महेश जि.सी.

बागेश्वरी ब. क्याम्पस बाँके – राजेन्द्र विष्ट

कपिलवस्तु ब. क्याम्पस – ओसिम खान

सिद्धार्थ ब. क्याम्पस कपिलवस्तु – मधुसुदन गन्धर्भ

वाणगंगा क्याम्पस कपिलवस्तु – मदन पौडेल

रारा त. ब. क्याम्पस गोलबजार – रामवावु यादव

चतुरभुजेश्वर ब. क्याम्पस सुकेपोखरी – हरि सिग्देल

रा.रा.ब. क्याम्पस जनकपुर – राजन झा

सु.स.मा.या. ब. क्याम्पस सिराहा – अरविन्द कु. यादव

मुसिकोटखलङ्गा ब. क्याम्पस रुकुम – नारायण के.सी.

सिस्ने शिक्षा क्याम्पस रुकुमकोट – भरत गौतम

त्रिविणी व.क्याम्पस डडेलधुरा – मोहन धामी

डडेलधुरा व. क्याम्पस डडेलधुरा – करन साउँद

जनज्योति ब. क्याम्पस कञ्चनपुर – किशोर भट्ट

कृष्ण बैजनाथ ब. क्याम्पस कञ्चनपुर – अर्जुन भट्ट

भानु ब. क्याम्पस कञ्चनपुर – दिलिप रोकाया

बालजागृती ब. क्याम्पस कञ्चनपुर – दिपक अवस्थी

कञ्चन ब. क्याम्पस कञ्चनपुर – सागर सिंह

महाकाली ब. क्याम्पस कञ्चनपुर – रेशम चौधरी

सानोभेरी शिक्षा क्याम्पस रुकुम – राम बहादुर विष्ट

जहारी क्याम्पस रुकुम – टेकेन्द्र आचार्य

सिमृतु शिक्षा क्याम्पस रुकुम – जीवन पुन मगर

भेरी शिक्षा क्याम्पस सुर्खेत – रित कुमार वि.क.

गुर्वाकोट ब. क्याम्पस सुर्खेत – शिवशक्ति वली

महेन्द्ररत्न ब. क्याम्पस इलाम – सन्धीभक्त शंकर

विराट नर्सिङ क्याम्पस मोरङ – दुर्गा खनाल

सल्यान ब. क्याम्पस सल्यान – चेत ब. गिरी

शिवजन क्याम्पस सल्यान – हरी प्रसाद

ओलीले समाजवादको भाष्य बिगारेः भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाउनुभएको छ । हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताउनुभयो ।  आजै रेल आउँछ, टावर बनाएर समाजवाद आउँछ भन्नेजस्ता ओलीको अभिव्यक्तिले समाजवादको भाष्य बिगारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।’ उहाँले हाम्रो जस्तो समाजमा सबै मान्छे प्युअर हुँदैन, तर मूलभूत रुपले दलाल पुँजीवादबाट मुक्त भएको नेता होस्, त्यस्तो पार्टी होस् । घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कुनै कुरामा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । उहाँले भ्रष्टहरु पालितपोषित भएर नेताहरु बनिरहेको बताउनुभयो ।  

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणको रुपमा औल्याउँदै उहाँले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गर्नुभयो । मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं । अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताउनुभयो । भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताउनुभयो ।  सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्टियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।  आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उहाँले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुनुहुने भएको छ । भदौ २० गते (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई सो महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निर्णय गरेको हो । आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्तरीय र कृषि सम्बन्धि उच्च पदाधिकारीहरुको तेस्रो बैठक आगामी २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रश्ताव पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले एशीिाली विकास बैकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिव १५ अर्व २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी संचय कोषको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनित गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो । सरकारले नेपाल इन्जिनियरिङ परिषदको रिक्त सदस्यमा विनोदबहादुर पाल सुदूरपश्चिम, अम्बिका महत कर्णाली प्रदेशबाट, लेखनाथ पाण्डेय लुम्बिनी प्रदेशबाट, डा। राममणी अधिकारी गण्डकी प्रदेशबाट, निर्जला श्रेष्ठ चौधरी बागमती प्रदेशबाट, श्यामकिशोर यादव मधेस प्रदेशबाट र लैला श्रेष्ठ कोशी प्रदेशलाई मनोनयन पनि गरेको छ । त्यसैगरी बाल सुधार गृह भक्तपुर, मोरङ र कास्कीको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्युनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूनिसेफबीच भएको सम्झौताको अवधि हाललाई २०८१ साल पुस मसान्तको लागि थप गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ । प्रवक्ता गुरुङले सरकारले अख्तियार दुरुपयोेग अनुसन्धान आयोगलाई ग्लोबल ओपरेशनल नेटवर्क अफ एन्टि करप्शन ल इन्फोर्समेन्ट अथोरिटिज अफ ग्लोवल नेटवर्कको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान पनि गरिएको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले लहान–सुखीपुर १३२ केभी प्रशारण लाईन आयोजना तथा आयोजना अन्तर्गत १ सय ३२ केभीको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिव ८ बिगाहा जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, नेपालगञ्ज–नानपारा १३२ केभी प्रशारण लाईन आयोजनालाई बाँके जिल्लामा प्रशारण लाईनको टावर प्याड निर्माणको लागि करिव २ बिगाहा जग्गा प्राप्ति गर्न सोही मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड

काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुमलमटारमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक  प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताउनुभयो । ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’– उहाँले भन्नुभयो– ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’ खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’ पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उहाँले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उहाँले धन्यवाद र बधाई दिनुभयो । पलेशाको परिवारलाई विशेष बधाई दिंदै उहाँले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्व रेकर्ड बनाउनु चानचुने विषय नभएको बताउनुभयो ।  यसअघिका विभिन्न खेलहरुमा अरुभन्दा धेरै पदक जितेको र यसपटक ओलम्पिकमा इतिहास नै कायम गर्न सफल भएको तेक्वान्दो क्षेत्र नेपालका लागि विशेष खेल बन्न पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा राज्यले बढी लगानी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल क्षेत्रमा लगानी वृद्धि, खेल पूर्वाधार विकास र खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्थालगायतका थुप्रै काम गरेको स्मरण पनि गर्नुभयो । उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा एशियन क्वालिफायरमा मेडल लिएर आउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बधाई दिंदै पाराओलम्पिक यात्रामा सफलताको शुभकामना व्यक्त गरेको स्मरण गर्दै अझै माथिल्लो पदक प्राप्तिको संभावना रहेको बताउनुभयो ।  सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाउनुभएको थियो । 

लोकप्रिय