१३ वर्षपछि आज चन्द्रमाको दुर्लभ संयोग, ९० करोड डलरको नोक्सानी हुनसक्ने

१३ वर्षपछि आज चन्द्रमाको दुर्लभ संयोग, ९० करोड डलरको नोक्सानी हुनसक्ने

काठमाडौं । खगोलीय संसारमा आज विशेष दुर्लभ संयोग बनेको छ ।

आज दुर्लभ पूर्ण चन्द्रमा देख्न सकिन्छ । यसलाई फूल हार्भेष्ट मून पनि भनिन्छ ।

अरुबेला सूर्यास्त भएपछि करिब एक घण्टापछि चन्द्रमा देखिन्छ । तर शुक्रबार भने सूर्यास्तको पाँच मिनेटपछि नै पूर्वमा चन्द्रमा देखियो ।

नासाका वैज्ञानिकहरुका अनुसार, आज यसलाई हेर्न सकिन्छ ।

तर किंवदन्तीहरुमा यो चन्द्रमाको स्वरुपलाई भयावह मानिन्छ ।

यो पूर्ण चन्द्रमालाई आदिवासी अमेरिकीहरुले फूल हार्भेष्ट मुनको नाम दिएका थिए । यो चन्द्रमाले साधारण चन्द्र उदयको तुलनामा छिटो प्रकाश फैलाउने गर्दछ । यसलाई कोर्न मून पनि भनिन्छ । किनभने यतिबेला मानिसहरु मकै भित्र्याउने गर्दछन् र यो चन्द्रमाले उनीहरुलाई राती पनि काम गर्न मद्दत गर्दछ ।

यो चन्द्रमा अन्य दिनभन्दा सानो देखिएको छ । किनभने यो आज आफ्नो कक्षभन्दा टाढा अवस्थित छ । त्यसो त माइक्रोमुन (अरुबेला देखिने चन्द्रमा) सूपर मुनको तुलनमा १४ प्रतिशत छोटो र ३० प्रतिशत कम चम्किलो देखिन्छ । सामान्य चन्द्रमा पृथ्वीभन्दा २५१६५५ माइलको दूरीमा हुन्छ । तर फूल हार्भेष्ट मुन भने माइक्रो मुनभन्दा ८१६ माइल झन टाढा हुने गर्दछ ।

सेप्टेम्बरमा हुने यो दुर्लभ पूर्ण चन्द्रमालाई शरद चन्द्रमा पनि भनिन्छ । यसलाई यसअघि २००६ मा देखिएका थियो । अब यसपछि २०३३ मा यस्तै संयोग देखिने छ ।

उत्तरी क्यारोलिनाका एशिभिज स्ट्रेस म्यानजमेन्ट एण्ड फोबिया इन्स्च्यिूटका अनुसार, अमेरिकामा अनुमानित १७ देखि २१ मिलियन मानिसहरु यो चन्द्रमादेखि डराउन गर्दछन् । यसलाई उनीहरु पहिला देखि नै भयावह दिनको रुपमा लिने गर्दछन् ।

आजको दिन कैयन अमेरिकीहरुले व्यापार बन्द गर्ने र यात्रामा नजाने गरेका हुन्छन् । यसबाट करिब ८ सय देखि ९ सय मिलियन डलरको व्यापार नहुने अनुमान छ । तर वैज्ञानिक भने यो खगोलिय घटना मात्र भएको दावी गर्छन् ।

यो वर्ष अन्तरिक्ष प्रेमीहरुका लागि विशेष वर्ष बनेको छ । यसै वर्षको अन्तमा २६ डिसेम्बरका दिन तेश्रो सूर्य ग्रहण लाग्दैछ । यो वर्षको पहिलो सूर्य ग्रण ६ जनवरी र दोश्रो २ जुलाईका दिन थियो । वर्ष २०२० को पहिलो चन्द्रग्रहण भने जुन ५ का दिन लाग्नेछ ।

सामान्यरुपमा चन्द्रमा र मानिसको स्वास्थ्यमा कुनै सम्बन्ध देखिन्न । तर वैज्ञानिक अध्ययन अनुसार, चन्द्रमाले मानिसको स्वास्थ्यमा समेत असर पार्ने बताइन्छ । पूर्णिमा दिन चन्द्रमाको गुरुत्वाकर्षण बढने गर्दछ । यसबाट व्यक्तिको मूड प्रभावित हुन्छ ।

कतिपयले यो चन्द्रमामा हुने परिवर्तनबाट तनाव त कतिले टाउको दुखेको अनुभूति गर्न सक्छन् । पूर्णिमाभन्दा पहिले र पछि तीन चार दिनसम्म अपेक्षाकृत कम निन्द्रा आउने समस्या पनि हुन्छ ।

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

लोकप्रिय