एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशतमा उम्मेद्वारी दिने सहमति गरेका थिए। तर पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रले ३ प्रतिशत बढी अर्थात् ४३ प्रतिशत सिट पाएको छ। पहिलो चरणमा एमालेसँगको गठबन्धनमा समेत माओवादी केन्द्र फाइदामा छ।
पार्टीलाई मात्र होइन गठबन्धनको त्यहाँ भन्दा ठूलो फाइदा माओवादी उम्मेद्वारहरुलाई हुदैँछ। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत अनुसारकै मत प्रतिनिधि सभाका उम्मेद्वारहरुले पाए माओवादीले उम्मेद्वारी दिएका सबै स्थानमा जित्न सक्नेछ। अर्थात् ३७ मध्ये १६ स्थानमा माओवादी केन्द्रले जीत हात पार्नेछ।
अर्थात उम्मेद्वारीको शत प्रतिशत नजिता।
स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्ने हो भने कुनै गठबन्धन नगरी दलहरुबीच एक्लाएक्लै प्रतिष्पर्धा भएको भए माओवादी एक्लैले ६ निर्वाचन क्षेत्रमा जित निकाल्न सक्थ्यो। पूर्वी रुकुम, पश्चिम रुकुम, गोर्खा २, रोल्पा, कालिकोट र जुम्लामा माओवादी केन्द्र अगाडि थियो।
तर एमालेसँगको गठबन्धनपछि माओवादीका १६ वटै उम्मेद्वार कांग्रेस उम्मेद्वारभन्दा अगाडि छन्। अझ भन्ने हो भने लोकतान्त्रिक गठबन्धन(दुई राप्रपा र संघीय फोरम) भन्दा पनि वाम गठबन्धनका उम्मेद्वार अगाडि हुनेछन्।
अर्थात, नेकपा एमालेसँगको गठबन्धनपछि नेकपा माओवादी केन्द्रले थप १० स्थानमा जित्न सक्ने अवस्था श्रृजना भएको छ।
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले आफू पछाडि परेको भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक १, नुवाकोट १, बाग्लुङ २, लमजुङ, गोर्खा १, जाजरकोट र हुम्लामा गठबन्धनकै कारण जित हात पार्ने अवस्थामा पुगेको छ।
माओवादीले जित्न सक्ने १० सिट मध्ये एमालेले आफू स्थानीय तहको परिणाम अनुसार अगाडि रहेका पाँच निर्वाचन क्षेत्र सिन्धुपाल्चोक १, नुवाकोट १, भोजपुर, सोलुखुम्बु, रामेछाप माओवादी केन्द्रलाई दिदैँ छ।
गठबन्धन पछि ती स्थानमा माओवादी केन्द्रका उमेद्वार धेरै मतले अगाडि देखिएका छन्।
तर माओवादीलाई आफू बलियो भएका ठाँउमा सिट छोडदिएकोमा एमालेलाई पनि घाटा भने हुनेछैन। माओवादी केन्द्रको साथले एमालेले पनि स्थानीय निर्वाचनमा कांग्रेस अघि भएका पाँच सिटमा जित्ने सम्भावना छ।
माओवादीको मत थपिएपछि एमाले स्थानिय तहको मत परीणाम अनुसार ओखलढुङ्गा, नुवाकोट २, बाजुरा, दार्चुला र वाग्लुङ १ मा अगाडि हुनेछ।
वाम गठबन्धनका कारण १० सिट गुमाउने सम्भावना रहको काँग्रेसले नयाँ शक्तिको साथबाट एक सिट पाउने छ। अनि आफ्नै बुताले मुस्ताङ जित्न सक्छ। मुस्ताङमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारुहले राम्रो मत मात्र ल्याएका छैनन् विजयी समेत भएका छन्। यस्तोमा मत परिणाम कस्तो हुन्छ भन्न सक्ने अवस्था छैन। तर वडागत रुपमा दलीय मतको हिसाब गर्दा मुस्ताङमा कांग्रेस अगाडि छ।
रसुवामा स्थानीय तहको वडागत मतपरिणाममा एमाले अगाडी थियो। तर नयाँ शक्तिको साथले त्यहाँ कांग्रेस अगाडि आएको छ। स्थानीय तहकै जस्तो मतपरिणाम दोहोरिए कांग्रेसले पहिलो चरणमा केवल दुई सिट जित्ने छ। २१ उम्मेद्वार उठाएको एमालेले रसुवा गुमाउने सम्भावना छ।
प्रतिनिधि सभा निर्वाचनमा पार्टीहरुले एक्ला एक्लै प्रतिष्पर्धा गरेका भए तीन पार्टीले तल उल्लेख गरिएका जिल्ला जित्ने थिए। अर्थात् माओवादी केन्द्रले ६ सिट, नेपाली कांग्रेसले ११ सिट र सबैभन्दा धेरै नेकपा एमालेले २० सिट जित्ने अवस्था थियो।
एमाले – संखुवासभा, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, पाँचथर, खोटाङ, सिन्धुपाल्चोक १, सिन्धुपाल्चोक २, म्याग्दी, पर्वत, रसुवा, नुवाकोट १, दोलखा, रामेछाप, धादिङ १, धादिङ २, बैतडी, बझाङ, मुगु, डोल्पा,
नेपाली कांग्रेस – ओखलढुङ्गा, लमजुङ, गोर्खा १, नुवाकोट २, बाजुरा, दार्चुला, जाजरकोट, बाग्लुङ १, बाग्लुङ २, हुम्ला, मुस्ताङ