दुई तिहाईको सपना जनताको समृद्धि र सुःखका लागि हो : रावल

दुई तिहाईको सपना जनताको समृद्धि र सुःखका लागि हो : रावल

होम साउद
अछाम, कात्तिक १६ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बाम गठबन्धन र एमाले माओवादीको पार्टी एकताको प्रयासले बामपन्थी मात्रै नभएर नेपाली जनता नै खुसी भएको बताएका छन ।

प्रतिनिधि सभाका लागि अछाम क्षेत्र नम्वर १ बाट मनोनयन दर्ता गराएपछि बाम गठबन्धनको संयुक्त आमसभालाई संवोधन गर्दै रावलले एमाले र माओवादी अब देश र जनताको समृद्धि र सुखका दिन ल्याँउन एक भएर आएको बताए ।

बाम गठबन्धन चुनावी तालमेलका लागि मात्रै नभएर एकिकृत पार्टी बनाउने लक्ष्य सहित निर्माण भएको भन्दै एमाले उपाध्यक्ष रावलले पसिना बगाएर मेहनत गरिखाने जनताका लागि बहुमतको सरकार दिएर १० वर्षमा देशको समृद्धि, दीगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि गठबन्धन भएको उल्लेख गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावललले एमाले र माओवादीले दुई तिहाईको सपना जनताको समृद्धि र सुखका लागि भएको समेत बताए । देशमा समृद्धि र समाजवाद ल्याँउनका लागि एमाले र माओवादी दुबै पार्टीले अभुतपूर्व त्याग र बलिदानी गरि यो बाम गठबन्धन गरेको बताउदै उनले यस कार्यले नेपाली काँग्रेसको निद हराम भएको बताए ।

जिल्लाको विकास र समृद्धिसंगै देशमा समाजवाद ल्याँउन नेपालका कम्यूनिष्ट एक भएको भन्दै रावलले यस्तो अछामी देउडा गीत समेत मञ्चमै सुनाए ।

‘अगास चम्किओस सुर्य आँसी घन धर्तिमा ।
सुखका दिन ल्याँउनै पर्छ यो हाम्रो देशमा ।।’

रावलले मनोनयन दर्ता पछिको औपचारीक कार्यक्रमकै अवसरमा पार्टी एकता र चुनावी तालमेलको भाव समेटीएको पार्टी एकता केन्द्रिय संयोजन समितिको बिशेष सर्कुलर समेत बाचन गरेका थिए ।

उक्त आमसभालाई एमाले उपाध्यक्ष रावल सहित माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तारामान स्वार, अछाम क्षेत्रनम्वर २ का लागि बाम गठबन्धनका उम्मेद्धार यज्ञ बोगटी, माओवादी नेता तथा प्रदेश सभा उम्मेद्धार अक्कल रावल, झपट बोहरा, एमाले नेता तथा प्रदेश सभा उम्मेद्धार हर्क बहादुर कुवर, बल बहादुर सोडारी, माओवादी नेतृ सरस्वती रावलले समेत सम्बोधन गरेका थिए । एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुवरले अध्यक्षता गरेको आमसभाको सञ्चालन माओवादीका जिल्ला संयोजक झपट साउदले गरेका थिए ।

२३ जनाको उम्मेद्धारी दर्ता
यसैविच, अछाम जिल्लामा २ वटा प्रतिनिधि सभाका लागि र ६ वटा प्रदेश सभाका लागि बाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धन सहित अन्य साना दलहरुले गरी कुल २३ जनाले मनोनयन दर्ता गराएका छन । ७ जना प्रतिनिधि सभाका लागि र १६ जनाले प्रदेश सभाका लागि मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय अछामका कम्प्यूटर अपरेटर एकेन्द्र बोगटीले जानकारी दिए ।

मनोनयन दर्ता गराएकामा प्रतिनिधी सभातर्फ क्षेत्रनम्वर १ मा बाम गठबन्धनवाट एमालेका भीम रावल, काँग्रेसवाट भरत कुमार स्वार र क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चावाट शिव सुन्दर शाहीले उम्मेद्धारी दर्ता गराएका छन भने क्षेत्रनम्वर २ मा बाम गठबन्धनवाट एमालेका यज्ञ बोगटी, काँग्रेसवाट पुष्प बहादुर शाह, नेमकिपा क ाझंकर शाही र नयाँ शक्तिका तिर्थराज ढकालले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेश सभातर्फ क्षेत्रनम्वर १ को १ मा बाम गठबन्धनवाट एमालेका गोबिन्द कुवर, काँग्रेसवाट मेघराज खड्का, राप्रपा प्रजातान्त्रिक वाट भक्त बहादुर कुवरले मनोनयन दर्ता गराएका छन भने १ को २ नम्वर प्रदेश निर्वाचन क्षेत्रमा बाम गठबन्धन बाट माओवादी केन्द्रका झपट बोहरा, नेपाली काँग्रेसका टेक बहादुर साउद, राप्रपा प्रजातान्त्रिकका जनक कुमार शाह र क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चावाट कृष्ण ्बहादुर खत्रीले मनोनयन दर्ता गराएका छन ।

यसैगरी प्रदेश सभातर्फ क्षेत्रनम्वर २ को १ का लागि बाम गठबन्धनको तर्फवाट माओवादी केन्द्रका अक्कल रावल, नेपाली काँग्रेसका सुरत बहादुर बिष्ट, राप्रपा प्रजातान्त्रिकका राम बहादुर चलाउने क्षत्री, नेमकिपा का पदम बहादुर बुढा, नेकपा मालेका दिल बहादुर बिष्ट र स्वतन्त्र कर्ण बहादुर बुढाले मनोनयन दर्ता गराएका छन ।

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय