४७ अंकले बढ्यो नेप्से

४७ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो ।

यसदिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो । 

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो ।   

आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३।३ प्रतिशतले वृद्धि भएको छ ।
 

शेयर बजारमा १५ अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार १५ दशमलव ४६ अंकले बढेको छ।बिहीबारको वृद्धिसँगै नेप्से २१ सय १९ माथि पुगेको छ । बिहीबार कारोबार रकममा पनि ह्वात्तै सुधार देखिएको छ। नेप्सेमा रहेका १३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहमा करेक्सन आउँदा विकास बैंक उपसमूह भने सर्वाधिक ३ दशमलव ४३ प्रतिशत बढेको छ। यस्तै, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहका परिसूचक साढे १ प्रतिशत भन्दा बढी बढेका छन् । वित्त उपसमूह भने शून्य दशमलव ५९ प्रतिशतले घटेको छ। बिहीबार ३१३ वटा स्टकको २ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। बिहीबार बजारमा आँखुखोला जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन्। तर दोर्दी जलविद्युत कम्पनीको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल फाइनान्सको साढे १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोडको शेयर खरिद विक्री भएको छ।

नेप्से परिसूचक झिनो वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१ सय विन्दु पार गरेको हो । बुधबार नेप्से परिसूचक ०.१४ प्रतिशतले वृद्धि भएर २१०४.२२ विन्दुमा बन्द भएको छ । यस दिन १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ । यस दिन पाँच अर्ब आठ करोड रुपैयाँको सेयर कारोबार भएको छ । फाइनान्स र व्यापार समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यसरी फाइनान्स र व्यापार कम्पनीको सेयर मूल्य बढ्दा समूहकै परिसूचक सर्वाधिक वृद्धि हुन पुगेको हो । आज व्यापार समूहको परिसूचक ६.१२ प्रतिशत र फाइनान्स समूहको परिसूचक ६।०४ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक सेयर मूल्य वृद्धि सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको छ । यी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १८ गते मंगलबार सन् २०२४ जुलाई १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से १६.२९ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक १६.२९ अंकले बढेर बन्द भएको छ। गएका तीन कारोबार दिन लगातार घटेको बजार सोमबार ०.८० प्रतिशतले बढेर २०५३.२८ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ६० पैसाले वृद्धि भएर २९९ रुपैयाँ ६० पैसा कायम भएको छ।  यसदिन नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७३ रुपैयाँ कायम भएको छ। फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ। बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२१ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको भएको छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले वृद्धि भएको छ । 

लोकप्रिय