रुसको मिसाइल आक्रमणमा ५१ जना मारिएको युक्रेनको दाबी

रुसको मिसाइल आक्रमणमा ५१ जना मारिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ५१ जनाको मृत्यु र २७१ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभएको छ । अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ । पोल्टावा सैन्य, सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ — जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भन्नुभएको छ— उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन् ।

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो ।
पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गर्नुभएको छ ।

मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट

काठमाडौँ  ।मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो तलबमान आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।  यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो । मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ । मलेसियाको न्य्नूतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन । यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ । मलेसियाको रोजगार ऐनले पनि स्थानीय र विदेशी श्रमिकबीच कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको छ । नयाँ तलबमान कार्यान्वयनमा आए न्यून तलबमा श्रम गर्न जाने नेपाली श्रमिकलाई सबैभन्दा बढी तलब दिने मुलुक मलेसिया बन्नेछ । अहिले मलेसियामा रहेको आप्रवासी श्रमिकको संख्यामा नेपाली तेस्रो स्थान (१६.१७ प्रतिशत) मा पर्छन् । यहाँ तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन् । जसमा १० हजार ९ सय ५७ जना महिला छन् । 

गाजामा इजरायलको निरन्तर आक्रमण, बालबालिकासहित ७३ को मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणहरूले उत्तरी गाजाको बेइत लाहिया शहरमा ७३ जनाको ज्यान गएको छ । जसमा अधिकांश महिला र बालबालिकाहरू रहेको गाजा पट्टीको हमास प्रशासित अधिकारीहरूले बताएका छन् । शनिबार राति भएको बमबारीपछि अरू दर्जनौं घाइते भएका छन् र धेरैजना भग्नावशेषमा थिचिएका छन् । इजरायलले हताहतीको विवरण जाँच गरिरहेको बताइएको छ । शनिबार अबेर इन्डोनेसियन अस्पताल नजिकै इजरायली सेनाको गम्भीर गोलीबारी भएको खबर आएपछि पछिल्ला आक्रमणहरू भएको बिबिसीले जनाएको छ ।  गाजाका स्वास्थ्य अधिकारीहरूले भनेका छन् कि बेइत लाहियामा उद्धार प्रयासहरू सञ्चार र इन्टरनेट सेवाहरू अवरुद्ध भएका कारण अवरुद्ध भएका छन्। हमास प्रशासित सरकारी सञ्चार कार्यालयले बमबारीले भीडभाड भएकाू आवासीय क्षेत्रहरूलाई लक्षित गरेको बताएको छ र ७३ जनाको मृत्यु भएको जनाएको छ । फिलिस्तिनी समाचार एजेन्सी वाफाका अनुसार, यो आक्रमणमा एक पूरा आवासीय कम्प्लेक्स ध्वस्त भएको छ। 

इजरायली आक्रमणमा हमासका सर्वोच्च नेता मारिए

काठमाडौं । गाजामा भएको आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवार मारिएको इजरायलले पुष्टि गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले ​गाजामा इजरायली सेनाले गरेको कारबाहीमा उनी मारिएको गएराति पुष्टि गरेको बीबीसीले जनाएको छ । यसैगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सिनवार मारिएको पुष्टि गरेको समाचारमा उल्लेख छ ।  सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड हुन् ।  इजरायली रक्षा बलले अक्टोबर १६ मा मध्य गाजाको एक भवनमा आक्रमण गरेको थियो । जसमा हमासका ३ जना सदस्य मारिएको खबर आएको थियो । पछि थाहा भयो कि ती मध्ये एक याह्या सिनवार थिए। ​​​​​​​सिनवारको मृत्युबारे अनुसन्धान गर्न डीएनए परीक्षण गरिएको थियो । यसअघि पनि इजरायलले सिनवारलाई मार्ने धेरै प्रयास गरेको थियो । तर, यसमा सफलता हात लाग्न सकेको थिए ।​ सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।​ ​​​​​​​सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक हुन् । अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । प्रधानमन्त्री नेतान्याहुले सिनवार मारिए पनि युद्ध अझै जारी रहेको बताए । उनले भने, 'सिनवारको मृत्युको क्षण हाम्रा नागरिकहरूलाई स्वदेश फर्काउन निकै महत्त्वपूर्ण छ। तर, युद्ध अझै सकिएको छैन ।' हमासका पूर्व प्रमुख इस्माइल हनियाहको इरानमा जुलाई ३१ मा हत्या भएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले उनको मृत्युको पुष्टि गरेको छ । गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको हमलामा तीन जना महत्वपूर्ण व्यक्ति थिए । जसमा राजनैतिक प्रमुख इस्माइल हनियाह, सैन्य प्रमुख मोहम्मद दाइफ र गाजाका हमास नेता याह्या सिनवार पनि थिए ।  जुलाई ३१ मा इरानमा हानियाको मृत्युपछि सिनवार संगठनको नयाँ प्रमुख बनेका थिए ।

लेबनानमा अर्को इजरायली आक्रमणः मेयरसहित पाँचको मृत्यु

काठमाडौं ।  ५ दिनपछि इजरायली सेनाले फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । मंगलबार अबेर राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले लेखेको छ । आफूहरूले हिजबुल्लाहको जमिनमुनिका गोदामलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । उता, दक्षिण लेबनानको नबाहित शहरमा भएको इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको छ । मारिनेमा नबातिहका मेयर पनि छन् । लेबनानमा अधिकारीहरूले हालै भएको आक्रमणमा लेबनानको दक्षिण क्षेत्रमा धेरै मानिस मारिएको बताएका छन् ।  लेबनानसँगै इजरायलले प्यालेस्टाइनी बस्ने गाजामा पनि आक्रमण जारी राखेको छ । उता, मंगलबार अमेरिकाले इजरायललाई पत्र लेखेर ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन भनेको छ, अन्यथा इजरायललाई दिँदै आएको सैन्य सहायता कटौती हुनसक्ने अमेरिकाको चेतावनी छ । 

लोकप्रिय