अर्थका कर्मचारीले गरे मन्त्री पुनको बिदाइ, अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको भनाई

अर्थका कर्मचारीले गरे मन्त्री पुनको बिदाइ, अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको भनाई

काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई बिदाइ गरेका छन् । आफ्नो बिदाइका अर्थमन्त्री पुनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताएका छन् ।

बजेटमार्फत शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको मन्त्री पुनको भनाइ थियो ।


१२ वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उनले यस पटक जन निर्वाचित संसदबाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गरे ।

नेपाल राष्ट्रबैंक र गभर्नर महाप्रसाद अधिकारीसहित मन्त्रालयका उच्चपदस्थदेखि मातहतका सबै निकायले आफूलाई राम्रो साथ दिएको भन्दै उनले धन्यवाद दिए ।

‘केही आशा जगाउने गरी बजेट ल्याएको छु । ४ महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु, उनले भने, ‘मलाई अर्थ मन्त्रालय परिवार र गभर्नरसहित सम्बद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’

मन्त्री पुनले सुरुदेखि नै बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यस पटकको बजेटको स्वामित्व धेरैले लिएको बताए ।

विगतमा सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलुकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर यो पटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको मन्त्री पुनको भनाइ थियो ।

नीति तथा कार्यक्रममा आफू र अर्थ सचिव सहभागी भएको तथा बजेट निर्माणका प्रारम्भिक छलफलदेखि लेखनसम्म नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिव सहभागी भएको जानकारी उनले दिए ।

संसदमा अर्थमन्त्रीमार्फत व्यक्त भए पनि बजेट निर्माणमा सिंगो राज्य संयन्त्र, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था र सरोकारवाला सहभागी भएकाले बजेटको स्वामित्व बढेको उनले बताए ।

मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको मोडल र रूपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यस पटक विगतमा जस्तै कृषिमा, जलविद्युत, पर्यटन र उत्पादनमुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गरे ।

अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने त्रासबाट माथि उठेर हाल विदेशी मुद्राको सञ्चिति बढेर १६ महिनाका लागि वस्तु तथा सेवाको आयात गर्न सक्ने अवस्था आउनु सुखद भएको चर्चा मन्त्री पुनले गरे ।

मन्त्री पुनले राजश्व र भन्सारका दर हेरफेर गर्दा यो पटक धेरै विवाद नभएको चर्चा गरे । बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उनले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र राजश्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यहरुबीच लामो छलफलपछि मात्र दरहरूमा हेरफेर भएको बताए ।

धारा ५७ संशोधनमा कसैले आशंकाका साथ र कसैले अस्पष्ट भएर केही विषय साना स्टार्टअप कम्पनीलाई प्रवर्द्धन गर्न त्यसो गरिएको प्रष्टीकरण दिए । निजी क्षेत्रका छाता संस्थाहरूले लामो समयदेखि धारा ५७ संशोधन गर्न सुझाव दिँदै आएको भन्दै उनले गभर्नरसहित मन्त्रालयको टिममा लामो छलफलपछि मात्र सो निर्णयमा पुगिएको जानकारी दिए ।

अर्थमन्त्री पुनले निकट विगतमा अर्थ मन्त्री र राष्ट्र बैंकका गभर्नरका बीचमा रहेको दूरी आफ्नो कार्यकालमा घटेको बताए ।

अर्थ मन्त्रालय र राष्ट्रबैंक एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भए पनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यस पटक गर्नु नपरेको भन्दै सन्तोष व्यक्त गरे ।

आफू अर्थ सचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीको समन्वयमा केही समयअघि राष्ट्र बैंकले गरेको तेस्रो त्रैमासिक समीक्षाको नतिजा आउन थालेको बताए ।

मौद्रिक नीतिको समीक्षामार्फत गरिएका सुधारले घरजग्गा चलायमान भएको र पुँजीबजार परिसूचकले डेढ वर्ष अगाडिको बिन्दुमा छोएको उनको भनाइ थियो ।

समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले समाजवादीको भ्रुण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताउनुभएको हो । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको भ्रुण रोप्ने काम गरिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रुण रोप्ने काम गरिएको छ ।’ २०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उहाँले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताउनुभयो । ‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।’ आफूहरुले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौं । तर पार्टी एकताबद्ध नहुँदा र आम कार्यकर्ता र जनताको पंक्तिमा विश्वास डगमगाउँदै जाँदा हामीले गरेका राम्रा काम जनतामा स्थापित गर्न सकिएन ।’  यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरु हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’  

म समाजवाद निर्माणको अभियानमा छुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताउनुभयो । ‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्वपूर्ण प्रयास थिए ।’ उहाँले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताउनुभयो । ‘म तेस्रोपटक प्रधानमन्नत्री हुँदा धेरैतिर निरासा थियो । भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरुपका विभेद समस्याको रुपमा देखिन थालेका थिए । आर्थिक रुपमा नेपाल जर्जर अवस्थामा थियो’– पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भन्नुभयो– ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’ अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिंदै आएको र सफल पनि भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पूर्णकालीनरुपमा राजनीतिमा होमिनुभन्दा अगाडि तीन वर्ष अध्यापन गरेको सम्झना सुनाउनुभयो । ‘मेरा आरुघाटसँगका सम्बन्धहरु अलि असाधारण प्रकृतिका छन् । एउटा व्यक्तिको जीवनमा दुई तीन वर्ष एउटा विद्यालयमा शिक्षकको रुपमा रहने ठूलो कुरा होइन तर त्यतिबेला जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने त्यो मेरो पहिलो अभ्यास थियो’– उहाँले भन्नुभयो– ‘मैले त्यहाँ कक्षा कोठामा शिक्षण मात्रै गरिनँ, किसानहरुलाई प्रौढ कक्षादेखि कृषि पेशालाई आधुनिकीकरण गर्ने र शौचालय निर्माणलगायतका सरसफाईका जागरणका कामहरु पनि गरें ।’ यसले आफूलाई जनतासँग जोडिन प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै उहाँले आफू पूर्णकालीन राजनीतिमा होमिनुअघि अब जीवनलाई कता लैजाने भन्ने निष्कर्ष निकाल्ने आधारको रुपमा पनि आरुघाटलाई लिने गरेको स्मरण गर्नुभयो ।

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्डको निवासी खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताउनुभयो । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताउनुभयो । ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’– उहाँले भन्नुभयो– ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’ नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिनुभयो । ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र बिपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो’– उहाँले भन्नुभयो– ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताउनुभयो । नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उहाँले हालै उहाँ जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताउनुभयो । अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो ।

जनताको गणतन्त्र सुदृढ गर्न शासकीय स्वरुप परिवर्तन आवश्यकः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नुभयो । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र साम्सद होइन बिज्ञ मन्त्री बन्ने व्यसस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा  व्यक्त गर्नुभयो। यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । यसपटक बिरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उहाँ अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताउनुभयो । यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उहाँले स्पष्ट गर्नुभयो । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताउनुभयो । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन संभव हुने उल्लेख गर्दै उहाँले विभिन्न धारामा बाडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताउनुभयो ।  जनयुद्धको तयारी, थालनी, सन्चालनहुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सप्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गर्नुभएको थियो।

लोकप्रिय