चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेष्ट इन्डिजलाई

चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेष्ट इन्डिजलाई

काठमाडौं । टी २० सिरिजको चौथो खेलमा पनि वेष्ट इन्डिज ए सँग नेपाल पराजित भएको छ । आजको खेलमा नेपाल २८ रनले पराजित भयो ।

५ सिरिजको खेलमा दोस्रो, तेस्रो र चौथो खेल गरि तीन खेलमा नेपाल पराजित भएसँगै टी २० सिरिजको उपाधी नेपालले वेष्ट इन्डिज ए लाई सुम्पने पक्का भएको छ । 

नेपालले पहिलो खेलमा मात्रै वेष्ट इन्डिजलाई पराजित गरेको थियो । सिरिज बराबरी गर्नकै लागि पनि आजको खेल नेपालले जित्नैपर्ने दबाब थियो ।

२१० रनको विशाल चुनौति पछ्याएको आजको खेलमा नेपालका लागि सुरुवात देखि नै दबाब परेको थियो । नेपालको खाता नै नखोल्दै दुई बलको सामना गरी आशिफ सेख आउट भएका थिए । 

त्यसपछि यस सिजनमा कमजोर व्याटिङ गरिरहेका कुशल भुर्तेल नेपालले ४.१ ओभरमा २७ रन बनाउँदा व्यक्तिगत १ रनमा पेभिलियन फर्किए । त्यही ओभरको अन्तिम बलमा कुशल मल्लले ४ रन बनाएर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ८२ रन बनाए पनि जितका लागि त्यो पर्याप्त भएन ।  

सन्दिप जोरा, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९/१९ रन बनाए । अविनास बोहोराले अविजित १७ तथा सोमपाल कामीले १० रन बनाए । प्रतिश जिसी र ललित राजबंशीले पनि खाता नखोली आउट भए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन जोडेपछि नेपालले जितका लागि २१० रनको लक्ष्य पाएको थियो । 

आजको खेलमा पनि वेष्ट इन्डिजका व्याटरसामु नेपालका बलर निरिह देखिए । नेपालका लागि तुलनात्मक रुपमा कम रन खर्चिर कुशल भुर्तेलले २ विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । प्रतिश जिसीले ४३ रन खर्चिएर एक विकेट लिएका थिए ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय