सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो।  बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै  थियाे ।

अहिले नेपाल प्रहरी र स्थानीय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रविमाथि मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार भयो, आयोगमा उजुरी दिन्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार  भएको भन्दै रास्वपाले उजुरी गर्ने तयारी गरेको छ । अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको रास्वपाले जनाएको छ । रास्वपाको तर्फबाट मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  रास्वपा पार्टीका साधारण सदस्य समेत रहेका अधिवक्ता न्यौपाने लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

दम्पती मृत फेला, घटना शङ्कास्पद

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, जोशीले भन्नुभयो, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

प्रेस सेन्टरका प्रदेश अध्यक्ष बिश्वकर्मालाई मातृशोक

रोल्पा । प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मालाई मातृशोक परेको छ ।  आमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ निवासी रुपशीला विश्वकर्माको कात्तिक ८ गते ८२ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनप्रति नेकपा माओवादी केन्द्र, प्रेस सेन्टर नेपाल लगायतले दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र ओलीलगायतले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गर्नुभएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । हिजो र आजको तुलना गर्दा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लोकप्रिय