नक्कली भुटानी शरणार्थीमा बेचन झाको बयानसँगै कांग्रेस–एमाले ‘बेचैन’ बने : माओवादी

नक्कली भुटानी शरणार्थीमा बेचन झाको बयानसँगै कांग्रेस–एमाले ‘बेचैन’ बने : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच मध्यरातमा भएको सत्ता ढाल्ने सहमतिलाई नक्कली भुटानी शरणार्थी काण्डमा समातिएका प्रमुख योजनाकार बेचन झाको बयानको प्रतिफल भनेको छ। झाले यो प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुको नाम लिएपछि रातारात कांग्रेस एमालेलाई सत्ता सुम्पन तयार भएको माओवादी टिप्पणी छ ।  

माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले सुशासनका पक्षमा प्रचण्ड नेतृत्वको सरकारले चालेको कदमका कारण विभिन्न काण्डमा मुछिएकाहरू एक ठाउँमा आएको बताएका छन् ।   

झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी आरजु राणा, एमाले अध्यक्ष केपी ओलीका पीए राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलगायतको नाम लिएको प्रहरी स्रोेतले बतायो ।  


यो पनि.... गिरीबन्धु, नक्कली भुटानी शरणार्थी र कैलाली जग्गा काण्डको फाइल खुल्ने भएपछि सरकार ढाल्ने खेल !  ओली–देउवाबीच भएको थियो ६०–४० को सहमति, पहिला को प्रधानमन्त्री ? सोमबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच सत्ता सहकार्य गर्ने सहमति गरेर मध्यरातमा भएको थियो । उनीहरू राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।  

मन्त्री पुनले एमाले अध्यक्ष ओलीले दोहोरो भूमिका खेलेको पनि बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बाहिर आएका विषय सबै भ्रम हुन्, यही गठबन्धनलाई अझ बलियो बनाएर ०८४ को चुनावसम्म लैजाने र चुनावपछि पार्टी एकता गर्ने प्रधानमन्त्री प्रचण्डलाई सुनाएको उनले बताए ।   

नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको पुनले बताए।पार्टीको बैठक बसेर थप निर्णय लिने पुनले बताए। शनिबार ओली निवास बालकोटमा सत्ता समीकरण फेरबदलको विषयमा देउवा र ओलीबिच छलफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार र सोमबार लगातार छलफल गरेका थिए।  

संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले पुग्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताएका छन्।  बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने बताएका हुन्।  थापाले दुई दल मिल्दै गर्दा संख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहने बताए। सरकारभन्दा बाहिर बसेका दलले संसद्‌बाटै खबरदारी गर्नेुपर्ने उनको भनाई थियो । 

भारतका विदेशमन्त्री जयशंकर र चीनका विदेशमन्त्री यीबीच भेट

काठमाडौँ ।लद्दाखमा जारी सीमा तनावकाबीच भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच भेट भएको छ । उनीहरुबीच कजाकिस्तानको राजधानी अस्तानामा बिहीबार भेट भएको हो ।   जयशंकर र वाङ कजाकिस्तानमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुन आस्तानामा छन् । जयशंकरले भेटबारे जानकारी दिँदै एक्स (ट्विटर) मा लेखेका छन्, ‘आज बिहान अस्तानामा चीनका विदेशमन्त्री वाङ यीसँग भेट भएको छ । भेटका क्रममा सीमा विवादसँग सम्बन्धित मुद्दा छिट्टै समाधान गर्ने बारे कुराकानी भएको छ । कूटनीतिक र सैन्य माध्यमबाट समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई दोब्बर बढाउने सहमति भएको छ ।’ जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्दै सीमा क्षेत्रमा शान्ति र सौहार्द वातावरण सुनिश्चत गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् । संघाई सहयोग संगठन (एससीओ)को २४ औं बैठक आज सुरु हुँदैछ ।  बैठकमा सहभागी हुन चीनका राष्ट्रपति शी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ कजाकिस्तानमा छन् ।

रास्वपाका मन्त्रीहरूले राजीनामा नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।राजीनामा दिने भन्दै बालुवाटार पुुगेका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने भएकाले रास्वपाले सहयोग गर्नु पर्छ भनेपछि राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामा दिने भनेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।  एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।

लोकप्रिय