आफ्नाे र पार्टीको प्रतिबद्धता पत्रसहित देशभरका नेकपा उम्मेदवार मतदाताकाे घरघरमा

घरदैलो अभियान: प्रत्यक्ष संवादमा जोड

आफ्नाे र पार्टीको प्रतिबद्धता पत्रसहित देशभरका नेकपा उम्मेदवार मतदाताकाे घरघरमा

काठमाडाैं । आगामी २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देशभर आक्रामक चुनावी प्रचारमा सक्रिय भएको छ। पार्टीले आफ्ना उम्मेदवार र मतदाता बीच प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको छ भने प्रविधिको प्रयोगबाट पनि प्रचारलाई सुदृढ बनाउने रणनीति अपनाएको छ।

नेकपाले तत्कालीन माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)को अर्धसैन्य संरचना फेरि सक्रिय गर्दै स्पेशल टास्क फोर्स (एसटीएफ) गठन गरेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा परिचालन हुने एसटीएफले मतदाता र उम्मेदवारको सुरक्षा, अवैध घुसपैठ रोकथाम र भयरहित निर्वाचन सुनिश्चित गर्ने कार्यभार पाएको छ। वाईसीएलका अध्यक्ष पुष्प वलीका अनुसार, “एसटीएफ मतदाता सुरक्षा, अवैध चलखेल रोक्न र चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सक्रिय हुनेछ। यसले प्रत्येक निर्वाचन क्षेत्रमा युवा कार्यकर्तालाई परिचालन गर्नेछ।”

घरदैलो अभियान: प्रत्यक्ष संवादमा जोड

नेकपाले चुनाव प्रचारमा घरदैलो प्रणालीलाई केन्द्रमा राखेको छ। पार्टीका केन्द्रीय सदस्या जगनाथ खतिवडाले भने, “हामीले ४ हजार ५ सय जनाको निर्वाचन परिचालन समिति गठन गरेका छौँ, जसले सबै १६४ निर्वाचन क्षेत्रमा प्रचारको जिम्मेवारी लिएको छ। यस अभियानमा मतदातासँग प्रत्यक्ष संवाद, कोठे बैठक, घरघरमा भेटघाट र मतदान सिकाउने काम प्राथमिकता दिइएको छ।”

null

नेकपाका नेताहरू भन्छन् कि पार्टीको नाम र चुनाव चिह्न दुवै नयाँ भएकाले जनतासम्म सीधै पुग्नै पर्दछ। यसैले, घरदैलो कार्यक्रमले मतदातामा पार्टीको नाम र ‘तारा’ चुनाव चिह्न चिनाउने मुख्य माध्यम बन्नेछ।

कोशी प्रदेश ताप्लेजुङका उम्मेदवार हर्क नेम्वाङले भने, “मैले जिल्लामा घरदैलो र सामाजिक सञ्जालको प्रयोग गर्दै प्रचार गर्दैछु। हाम्रो टिमले सामाजिक सञ्जालका लागि प्रचार सामग्री तयार पारेको छ। चुनाव चिह्न चिनाउन घरदैलो गर्नु आवश्यक छ।” गोरखा २ का उम्मेदवार लेखनाथ न्यौपाने पनि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाटमा जोड दिँदै सामाजिक सञ्जाल सामग्रीसँग समन्वय गर्दै घरदैलोमा सक्रिय छन्।

कर्णाली जाजरकाेटका नेता शक्ति बस्नेतले भने, “हामी घरदैलोमा नै छौँ। स्थानीय आवश्यकताअनुसार समर्थकले सामाजिक सञ्जालमा प्रयोग हुने सामग्री पनि तयार पारिदिएको छ। हाम्रो मुख्य जोड घरदैलोमा नै छ।”

प्रविधिको प्रयोग: सामाजिक सञ्जाल र डिजिटल प्रचार

नेकपाले चुनाव प्रचारमा विज्ञान र प्रविधिको प्रयोग पनि अत्याधिक गरेको छ। तत्कालीन माओवादीनिकट आईसीटी फोरम र अलग आईटी सेलले प्रचार सामग्री उत्पादन गर्दै आएका छन्। आईसीटी फोरमले पार्टीको पक्षमा मतदातालाई कन्भिन्स गर्ने विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ। यसमा कन्टेन्ट उत्पादन, भिडियो, ग्राफिक्स र सामाजिक सञ्जाल सामग्री समावेश छ।”

null

चुनाव प्रचारको केन्द्रित योजना नभए पनि निर्वाचन क्षेत्रका उम्मेदवार, शुभचिन्तक र कलाकारहरूले आ–आफ्नो स्तरबाट प्रचार सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमा प्रयोग गरिरहेका छन्। चितवन ३ की उम्मेदवार रेनु दाहालको अभियानमा सामाजिक सञ्जाल सामग्री उनको क्षेत्रको टिम र आईटी टिमले उत्पादन गरेको छ।

उम्मेदवार र नेकपाको प्रतिबद्धता पत्र एकसाथ

नेकपाले घरदैलो अभियानमार्फत उम्मेदवारको व्यक्तिगत प्रतिबद्धता पत्र र पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्र दुवै प्रस्तुत गर्दै मतदाता माझ स्पष्ट सन्देश प्रवाह गरिरहेको छ। यसले मतदातालाई उम्मेदवारको स्थानीय जिम्मेवारी र पार्टीको राष्ट्रिय नीति दुवै बुझ्न सहयोग गर्छ। घरदैलोमा मतदाता भेट्दा, पार्टीले आफ्नो विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारमा केन्द्रित कार्यक्रम र योजना स्पष्ट रूपमा व्याख्या गर्दैछ।

null

उम्मेदवारहरूले व्यक्तिगत प्रतिबद्धता पत्रमा आफ्नो निर्वाचन क्षेत्रको प्राथमिकता अनुसार विकास योजनाका कदम, स्थानीय समस्या समाधान र प्रत्यक्ष सहभागितामा जोड दिएका छन्। यससँगै पार्टीको राष्ट्रिय प्रतिबद्धता पत्रले समग्र देशको समान विकास, न्यायपूर्ण सेवा वितरण, युवालाई अवसर प्रदान र भ्रष्टाचार विरोधी अभियानको मापन प्रस्तुत गर्दै मतदाता विश्वास जित्ने लक्ष्य राखेको छ।

देशभर आक्रामक प्रचार र जनलहर

नेकपाको चुनावी रणनीति देशभर समानरूपमा लागू हुँदैछ। प्रत्येक निर्वाचन क्षेत्रमा घरदैलो, प्रत्यक्ष भेटघाट, कोठे बैठक र सामाजिक सञ्जालको संयोजनले मतदातामाझ ‘जनलहर’को सन्देश फैलाउँदैछ। नेकपाका एक नेता भन्छन्, “हामी घरदैलोमा धेरै जोड दिएका छौँ। यस अभियानले मतदातासँग प्रत्यक्ष संवाद कायम गर्छ र चुनाव चिह्न चिनाउन सहयोग पुर्‍याउँछ। सामाजिक सञ्जालले हाम्रो संदेशलाई द्रुत र व्यापक बनाउँछ।”

null

यस प्रकार, नेकपाले देशभर घरदैलो र प्रविधिमा आधारित एकीकृत रणनीति अपनाउँदै मतदाता माझ आफ्नो पहिचान र चुनावी कार्यक्रम प्रवाह गर्दै देशव्यापी जनलहरको सन्देश दिने तयारी गरेको छ। पार्टी र उम्मेदवारको प्रतिबद्धता पत्र एकसाथ प्रस्तुत गर्ने यो रणनीतिले मतदातामा प्रत्यक्ष विश्वास जगाउने र भयरहित, प्रभावकारी मतदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय