डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन

डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको निधन भएको छ ।

जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो ।

अर्का घाइते ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर छ । उनीहरूलाई आजै हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी गरिएको थियो । तर, रात परेपछि हेलिकप्टर अवतरण नसक्दा सो सम्भव हुन सकेन ।

आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि नेपाली सेनाको टोली खटिएको थियो ।

पूर्वमन्त्रीले वर्तमानमन्त्री समक्ष गरे आफैंमाथि छानविनको माग

काठमाडौं ।पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले आफैंमाथि छानविनको माग गरेका छन्।एक सांचारमाध्ययमले भोजपुरबाट निर्वाचित माओवादीका सांसद समेत रहेका किरातीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाएपछि किरातीले आज पर्यटनमन्त्री हितबहादुर तामाङलाई भेटेर यस विषयमा छानविनको माग गरेका हुन्।  मन्त्री तामाङलाई लिखित माग पत्र नै बुझाएका किरातीले भनेका छन्, ‘विद्युतीय उपकरणद्धारा निःशुल्क शव दहन गर्ने कार्यक्रम हाम्रो कार्यकालमा अघि बढाईएको थियो।सोही कार्यक्रमलाई लिएर उठाईएका विषयको छानविन गर्न तत्काल छानविन समिति गठन गरिदिनुहुनका लागि जोडदार माग गर्दछु।’   

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।  कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। यस्तै, सोमबार नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।  बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। 

एक्यान गण्डकी प्रमुखमा अनिल, कास्की सभापतिमा विवेक

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ गण्डकी प्रमुखमा सिए अनिल लामिछाने चयन भएका छन्। संघको शनिबार गण्डकी प्रमुख र कास्की कार्यसमितिको अधिवेशन भएको हो। एकाउन्टेन्ट्स संघको गण्डकी प्रमुखमा अनिल निर्विरोध चयन भए भने विवेक श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति कास्की बनेको छ। समितिको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास चयन भए।    समितिको सदस्यमा समिप भर्ती थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन छन्। नेपालभरिको चार्टर्ड एकाउन्टेन्ट्सहरुको अधिवेशन शनिबार भएको हो। २०३४ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ११ वटा जिल्ला समिति र उपात्यका विशेष प्रदेश समितिसहित ८ वटा प्रदेश समिति छन्। गण्डकीमा ७५ जना चार्टर्ड एकाउन्टेन्ट्स छन्।

जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।  उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ।त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको  पार्टी निकट एक अधिवक्ताले बताए। उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ ।' हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ। 

लोकप्रिय