कोरियन विद्यालयहरूमा फैलिएको डीपफेक पोर्न संकट

कोरियन विद्यालयहरूमा फैलिएको डीपफेक पोर्न संकट

गत शनिबार, हिजिनाको फोनमा एकजना अपरिचित व्यक्तिबाट टेलिग्राम सन्देश आयो। "तिम्रा तस्वीरहरू र व्यक्तिगत जानकारी मसँग छन् कुरा गरौं।" सन्देश पाउनिबित्तिकै विश्वविद्यालयको विद्यार्थी रहेकी हिजिना  जब च्याटरूममा प्रवेश गरिन्, उनले केही वर्ष अघि हुँदा खिचेको आफ्नो तस्बिर देखिन्। त्यसपछि, त्यही तस्बिरलाई प्रयोग गरेर बनाइएको अर्को तस्बिर प्राप्त गरिन्, जुन यौनजन्य, अश्लील र नक्कली थियो।

डरले आतंकित भएकी हिजिनाले केही जवाफ फर्काइनन्, तर तस्बिरहरू आउने क्रम भने रोकिएन। सबै तस्बिरहरूमा उनको मुहारलाई यौन क्रियामा संलग्न रहेको कुनै अर्कै व्यक्तिको शरीरमा जोडिएको थियो, डीपफेक प्रविधिको प्रयोग गरेर।

डीपफेक भनेको नयाँ विकसित प्रविधि हो, जसमा कृत्रिम बौद्धिकता प्रयोग गरेर वास्तविक व्यक्तिको अनुहारलाई नक्कली र यौनजन्य किसिमले अश्लील क्रियाकलाप गरिरहेको शरीरसँग जोडिन्छ।

"म निकै डराएकी थिएँ,  आफूलाई एक्लो महसुस गरें," हिजिनले बीबीसीलाई बताइन्।

तर उनी एक्लै थिइनन्। दुई दिन अघिमात्रै दक्षिण कोरियाली पत्रकार को नारिनले आफ्नो करियरको सबैभन्दा ठूलो समाचार प्रकाशित गरेकी थिइन्। हालैमात्र प्रहरीले देशका दुई प्रमुख विश्वविद्यालयहरूमा डीपफेक पोर्न कांडहरूको अनुसन्धान गरिरहेको खबर आएको थियो, र पत्रकार को नारिनले यस विषयमा थप खोजी समाचार बनाउने उल्लेख गरेकी थिइन ।

उनले सामाजिक सञ्जालमा खोजी गर्न थालिन् । टेलिग्राम म्यासेजिङ एपमा दर्जनौं यस्ता च्याट समूहहरू फेला परे, जहाँ प्रयोगकर्ताहरू आफूले चिनेका महिलाहरूको तस्बिरहरू साझा गर्दै थिए । यतिमात्रै नभएर ती तस्वीरहरुलाई नक्कली पोर्नोग्राफिक तस्बिरहरूमा परिणत गर्न एआई सफ्टवेयर प्रयोग गरिरहेका थिए।

सुश्री कोले पत्ता लगाइन् कि यी समूहहरूले विश्वविद्यालयका विद्यार्थीहरूलाई मात्र लक्षित गरेका थिएनन्। कलेज र माध्यमिक विद्यालयहरूका लागि पनि च्याट रुमहरु थिए। यदि कसैले विशेष विद्यार्थीको तस्बिर प्रयोग गरेर धेरै सामग्री बनाइमा उसका लागि बेग्लै च्याट रुम दिने गरिन्थ्यो । ती रुमहरुलाई "साथीको साथी रुम" भनेर लेबल गरिएको थियो, जसमा प्रवेश गर्न कडा शर्तहरू हुन्थे।

सुश्री कोको ह्याङ्क्योरेह अखबारमा प्रकाशित रिपोर्टले दक्षिण कोरियामा ठूलो आक्रोश फैलाएको छ। सोमबार, प्रहरीले फ्रान्सका अधिकारीहरूको नेतृत्वलाई पछ्याउँदै, टेलिग्रामको अनुसन्धान गर्ने घोषणा गरेको छ। सरकारले यसमा संलग्नहरूलाई कडा सजाय दिने प्रतिवद्धता जनाएको छ।

डीपफेक पोर्न संकटले कोरियाली समाजमा ठूलो चर्चा र आक्रोश उत्पन्न गरेको छ, र यसले प्रविधिको दुरुपयोग र यौन दुर्व्यवहारको चुनौतीलाई झन् प्रष्ट पारेको छ।

बीबीसीले टेलिग्रामसँग लागि यस विषयमा सम्पर्क गरेपनि टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसअघि टेलिग्रामले बीबीसीलाई गैरकानूनी क्रियाकलापहरू, जस्तै बाल यौन दुरुपयोगको खोजीमा सक्रिय रहेको बताएको थियो। टेलिग्रामले अगस्ट महिनामा मात्रै ४५,००० समूहहरू विरुद्ध कारबाही गरेको दाबी गरेको छ।

सङ्गठित र व्यवस्थित प्रक्रिया

बीबीसीले यी च्याटरूमहरूमा रहेका विवरणहरू हेरेको छ। एउटा च्याटरुममा सदस्यहरूलाई कसैको चार वा सोभन्दा बढी तस्बिरहरू, साथै नाम, उमेर र उनीहरू बस्ने क्षेत्र पोस्ट गर्न भनिएको छ। "यो प्रक्रिया यतिविधि व्यवस्थित र सङ्गठित भएको देख्दा म चकित परें," पत्रकार कोले भनिन्। "मैले पत्ता लगाएको सबैभन्दा डरलाग्दो कुरा भनेको एक विद्यालयका किशोरहरूका लागि बनाइएको समूह थियो जसमा २ हजार भन्दा बढी सदस्यहरू थिए।"

पत्रकार कोको लेख प्रकाशित भएको केही दिनमै महिला अधिकार कार्यकर्ताहरूले पनि टेलिग्राममा खोजी गर्न थाले र विभिन्न सुराकहरू पछ्याउन थाले। हप्पतादिनमैं ५ सय भन्दा बढी विद्यालय र विश्वविद्यालयहरूलाई लक्षित गरेका रुमहरु फेला परे । यद्यपी यी रुमहरुबाट कतिजना प्रभावित भए र कति पीडित छन् भन्ने अझै पुष्टि हुन बाँकी छ । तर धेरैजसो पीडितहरू १६ वर्षभन्दा कम उमेरका छन् । दक्षिण कोरियामा सहमतिजन्य यौनसम्बन्धका लागि १६ वर्ष पुगेको हुनुपर्दछ। धेरैजसो संदिग्ध अपराधीहरू आफैँ किशोर रहेको विश्वास गरिएको छ।

हिजिनाले यो संकटको परिणामबारे थाहा पाउँदा आफ्नो चिन्ता झनै बढेको बताइन् । किनकि अब उनले आफ्नो डीपफेकहरू के कति मानिसहरूले हेरेका होलान् भनेर चिन्ता लाग्न थाल्यो। सुरुमा उनले आफैँलाई दोष दिइन्, "मैले नै आफ्नो तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरेँ, के म बढी सतर्क हुनुपर्थ्यो? यस्ता कुरा बारम्बार दिमागमा घुमिरहेँ"

यतिखेर देशभरका धेरै महिला र किशोरीहरू डराएर आफ्ना तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएका छन् । कतिपयले त आफ्ना खाताहरू नै बन्द गरेका छन्, किनकि उनीहरू शोषणमा पर्न सक्ने डर छ।

"हामीले केही गल्ती नगर्दा पनि आफ्नो व्यवहार र सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण गर्नुपर्दा निराश र आक्रोशित भएका छौँ," हिजिनाको विश्वविद्यालयका एक विद्यार्थी  आ-उनले भनिन्, जसका सहपाठीहरूलाई लक्षित गरेर भिडियो बनाइएका थिए।

यस संकटको केन्द्रमा टेलिग्राम म्यासेजिङ एप छ। सार्वजनिक वेबसाइटहरू भन्दा फरक, जसमा अधिकारीहरूले सजिलैसँग पहुँच गर्न सक्छन्, टेलिग्राम भने निजी इनक्रिप्टेड म्यासेजिङ एप हो। प्रयोगकर्ताहरू प्रायः अज्ञात हुन्छन्, कोठाहरूलाई "गोप्य" मोडमा सेट गर्न सकिन्छ, र तिनीहरूको सामग्री छिटै कुनै प्रमाणबिना मेटिन्छ। यसले आपराधिक क्रियाकलापहरू फस्टाउनका लागि उपयुक्त ठाउँ बनेको छ।

गत हप्ता, राजनीतिज्ञहरू र प्रहरीले यी अपराधहरूको अनुसन्धान गर्ने र अपराधीहरूलाई न्यायमा ल्याउने वाचा गर्दै बलियो प्रतिक्रिया दिए। सोमबार, सियोल राष्ट्रिय प्रहरी एजेन्सीले बालबालिकाको नक्कली पोर्नोग्राफिक तस्बिरहरू वितरण गर्न टेलिग्रामको भूमिकामा अनुसन्धान गर्ने योजना बनाएको घोषणा गरेको छ।

तर, महिला अधिकार कार्यकर्ताहरूले दक्षिण कोरियाली अधिकारीहरूलाई टेलिग्राममा यौन दुर्व्यवहारलाई लामो समयसम्म अनियन्त्रित राखेको आरोप लगाएका छन्, किनकि कोरियाले यस संकटको सामना पहिले नै गरेको थियो। २०१९ मा, टेलिग्राम प्रयोग गरेर महिलाहरू र बालबालिकाहरूलाई यौन हिसाबले अश्लील तस्बिरहरू बनाउन र बाँड्न बाध्य बनाउने सेक्स रिङको खुलासा भएको थियो।

त्यतिबेला प्रहरीले टेलिग्रामसँग उनीहरूको अनुसन्धानमा मद्दतको लागि अनुरोध गरेको थियो, तर एपले तिनीहरूको सातवटा अनुरोधहरूलाई बेवास्ता गर्यो। यद्यपि, मुख्य आरोपीलाई ४० वर्षभन्दा बढीको जेल सजाय दिइयो, प्लेटफर्म विरुद्ध कुनै कारबाही गरिएन, किनकि सेन्सरशिपको डर थियो।

"मुख्य अपराधीहरूलाई सजाय दिए, तर अन्यथा यो परिस्थितिलाई बेवास्ता गरियो, र मलाई लाग्छ कि यसले स्थितिलाई झन् बढाएको छ," सुश्री कोले भनिन्।

सन् २०१९ मा Nth Room सेक्स रिङलाई उजागर गर्ने विद्यार्थी पत्रकार पर्क जिह्युनले डिजिटल यौन अपराधका पीडितहरूको लागि राजनीतिक वकालत गर्दै आएकी छन्। डीपफेक स्क्यान्डल सार्वजनिक भएपछि, विद्यार्थीहरू र अभिभावकहरूले उनलाई दिनमा धेरैपटक फोन गरेर रुँदै सहयोग मागिरहेको उनले बताइन।

"उनीहरूले सामाजिक सञ्जालमा साझा गरिएको सूचीमा आफ्नो विद्यालय देखेका छन् र डराएका छन्।"

सुश्री पर्कले दक्षिण कोरियामा एपलाई नियमन वा प्रतिबन्ध गर्न सरकारसँग आह्वान गर्दै आएकी छन्। "यदि यी प्राविधिक कम्पनीहरूले कानूनी प्रवर्तन एजेन्सीसँग सहयोग गर्न सक्दैनन् भने, राज्यले आफ्ना नागरिकहरूलाई जोगाउन तिनीहरूलाई नियमन गर्नुपर्छ," उनले भनिन्।

यो संकट विस्फोट हुनुअघि नै, दक्षिण कोरियाको अनलाइन यौन दुर्व्यवहार पीडितहरूको पक्षमा काम गर्ने केन्द्र (ACOSAV) ले उमेर नपुगेका डीपफेक पोर्नोग्राफीका पीडितहरूको संख्यामा तीव्र वृद्धि देखिरहेको थियो। २०२३ मा, तिनीहरूले ८६ पीडितहरूलाई परामर्श दिएका थिए। यस वर्षको पहिलो आठ महिनामा त्यो संख्या २३८ भएको छ।

केन्द्रकी एक नेतृ, पर्क सोंघ्येले हप्तादेखि उनका कर्मचारीहरू फोनमा लगातार व्यस्त रहेका र चौबीसै घण्टा काम गरिरहेको बताइन। "यो हाम्रो लागि पूर्ण आपतकालीन स्थिति भएको छ, जस्तो युद्धको अवस्था" उनले भनिन्।

नयाँ डीपफेक प्रविधिसँगै पहिले भन्दा धेरै भिडियो सामग्रीहरू बनेको र अझै बढ्ने चिन्ता रहेको उनले बताइन्। पीडितहरूको परामर्श दिनुको साथै, केन्द्रले हानिकारक सामग्रीहरूको खोजी गर्छ र तिनीहरूलाई हटाउन अनलाइन प्लेटफर्महरूसँग काम गर्छ। पर्कले केही घटनामा टेलिग्रामले उनीहरूको अनुरोधमा सामग्री हटाएको बताइन "त्यसैले यो असम्भव छैन," उनले नोट गरिन्।

महिला अधिकार संगठनहरूले नयाँ एआई प्रविधिले पीडितहरूको शोषण गर्न सजिलो बनाएको बताउँछन् । तर उनीहरू यो घटना दक्षिण कोरियामा अनलाइन मार्फत महिलाविरोधीको नयाँ रूप भएको तर्क गर्छन। यसअघि महिलाहरूलाई अनलाइन मौखिक दुरुपयोगको सामना गर्नुपर्यो। त्यसपछि सार्वजनिक शौचालय र लुगा फेर्ने कोठाहरूमा गुप्त रूपमा फिल्म बनाइएको स्पाई क्याम महामारी आयो।

"यसको मूल कारण संरचनात्मक लैङ्गिक असमानता हो र समाधान लैङ्गिक समानता हो," ८४ महिला समूहहरूले हस्ताक्षर गरेको एक विज्ञप्तिमा भनिएको छ।

यसैबीच, सरकारले डीपफेक तस्बिरहरू सिर्जना गर्ने र साझेदारी गर्नेहरूलाई आपराधिक सजाय बढाउने र पोर्नोग्राफी हेर्नेहरूलाई पनि सजाय दिने बताएको छ।

अपराधीहरूलाई पर्याप्त सजाय नदिएको आलोचनापछि यो कदम चालिएको हो। अपराधीहरूको बहुमत किशोर वयका नागरिक छन् । जुन सामान्यतया युवा अदालतहरूमा सुनुवाइ हुन्छ, जहाँ उनीहरूले बढी सजाय पाउँछन्।

च्याटरूमहरू सार्वजनिक भएपछि, धेरै च्याटरूमहरू बन्द गरिएका छन्, तर नयाँहरू पक्कै पनि तिनीहरूको स्थानमा देखा पर्नेछन्। पत्रकारहरूले यो कथा कभर गरेका पत्रकारहरूलाई लक्षित गर्न एउटा अपमान कोठा पहिले नै सिर्जना गरिएको छ। सुश्री को, जसले यो समाचार तोडे, यो देखेर रातमा सुत्न नसकेको बताइन्। "म तस्बिर अपलोड गरिएको छ कि छैन भनेर हेर्न बारम्बार कोठा जाँचिरहन्छु," उनले भनिन्।

यस्तो चिन्ता लगभग हरेक किशोरी केटी र दक्षिण कोरियाका युवतीहरूमा फैलिएको छ। विश्वविद्यालयकी छात्रा आ-उनले भनेकी छिन् कि यसले उनका पुरुष साथीहरूप्रति उनलाई शङ्कालु बनाएको छ।

"म अब कि मानिसहरूले मेरा पछाडि, मलाई थाहा नदिईकन यी अपराधहरू गर्लान किन नगर्लान भनेर निश्चित हुन सक्दिनँ" उनले भनिन्। "म सामाजिक सञ्जालमा सबैसँगको अन्तरक्रियामा अति सतर्क भएकी छु, जुन राम्रो कुरा होइन।"

बिबिसीमा प्रकाशित जीन मेकेन्जी र लिह्युन केइको अनुवादित रिपोर्ट

इजरायली आक्रमणमा हमासका सर्वोच्च नेता मारिए

काठमाडौं । गाजामा भएको आक्रमणमा हमासका शीर्ष नेता याह्या सिनवार मारिएको इजरायलले पुष्टि गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले ​गाजामा इजरायली सेनाले गरेको कारबाहीमा उनी मारिएको गएराति पुष्टि गरेको बीबीसीले जनाएको छ । यसैगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सिनवार मारिएको पुष्टि गरेको समाचारमा उल्लेख छ ।  सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइन्ड हुन् ।  इजरायली रक्षा बलले अक्टोबर १६ मा मध्य गाजाको एक भवनमा आक्रमण गरेको थियो । जसमा हमासका ३ जना सदस्य मारिएको खबर आएको थियो । पछि थाहा भयो कि ती मध्ये एक याह्या सिनवार थिए। ​​​​​​​सिनवारको मृत्युबारे अनुसन्धान गर्न डीएनए परीक्षण गरिएको थियो । यसअघि पनि इजरायलले सिनवारलाई मार्ने धेरै प्रयास गरेको थियो । तर, यसमा सफलता हात लाग्न सकेको थिए ।​ सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।​ ​​​​​​​सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक हुन् । अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । प्रधानमन्त्री नेतान्याहुले सिनवार मारिए पनि युद्ध अझै जारी रहेको बताए । उनले भने, 'सिनवारको मृत्युको क्षण हाम्रा नागरिकहरूलाई स्वदेश फर्काउन निकै महत्त्वपूर्ण छ। तर, युद्ध अझै सकिएको छैन ।' हमासका पूर्व प्रमुख इस्माइल हनियाहको इरानमा जुलाई ३१ मा हत्या भएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले उनको मृत्युको पुष्टि गरेको छ । गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको हमलामा तीन जना महत्वपूर्ण व्यक्ति थिए । जसमा राजनैतिक प्रमुख इस्माइल हनियाह, सैन्य प्रमुख मोहम्मद दाइफ र गाजाका हमास नेता याह्या सिनवार पनि थिए ।  जुलाई ३१ मा इरानमा हानियाको मृत्युपछि सिनवार संगठनको नयाँ प्रमुख बनेका थिए ।

लेबनानमा अर्को इजरायली आक्रमणः मेयरसहित पाँचको मृत्यु

काठमाडौं ।  ५ दिनपछि इजरायली सेनाले फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । मंगलबार अबेर राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले लेखेको छ । आफूहरूले हिजबुल्लाहको जमिनमुनिका गोदामलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । उता, दक्षिण लेबनानको नबाहित शहरमा भएको इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको छ । मारिनेमा नबातिहका मेयर पनि छन् । लेबनानमा अधिकारीहरूले हालै भएको आक्रमणमा लेबनानको दक्षिण क्षेत्रमा धेरै मानिस मारिएको बताएका छन् ।  लेबनानसँगै इजरायलले प्यालेस्टाइनी बस्ने गाजामा पनि आक्रमण जारी राखेको छ । उता, मंगलबार अमेरिकाले इजरायललाई पत्र लेखेर ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन भनेको छ, अन्यथा इजरायललाई दिँदै आएको सैन्य सहायता कटौती हुनसक्ने अमेरिकाको चेतावनी छ । 

मानवीयतामाथि इजरायलको मजाकः धमाधम स्कुल र अस्पतालमाथि आक्रमण

काठमाडौं । गाजाको अस्पताल परिसरमा रहेको पाल शिविरमा इजरायली हवाई आक्रमण र त्यसपछि लागेको आगलागीका प्रत्यक्षदर्शीहरूले घाइते र मरेका मानिसहरूलाई आगोमा जलेको देख्दा उनीहरूको डर र असहायपनको अनुभव साझा गरेका छन्। एक आमाले यसलाई "हामीले देखेको सबैभन्दा डरलाग्दो दृश्यहरू मध्येको एक" भनेकी छिन् भने घाइते भएकी एक युवतीले मानिसहरूले तिनीहरूलाई निकाल्न पाल फाड्दै गर्दा कराएको आवाज सुनेको बताइन्। एक पुरुषले भने, "म केहि गर्न असमर्थ भएकाले" आफूले "आफ्नो मन भाँचिएको" बताए। गाजाको मध्यभागमा रहेको देइर अल-बालाहको अल-अक्सा अस्पताल परिसरमा आक्रमण भएको थियो, जसले विस्थापित मानिसहरूको लागि बनाइएका अस्थायी पालहरूलाई जलाउने आगो फैलायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कम्तिमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्, अधिकांश महिला र बालबालिका छन्। बीबीसीले एक व्यक्तिलाई आगोमा जलेको देखाउने भिडियोको स्थान पुष्टि गरेको छ। अन्य फुटेजहरूमा मानिसहरू चिच्याउँदै र विस्फोटको बीचमा आगो निभाउने प्रयास गरिरहेको देखाइएको छ, जसले रातको आकाशमा आगोका गोला पठाएको थियो। इजरायली सेनाले पार्किङ स्थलभित्र रहेको हमासको कमाण्ड सेन्टरमा कारबाही गरिएको दाबी गरेको छ, जसपछि "संभवतः दोस्रो विस्फोटका कारण" आगो लागेको हो। सेनाले घटनाको समीक्षा भइरहेको बताएको छ। च्यारिटी डक्टर्स विदआउट बोर्डर्स (MSF), जसका कर्मचारीहरू अल-अक्सामा काम गरिरहेका छन्, उनीहरूलाई हमास केन्द्रबारे कुनै जानकारी नभएको बीबीसीलाई बताए र "अस्पताल एउटा अस्पतालको रूपमा काम गरिरहेको छ" भने। संयुक्त राष्ट्रसंघको मानवीय मामिला एजेन्सीले एक वक्तव्यमा भनेको छ, "मानिसहरू आगोमा जलेर मरेका छन्" र "यो अत्याचारहरू अन्त्य हुनुपर्छ।" अमेरिकी राष्ट्रपतिको सुरक्षा परिषदका प्रवक्ताले उक्त फुटेजलाई "डर लाग्दो" भने। "इजरायली हवाई आक्रमणपछि विस्थापित नागरिकहरू जिउँदै जलेको जस्तो देखिने तस्वीरहरू र भिडियोहरू गहिरो रूपमा डरलाग्दो छन् र हामीले यसबारे हाम्रो चिन्ता इजरायली सरकारलाई स्पष्ट रूपमा व्यक्त गरेका छौं," प्रवक्ताले बीबीसीका साझेदार सीबीएसलाई बताए। "इजरायलले नागरिकहरूको मृत्यु रोक्न थप प्रयास गर्न जिम्मेवारी लिन्छ — र यहाँ भएको घटना डरलाग्दो छ, चाहे हमासले अस्पताल नजिकै नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गर्ने प्रयास गरेको भए पनि।" प्रत्यक्षदर्शीहरूले सोमबार स्थानीय समयअनुसार करिब ०१:१५ बजे (आइतबार २३:१५ बीएसटी) आक्रमण भएको बताएका छन्। यो अस्थायी पालहरू भएको भवनहरूबीचको क्षेत्रमा भएको थियो, जसको छेउमा एक बाहिरको बाहिर बिरामीको प्रतीक्षा क्षेत्र थियो, जहाँ रातमा कोही पनि थिएनन्। एमएसएफका गाजाका आपतकालीन समन्वयक अन्ना ह्यालफर्डले फोनमा भनेकी छिन्, जो आक्रमणका समयमा अस्पतालमा थिइनन्। अस्पतालको पछाडि पालमा बस्दै आएकी आमा हिबा राडीले गाजामा बीबीसीको फ्रीलान्सरलाई बताइन् कि उनी "विस्फोट र पालहरूको वरिपरि आगलागी" को आवाजमा बिउँझिएकी थिइन्। "सर्वत्र विस्फोटहरू भएका थिए, र हामी अचम्मित भयौं कि यो ग्यास हो वा हतियार," उनले भनिन्। "यो हामीले देखेको र भोगेको सबैभन्दा डरलाग्दो दृश्यहरू मध्येको एक हो," उनले थपिन्। "हामीले यसअघि यस्तो विनाश कहिल्यै देखेका थिएनौं। यो निकै कठिन छ।" फोटोग्राफर अतिया दरवेशले, जसले पुष्टि गरिएका केही भिडियोहरू खिचेका थिए, बीबीसीलाई बताए कि यो "ठूलो झट्का" थियो र मानिसहरूलाई जलिरहेको देखेर उनी "केही गर्न असमर्थ" थिए। "म धेरै टुटेको थिएँ," उनले भने। अस्पतालमा बस्दै आएकी उम यासेर अब्देल हमीद दाहेरले बीबीसीलाई भनिन्, "हामीले यति धेरै मानिसहरू जलिरहेको देख्यौं कि हामी आफैं पनि उनीहरूजस्तै जल्न सक्छौं भन्ने महसुस गर्न थालेका थियौं।" घाइतेहरूमा उनको छोरा, उनकी बुहारी र नातिनातिना छन्। उनको ११ वर्षीया नातिनी लिना, जसको हातमा छर्रा लागेको थियो र खुट्टामा चोट लागेको थियो, उसले मानिसहरू कराएको सुनेको बताइन्। "हाम्रो छिमेकीकी छोरीको टाउकोमा चोट लागेको थियो र उसको बुवा मारिएका थिए। हाम्रा अन्य छिमेकीहरू पनि मारिएका थिए। हाम्रो छेउका मानिसहरूले पाल फाडेर हामीलाई बाहिर निकाले," उसले भनिन्। उनकी हजुरआमाले परिवारले "आफ्नो पाल र उनीहरूले सबै गुमाएको" बताइन्। "उनीहरूसँग अब केही बाँकी छैन।" स्वास्थ्य मन्त्रालयले सोमबार ४० भन्दा बढी मानिसहरू घाइते भएको र चार जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो। एमएसएफले मंगलबार उच्च मृत्युदरको जानकारी साझा गर्दै पाँच जनाको मृत्यु भएको, उनीहरूको शव जलिसकेको र ६५ जना घाइते भएको जनाएको छ। घाइतेमध्ये ४० जना - २२ पुरुष, आठ महिला र १० बालबालिका - अल-अक्सामा बसे। अरूलाई अन्य अस्पतालहरूमा सारियो, आठजना जलन विशेषज्ञ इकाईमा गए। सुश्री ह्यालफर्डले आफ्ना सहकर्मीहरूले "जो लगभग पक्कै पनि बच्ने छैनन्" जलेका पीडितहरूको उपचार गरिरहेको बताइन्। "यस स्तरका जलेका पीडितहरूको लागि तपाईं धेरै गर्न सक्नुहुन्न।" "तपाईं घर फर्कनुहुन्छ, तपाईंको लुगामा त्यो गन्ध हुन्छ। यो शारीरिक रूपमा प्रभाव पार्ने अनुभव हो। यसले तपाईंलाई छोड्दैन," उनले भनिन्। सोमबारको आक्रमण मार्चदेखि अस्पताल स्थलमा भएको सातौं आक्रमण थियो, र दुई हप्तामा तेस्रो, सुश्री ह्यालफर्डले भनिन्। सबैभन्दा पछिल्लो आक्रमणपछि अस्पताल पुगेपछि, उनले मानिसहरूलाई कुनै पनि सामान फिर्ता लिनको लागि खिया लागेको धातु र जलेका भग्नावशेषहरू छान्दै गरेको देखेकी थिइन्। बीबीसीले कुरा गरेका अर्की आमाका छोराछोरीहरूलाई जलन लागेको थियो र उनीहरू पहिले नै उत्तर गाजाबाट भागेका थिए - र अब उनीहरूसँग केही छैन। संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालयका कार्यवाहक प्रमुखले बताए अनुसार आक्रमण उत्तर गाजाका बासिन्दाहरूलाई सार्न भनिएको क्षेत्रमा भएको थियो। वक्तव्यमा भनिएको छ, "गाजामा मानिसहरू जान सुरक्षित ठाउँ साँच्चिकै छैन।" अनुवादः बिबिसी स्रोतः https://www.bbc.com/news/articles/c5y5d33dmepo

किन बढ्यो भारत–क्यानडा तनाव

काठमाडौं ।  भारत र क्यानडाबीचको सम्बन्ध खराब स्थितिमा पुगेको छ । क्यानडामा गत वर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तल्लोस्तरमा पुगेको हो । भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई यस्तै आदेश दिएको छ । क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको हो । भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपप्रति कडा आपत्ति जनाएको छ । उसले क्यानडाका कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्वीलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र अधिकारीहरू इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई १९ अक्टोबर (शनिबार) राति १२ बजेभित्र भारत छाड्न भनेको छ । भारतले क्यानडालाई दिल्लीस्थित आफ्ना कूटनीतिक कर्मचारी फिर्ता लैजान र भिसा सेवा निलम्बन गर्नसमेत आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा क्यानडाको आरोप सिख पृथकतावादीबाट प्रभावित रहेको उल्लेख छ । जवाफमा क्यानडाले उच्च आयुक्तसहित ६ भारतीय कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । भारतले भने सुरक्षाको कारण देखाएर आफैंले आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको जनाएको छ । ‘हामीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्ने क्यानडा सरकारको प्रतिबद्धतामा विश्वास छैन । त्यसैले भारत सरकारले उच्चायुक्त र अन्य लक्षित कूटनीतिज्ञ र अधिकारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । १८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या गरिएको थियो । भारतले निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो । सिख समुदायका केही समूहले भारतमा छुट्टै देश ‘खालिस्तान’ को माग गर्दै आएका छन् ।  

रवि लामिछाने पक्राउ

लोकप्रिय