अवैध लागूऔषधसहित ८ जना पक्राउ

अवैध लागूऔषधसहित ८ जना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीले विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो ।      
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

सिन्धुलीकै कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका २ बस्ने २० वर्षीय सुबोध श्रेष्ठ समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा प्र ०१–०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
 
यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका ४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका २ बस्ने २० वर्षीय अजित हरिजन र १९  वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका ६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.नं.१–०२ –००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् ।  भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले  एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ

काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो  इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै

काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।

लोकप्रिय