१५५०१ सदस्यीय बाम बुद्धिजीवी–पेशाकर्मी निर्वाचन परिचालन समिति गठन, तारा चिन्ह बाहक उम्मेदवारहरूको विजय सुनिश्चित गर्ने लक्ष्य
काठमाडौं । आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तारा चिन्ह बाहक उम्मेदवारहरूको विजय सुनिश्चित गर्न १५५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन भएको छ।
समितिको संयोजकत्वमा पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ रहेका छन्। सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी नियुक्त भएका छन्।
मूल समितिमा देशभरिका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघका प्रतिनिधि, इन्जिनियरिङ् एशोसिएशन र कानुन व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरू समावेश छन्। समितिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ५५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। सचिवालय संयोजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयोजकमा प्रेमलकुमार खनाल, सचिवमा कृष्ण केसी, र आर्थिक परिचालन संयोजकमा लक्ष्मी प्रसाद पण्डित रहेका छन्।
सचिवालयका अन्य सदस्यहरूमा प्रा.डा. गोविन्द सुवेदी, समर नेपाल, सि. ढकाल, प्रा.डा. शिव शरण महर्जन, डा. वि.सी. शर्मा, डा. टी.पी. शर्मा, नीलकण्ठ तिवारी, कृष्णप्रसाद भण्डारी, एस. गुरुङ, एन. पोख्रेल, रामकुमार वान्तवा, एस.आर. उपाध्याय, सिताराम घले, चन्द्रबहादुर केसी, पुरुषोत्तम लामिछाने, कृष्णमान श्रेष्ठ, प्रभा बज्राचार्य, सुशील ढुङ्गाना, एन. खत्री, प्रदीप राई, शरणकुमार गुरुङ, सरिना गुरुङ, अर्जुन श्रेष्ठ, ओमनारायण श्रेष्ठ, मणिरत्न श्रेष्ठ, डी.एन. रावल, एम.भी. भट्ट, एल.ए. चौलागाईं, सी.आर. कार्की, एल.आर. लुंगेली, दिपेन्द्र खड्का, के.आर. जोशी, शंकर अधिकारी, रमेश रुपाखेती, पि.के. कुँवर, यादव खेरवार, हितमान बस्नेत, मंगल महर्जन, उमेश गौतम, आर.भी. गुरुङ, रमेश प्रसाद मैनाली, गोपाल श्रेष्ठ, दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी, गोपाल सिंह, डा. विष्णु हरि पण्डित, अन्जु शाह रहेका छन्।
समितिले देशभरिका बुद्धिजीवी एवं पेशाकर्मीहरूलाई एक ऐतिहासिक अपील प्रकाशन गरेको छ। अपीलमा उल्लेख छ कि मुलुकमा युगान्तकारी परिवर्तन गर्दै गणतन्त्र, समावेशी लोकतन्त्र, शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा र रोजगारीका अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ। अपीलमा समाजवादी क्रान्ति मार्फत उत्पादन र रोजगारी बढाउने, नवउदारवादी अर्थनीति र गरिबी, बेरोजगारी, आय असमानता, आर्थिक शोषण रोक्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
समितिले १६४ निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरूको विजयका लागि शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी, कानुन व्यवसायी, पत्रकार लगायत बुद्धिजीवी र पेशाकर्मीहरूलाई सक्रिय सहभागी हुन अपील गरेको छ।
यसैक्रममा, आगामी फाल्गुन ९ गते, शनिबार, दिउँसो १:३० बजे, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री तथा नेकपा संयाेजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डा. दीपेन्द्र बहादुर क्षेत्री, प्रा. खगेन्द्र प्रसाईं, डा. मिना पौडेल लगायतका वक्ताहरूले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम हुने भएको छ। समितिले काठमाडौं उपत्यकाका बुद्धिजीवी, पेशाकर्मी र पत्रकार महानुभावहरूको सक्रिय सहभागीताका लागि अनुरोध गरेको छ।
१५५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन
प्रेस विज्ञप्ति
काठमाडौ
मिति: २०८२/११/०६ गते
नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरुलाई आगामी निर्वाचनमा बिजयी गराउन बामबुद्विजीवी एव चिनका लागि पूर्व राजदूत कमरेड विष्णु पुकार श्रेष्ठकाे संयाेजकत्वमा १५५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ।
समितिकाे सहसंयाेजकमा कमरेड प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी रहनु भएको छ।
मूल समितिमा बुद्धिजीवी ,प्राध्यापक ,शिक्षक,स्वास्थ्यकर्मी ,ट्रेड युनियन महासंघहरु, ईन्जिनियरिङ एशाेशिएशन, कानुन व्यवसायी संगठन का केन्द्र, प्रदेश ,जिल्ला , प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु रहेका छन।
मूूल समितिकाे कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन भएको छ। सचिवालयकाे संयाेजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पण्डित र सदस्यहरु मा प्रा .डा, गाेविन्द सुवेदी ,समर नेपाल , सि. ढकाल , प्रा डा शिव शरण महर्जन , डा. विसि शर्मा , डा. टिपि शर्मा , नील कण्ठ तिवारी , कृष्णप्रसाद भण्डारी ,एस गुरुङ , एन पाेख्रेल ,रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ , प्रभा बज्राचार्य ,सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई , शरण कुमार गुरुङ , सरिना गुरुङ ,अर्जुन श्रेष्ठ , ओमनारायण श्रेष्ठ , मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट , एलए चौलागाईं ,सिआर कार्की , एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी , रमेश रुपाखेती,पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत,, मंगल महर्जन ,उमेश गौतम , आरवि गुरुङ , रमेश प्रसाद मैनाली , ,गाेपाल श्रेष्ठ , दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी , गाेपाल सिंह,डा. बिष्णु हरि पण्डित , अन्जु शाह रहनु भएको छ।
बुद्धिजीवी मूल समितिले देश भरका बुद्धिजीवी एवं पेशाकर्मीहरुमा एक अपिल प्रकाशित गरेको छ। अपीलमा मुलुकमा युगान्तकारी परिवर्तन गरेर गणतन्त्र ,समावेशी लाेकतन्त्र, जनताका मौलिक हककाे रुपमा रहेको शिक्षा ,स्वास्थ्य ,सुरक्षित आवास,स्वच्छ खानेपानी ,खाध्यान्न, सामाजिक सुरक्षा,राेजगारीका अधिकार लाई संबैधानिक रुपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ। अव देशमा उत्पादन र राेजगारी बृद्वि गर्न समाजवादी क्रान्ति गर्न आवश्यक छ। नेपाली कम्युनिस्ट पार्टीले जनसमक्ष ल्याएको प्रतिबद्धता पत्रले राष्ट्र र जनताका अभिभारा पुरा गर्ने संकल्प गरेको छ। देशमा नवउदारवादी अर्थनीतिले गरिबी ,बेरोजगारी ,आय असमानता ,आर्थिक शाेषण गरेर देशको आर्थिक विकासलाई पछाडि धकेल्ने काम गरेको छ। अतः नेपाली कम्युनिस्ट पार्टीले अगाडि सारेको प्रतिबद्धता पत्रका आधारमा राष्ट्रियता स्वाधीनता ,र लाेकतन्त्रकाे सुदृढीकरण गर्दै मुलुकमा उत्पादन ,राेजगारी बृद्वि गरिफ समाजवादकाे आधार निर्माण गर्ने संकल्प गरेको हुदा १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरुलाई बिजयी गराउन हामी देश भरका शिक्षक,प्राध्यापक ,स्वास्थ्यकर्मी ,श्रमिक ,कर्मचारी ,कानुन व्यवसायी ,पत्रकार लगायतका बुद्धिजीवी एवं पेशाकर्मीहरु विच अपिल गर्दछौ भनी अपिलमा उल्लेख गरिएको छ।
यस्तै मूल समितिले आगामी फाल्गुन ९ गते , शनिबार दिनकाे १.३० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल , डाक्टर दीपेन्द्र बहादुर क्षेत्री , डाक्टर प्रा खगेन्द्र प्रसाईं ,डा मिना पौडेल लगायतका बक्ताहरुले प्रतिबद्धता पत्रमा विवेचना गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा काठमाडौ उपत्यकाका समस्त बुद्धिजीवी ,पेशाकर्मीहरु र पत्रकार महानुभावहरुलाई सक्रिय सहभागीताका लागि समितिकाे तर्फबाट अनुराेध गर्दछौं ।
मिति : २०/११०६ गते
विष्णु पुकार श्रेष्ठ
संयाेजक
प्रेमलकुमार खनाल
सह संयाेजक
वाम बुद्धिजीवी एवं पेसाकर्मी
निर्वाचन परिचालन मूल समिति
काठमाडौ
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

