२२ सदस्यीय मन्त्रिपरिषद गठन (सूची सहित)

२२ सदस्यीय मन्त्रिपरिषद गठन (सूची सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मन्त्रीहरुको कार्यविभाजन 

१‍. केपी शर्मा ओली, प्रधानमन्त्री

२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

५. रमेश लेखक, गृह

६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

७. आरजु राणा देउवा, परराष्ट्र

८. नवलकिशोर साह सुडी, महिला बालबालिका

९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

१३. प्रदीप यादव, खानेपानी

१४. प्रदीप पौडेल, स्वास्थ्य

१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

१६. बद्री प्रसाद पाण्डे, पर्यटन

१७. रामनाथ अधिकारी, कृषि

१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

१९. मानवीर राई, रक्षा

२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं,  देशभर जारी भीषण वर्षाका कारण डुबान र पहिरोको जोखिम बढ्दै गएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विपद् पूर्व–व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकारलाई तुरुन्त कदम चाल्न समेत अपिल गर्नुभएको छ। सार्वजनिक सन्देशमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नदी तटीय क्षेत्र, डुबान भइरहने होचो भू–भाग तथा भू–स्खलनको उच्च जोखिम भएका स्थानहरूमा रहेका सम्पूर्ण जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्दछु।” उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिनुभएको छ। साथै, नागरिकहरूलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। प्रचण्डले सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन सरकारले उच्च तयारीका साथ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई

दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले  मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार) 

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको मुहान भएको बताउनु भएको छ ।  नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मंचले प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो। ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिनुभयो। उहाँले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गर्नुभयो। "मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन," उहाँले भन्नुभयो, "प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।" जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उहाँले भन्नुभयो , “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन्।” उहाँले थप भन्नुभयो, “मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला ।” मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ ।

हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

पेरिस डाँडा, काठमाडौं  हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।। सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाउनुभयो ।  छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी हुनुहुन्थ्यो।

लोकप्रिय