जेनजी युवाहरूले भने, 'हामी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ'

जेनजी युवाहरूले भने, 'हामी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ'

काठमाडौं— जेन-जी आन्दोलनमा संलग्न विभिन्न समूहका युवाहरूले नयाँ राजनीतिक परिस्थितिप्रति आफ्नो धारणा सार्वजनिक गर्दै गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भदौ २३ गते माइतीघरमा प्रदर्शन आयोजना गर्न अनुमति लिएका पुरुषोत्तम यादव र उनको समूहले जारी गरेको विज्ञप्तिमा आन्दोलनपछि उत्पन्न परिस्थिति, तत्कालीन सरकारको अदूरदर्शिता तथा घुसपैठ तत्वहरूका कारण भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

"हामीले यो आन्दोलन महिनौंअघिदेखि तयारी गरी संयमित र संवैधानिक ढङ्गले सञ्चालनमा ल्याएका थियौं। त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्छ," विज्ञप्तिमा यादवले भनेका छन्।

विज्ञप्तिमा थप भनिएको छ, "हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासनविरुद्ध जनचेतनाको लहर सिर्जना गर्‍यो। हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यही बाटोमा हिँडिरहेका छौं।"

आन्दोलनको सफलतापछि यसको संरक्षण र विस्तार गर्ने जिम्मेवारी केवल जेन-जी पुस्तामा मात्र नभई सम्पूर्ण पुस्तामा आएको उल्लेख गर्दै युवाहरूले देशभरका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवालासम्म पुर्‍याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा असोज २३ (अक्टोबर ९) गते जेन-जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भए पनि त्यस दिन कुनै कार्यक्रम नगरेको यादवले स्पष्ट पारेका छन्। "हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थका लागि होइन। यो जनताका लागि, जनताको आवाजका लागि हो," उनले थपेका छन्।

भ्रष्टाचार र कुशासनविरुद्धको संघर्ष निरन्तर जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, इन्डिजिनियस जेन-जी कलेक्टिभ, जेन-जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकासजस्ता समूहहरूले पनि अवधारणापत्रसहित विज्ञप्ति जारी गरेका छन्। उनीहरूले तेस्रो पुस्ताका नेताहरूलाई आफ्ना दलभित्र हस्तक्षेप गरी रूपान्तरणमा भूमिका खेल्न आग्रह गरेका छन्।

युवाहरूको आन्दोलनले परिवर्तनको माग गरेको र त्यसलाई प्रत्येक राजनीतिक दलले आत्मसात् गरी रूपान्तरणको लहर ल्याउनुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा पूर्ण समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिताको अवधारणालाई स्वीकार गरेको बताएका छन्।

"हामीले अहिलेको व्यवस्थाभन्दा पनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएका हौं। हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिकता, कार्यप्रणाली र व्याप्त दलियकरण तथा दलतन्त्रप्रति हो। हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं," विज्ञप्तिमा भनिएको छ।

पुराना राजनीतिक दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटिएको धन फिर्ताको पहल गर्न आह्वान गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई पक्राउ गरी छानबिन अघि बढाउन माग गरेका छन्।

 

 

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय