ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने

ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र पाँच अर्ब सात करोड रुपैयाँ करपछिको खुद नाफा आर्जन गरेको जनाएको छ । साधारण सभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति तथा नियमको पूर्ण पालना गर्दै सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । 

उनका अनुसार बैंकले आफ्नो व्यावसायिक रणनीतिअनुसार नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना पनि अघि सारेको छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट अनेक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

देशका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपालीलाई सहज र भरपर्दो आर्थिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आजका लागि विदेशी मुद्राको विनियमदर : कुन घट्यो, कुन बढ्यो ?

काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार (मंसिर ६, २०८२ / नोभेम्बर २२, २०२५) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ: अमेरिकी डलर (USD): खरिद १४२.८८, बिक्री १४३.४८ युरोपियन युरो (EUR): खरिद १६४.६१, बिक्री १६५.३० बेलायती पाउन्ड स्टर्लिङ (GBP): खरिद १८६.६१, बिक्री १८७.३९ अस्ट्रेलियन डलर (AUD): खरिद ९१.९९, बिक्री ९२.३८ क्यानेडियन डलर (CAD): खरिद १०१.४०, बिक्री १०१.८२ जापानी येन १० (JPY): खरिद ९.११, बिक्री ९.१५ चिनियाँ युआन (CNY): खरिद २०.०९, बिक्री २०.१८ साउदी रियाल (SAR): खरिद ३८.१०, बिक्री ३८.२६ कतारी रियाल (QAR): खरिद ३९.२०, बिक्री ३९.३६ युएई दिराम (AED): खरिद ३८.९०, बिक्री ३९.०६ कुवेती दिनार (KWD): खरिद ४६५.०१, बिक्री ४६६.९७ बहराइन दिनार (BHD): खरिद ३७८.९९, बिक्री ३८०.५८ भारतीय रुपैयाँ (ICR) १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले आफैंले थोरै फरक दर कायम गर्न सक्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात दशमलव शून्य तीन प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ दशमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ ।  आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो । त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर दुई दशमलव आठ दुई दशमलव आठ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरेको छ । समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र दुई दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन दुई दशमलव ७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८ दशमलव ८९ प्रतिशत र १६ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादनअन्तर्गत माछा उत्पादन १० दशमलव ३६ प्रतिशत, मासु शून्य दशमलव ७९ प्रतिशत, ऊन उत्पादन तीन दशमलव २७ र अण्डा एक दशमलव ७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १० दशमलव १४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।  विसं २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३ दशमलव ४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत छ । समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६ दशमलव ९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा चार दशमलव ३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ । उक्त आवमा नमुनाका रूपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६ दशमलव ४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३७ दशमलव ५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६ दशमलव ३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह दुई दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२ दशमलव ८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५ दशमलव ६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६ दशमलव ४७ प्रतिशत खर्च भएको छ । 

साढे ६२ लाखमा १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । शुक्रबार गरिएको सम्झौताअनुसार कम्पनीलाई ६२ लाख ५४ हजार ११२ रुपैयाँमा परीक्षणको जिम्मेवारी दिइएको छ । कम्पनीले पाँच महिनाभित्र परीक्षण सकाउनुपर्नेछ । सम्झौता बमोजिम ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको कर्जा गुणस्तर परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसअनुसार राष्ट्र बैंकले दोस्रोपटक आह्वान गरेको टेन्डर प्रक्रियाबाट आर्थिक र प्राविधिक दुवै पक्षमा योग्य ठहरिँदै हउलादार कम्पनी चयन भएको हो । राष्ट्र बैंकका अनुसार छानिएका कम्पनीले १०० मा ७१.३४ अंकको कुल वेटेड स्कोर हासिल गरेको छ ।

सेयर बजारमा गिरावट: नेप्से ३१.१७ अंकले घट्यो

काठमाडौं  - साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा सबै प्रमुख सूचकहरूमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१७ अंक (१.१२ प्रतिशत) ले घटेर बन्द भएको छ। सेन्सिटिभ र फ्लोट सूचकहरू पनि ओरालो लागेका छन्। बजार कारोबार सुरु भएदेखि नै रातो अंकमा रहेको थियो र अन्तिम समयसम्म यही अवस्था कायम रह्यो। कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब ६ करोडमा सीमित भएको छ। बजारको विवरण आइतबार २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घट्यो। अन्य समूहहरूको अवस्था निम्नानुसार छ: बैंकिङ: ०.८८% फाइनान्स: १.३०% होटल तथा पर्यटन: १.०७% हाइड्रोपावर: १.४७% लगानी: १.०४% जीवन बीमा: १.००% उत्पादन तथा प्रशोधन: १.०१% माइक्रोफाइनान्स: १.३८% निर्जीवन बीमा: १.१३% अन्य: १.२४% व्यापार: ०.३८% मूल्य वृद्धि र गिरावट उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले बढ्यो। यस्तै, आशा लघुवित्तको ४.१६%, समता लघुवित्तको २.६४%, र मिड सोलुको १.८७% मूल्य वृद्धि भयो। यता, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य सबैभन्दा धेरै ७.४५% ले घट्यो। छ्याङ्दी हाइड्रोपावरको ७.०७% र पिपुल्स पावरको ५.४१% मूल्य गिरावट देखियो। धेरै कारोबार भएका कम्पनीहरू आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया, र पिपुल्स पावर रहे।

लोकप्रिय