नेपाललाई पराजित गर्दै हङकङ तेस्रो, गुम्यो इमर्जिङ टीम्स एशिया कप खेल्ने नेपालको अवसर

नेपाललाई पराजित गर्दै हङकङ तेस्रो, गुम्यो इमर्जिङ टीम्स एशिया कप खेल्ने नेपालको अवसर

काठमाडौँ। नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो।योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ ।

योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो।

हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बाबर हयात २६ र एजाज खान १२ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

null

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो।

त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो। 

दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ऽ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए।

ललितनारायण राजवंशी २ रनमा अविजित रहे। हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानले १/१ विकेट लिए ।

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो। पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो।यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'

काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

अन्तिम खेलमा ६ विकेटले नेपाल विजयी

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले जितेको छ ।  नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।  जितका लागि वेष्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७ बल बाँकी हुदा पुरा गर्न सफल भयो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि अनिल साह र आसिफ सेखले अर्धशतक हाने । अनिलले ४५ बलमा ५८ रन तथा आसिफले ३५ बलमा ५१ रन बनाए । यस्तै, कुशल मल्लले अविजित ३७ रन, कुशल भुर्तेलले १३ रन जोडे भने दिपेन्द्रसिंह ऐरीले ५ रन जोड्दा कप्तान रोहित पौडेल शुन्य रनमा नै अविजित रहे । त्यसअघि वेष्ट इन्डिजका एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे।  नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्च गरे ।   अविनास बोहोराले एक विकेट लिए । आजको नतिजा सँगै सिरिजलाई नेपालले नेपाल ३–२ बनाएको छ । पहिलो खेलमा चार विकेटको जित निकालेको नेपाल त्यसपछिका खेलमा लगातार हार बेहोर्दै आएको थियो ।शृङ्खलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल हो । नेपाली टोली आजको खेल पछि विश्वकपका लागि वेष्ट इन्डिज प्रस्थान गर्नेछ ।

लोकप्रिय