५ महिनामा लुम्बिनीमा ५ लाख पर्यटक, सबैभन्दा बढी थाइल्याण्डका, चिनिया पर्यटकको संख्या ६ हजार ७४
लुम्बिनी । लुम्बिनी भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या गत ५ महिनामा ५ लाख नाघेको छ। चालु वर्ष २०२४ को जनवरीदेखि मेसम्म ५ महिनामा ३ लाख २३ हजार नेपाली, १ लाख २७ हजार भारतीय, ५१ हजार तेस्रो मुलुकका पर्यटक गरी कुल ५ लाख २ हजार पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका सहायक अधिकृत दिलीप कुलुङले जानकारी दिए।
कुलुङका अनुसार गत वर्षको ५ महिनामा ४ लाख ७२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा अहिले २९ हजार ६ सय पर्यटक आएका छन्। ५ महिनामा सबैभन्दा बढी पर्यटक आन्तरिकमा रहेका छन्। उनीहरूको संख्या ३ लाख २३ हजार रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा आन्तरिक पर्यटक आगमन भने घटेको हो । गत वर्ष ३ लाख २६ हजार नेपाली लुम्बिनी आएका थिए।
नारायणगढ बुटवल तथा पश्चिम र उत्तरतर्फ पनि सडक निर्माण चलिरहेकोले स्थलमार्ग हुँदै आउने पर्यटक बढ्न नसकेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए। सडकमार्ग अस्तव्यस्त हुँदा पर्यटक आइरहेका छन्। तर अलि कमी छ। बुद्ध जयन्तीको एकै दिन ५४ हजार नेपाली लुम्बिनी पुगेको राईले बताए। त्यसैगरी लुम्बिनी आउने भारतीय पर्यटकको संख्या पनि बढ्दै गएको छ।
सन् २०२३ को पहिलो ५ महिनामा १ लाख ११ हजार भारतीयले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा यो वर्षको ५ महिनामा १ लाख २७ हजार पर्यटन आएका छन् । तेस्रो मुलुकका ५१ हजार बढी लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउने तेस्रो मुलुकका पर्यटकहरूको संख्या ५१ हजार पुगेको छ।
कारोबार अनलाइनका अनुसार चालु वर्षको जनवरीमा ९ हजार, फेब्रुअरीमा १४ हजार, अप्रिलमा ५ हजार र मेमा २ हजार विदेशी पर्यटक आएको कोषले जनाएको छ।
लुम्बिनी आउने विदेशी पर्यटकमा सबैभन्दा बढी थाइल्याण्डका छन्। ५ महिनामा १२ हजार २ सय २१ जना थाईले लुम्बिनीलाई आफ्नो गन्तव्य मनाएका छन् । त्यसैगरी सोही अवधिमा ९ हजार श्रीलंकन लुम्बिनी आउँदा ७ हजार म्यानमारका नागरिक लुम्बिनी आएका छन्। त्यसैगरी, लुम्बिनी आउने चिनिया पर्यटकको संख्या ६ हजार ७४ पुगेको छ।
त्यस्तै भियतनामका ३ हजार ७ सय, दक्षिण कोरियाका २ हजार ७ सय गरी कुल ७१ मुलुकका नागरिक लुम्बिनी आइपुगेका छन्। चिनियाँ बाहेकका अन्य पर्यटक स्थलनाका बेलहिया हुँदै लुम्बिनी आउने गरेका छन्। लुम्बिनीमा पर्यटकहरूको मुख्य केन्द्र बुद्धजन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी कुण्ड, विश्व शान्तिद्धिप, केन्द्रीय नहर, साथै विभिन्न देशले निर्माण गरेका बिहार रहेका छन्।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।