ढुक्क भए हुन्छ, सत्ता गठबन्धन दायाँबायाँ हुँदैन : सभापति देउवा

ढुक्क भए हुन्छ, सत्ता गठबन्धन दायाँबायाँ हुँदैन : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन चितवन पुगेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् ।


फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् । सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका हुन्।


सभापति देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन । कति भन्नु भनिसकेँ त मैले ? गठबन्धन निरन्तर जान्छ । ढुक्क भए हुन्छ।’ सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह समेत गरे । देउवाले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भैनसकेको भन्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताए ।

संसदमा बोल्न कांग्रेस सांसदलाई ‘गृहकार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेका विषयमा तर्क सहित बोल्न भन्दै आफ्ना सांसदलाई सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरेको छ ।  शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रहरीको अनुसन्धान प्रतिबेदन बाँडिएको हो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेपछि वितरण गरिएको हो ।  यो प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख रहेको भन्दै त्यसकै आधारमा टेकेर संसदमा प्रस्तुत हुन देउवाले नै सुझाएका छन् । प्रहरी अनुसन्धानका आधारमा रुपन्देहीको सरकारी वकिलको कार्यालयले वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यही विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको हो। एक नेताका अनुसार देउवाले संसदीय दलको बैठकमा भनेका छन्, ‘प्रतिबेदन अध्ययन गर्नुस्, कुन कुन ऐन आकर्षित हुन्छन्, संसदमा तर्क सहित राख्नुस् ।’

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ ।  शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।

लोकप्रिय