पाँचवटा प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना

पाँचवटा प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने नभएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।                                              

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
 

प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो।  प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित  प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ । 

दुई हजार आठ सयले घट्यो सुन

काठमाडौं  । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ।  यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो। 

चारदिने छठ पर्व आजदेखि सुरु

काठमाडौं ।विशेष गरी नेपालको मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक आजबाट सुरु भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिला क्षेत्र र देशैभरि धुमधामका साथ विधिपूर्वक सुरु भएको छ । तराईमा मनाईने यो पर्व पछिल्लो समय पहाडमा रहेका विभिन्न नदी किनारमा पनि मनाइन थालिएको छ ।   सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।        चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन ९विनानुन हालेको० खानेकुरा खाने चलन छ । षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।  षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घयका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घय अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार बिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घय दिइ छठ पर्व सम्पन्न गर्नेछन् । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । 

लोकप्रिय