माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न, के गर्यो निर्णय ?

माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न, के गर्यो निर्णय ?
पदाधिकारी बैठक पश्चात धारणा राख्दै नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटा

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘सहितको पार्टी नेतृत्व देशभर जनतामाझ जाने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँच दिनसम्म चलेको पदाधिकारी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले आफुसहित पार्टीको मुख्य नेतृत्व देशभर जनताको सुख–दुःख बुझ्न जानुपर्ने धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

‘जनतासँग सम्बन्ध टुटेको छ । त्यसका लागि देशभर जनताको सुख–दुःख बुझ्न जान्छु।सबै नेताहरु पनि जनता तर्फ फर्किनु पर्यो । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ भन्नुभएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने । 

प्रचण्डले एमालेसँग वृहत् वामपन्थी एकताको स्वच्छ भावना राखेर पछिल्लो समीकरण बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको बताएका थिए । उनले पार्टीभित्र देखिएका समस्या, अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति र भावी योजनाबारे बैठकलाई जानकारी दिएको प्रवक्ता सापकोटाले बताए । 

‘पहिलो एमालेसँग वृहत् वामपन्थी एकताको उद्देश्य राखेर समीकरण बनाइएको थियो । नेपाली जनताले कम्युनिस्ट पार्टीलाई रुचाएको थियो । जनताले झन्डै दुई तिहाइको मत दिएका थिए । त्यसलाई हामीले रक्षा गर्न सकेनौँ । त्यसको समीक्षा गर्दै एमालेसँग समीकरण बनाएका थियौँ । तर यी सबै तोडेर एमालेले कांग्रेससँग समीकरण बनाएको छ’, उनले भने, ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समाजवादमा आधारित संविधान यी सबैको अपनत्व लिएर व्यवहारमा लागु गर्नुपर्छ । त्यसका लागि हामीले देशभक्त र अग्रगमन पक्षधरसँग मोर्चा बनाउनुपर्छ।'

प्रवक्ता सापकोटाले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। 

उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए ।वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रले पदाधिकारी बैठकमा उठेका विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।

शुक्रबारबाट सञ्चालन भएको बैठकमा चार दिनसम्म नेताहरूले पछिल्लो राजनीतिक अवस्था, विचारको विकास, पार्टी निर्माण तथा भावी योजनाबारे आ–आफ्ना विचार राखेका थिए ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय