मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको  हो।

‘सही छ’  भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ ।  

टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन्  । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए । 

नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ  छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने ।

केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुनः उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ  ।

२०५६ मा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो। 

विगतका २५ वर्षमा कम्पनीबाट रमपम, प्रिती र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध रहेको छ ।  

यसले टु पिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरु पनि बजारमा ल्याएको छ ।

अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ । 

यससँगै  अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ ।

एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ। 

चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ’, कम्पनीले भनेको छ  ।

‘हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै  उत्साहित छौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने । 

मास्टरशेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बनाएको जाजुले बताए ।

६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् ।

कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ। 

भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्‍याइएको उनले बताए । 

२७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ  र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा यो कम्पनी पर्ने उनको दाबी छ । 

उनका अनुसार टु पिएम चाउचाउलाई  अष्ट्रेलिया, बहराइन, बेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, यूएई, यूके, अमेरिका, यमन जस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ ।

‘नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्नमा  योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ’, जाजुले भने ।

कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो । यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए। सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरु, मालसामान खरिद–बिक्री गर्न जाने स्थानीय व्यापारी र सर्वसाधारणहरु लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ । नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

देशभर तापक्रम क्रमशः घट्दो क्रममा

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लेबनान र प्यालेस्टाइनमा बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध जनाएको हो। संगठनले लेबनान र प्यालेस्टाइनका जनताप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गरेको छ। प्रर्दशनका क्रममा इजरायल र लेबनानमा रहेका नेपाली समुदायलाई सुरक्षितरुपमा नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । साथै, हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न संगठनले आग्रह गरेको छ ।

संक्रमणकालिन न्याबारे तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं। संक्रमणकाललिन न्याबारे  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्छ ।  बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।  ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

लोकप्रिय