नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
नेपाल ‘ए’ टिम । तस्बिर : क्यान

काठमाडौं । पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ।  सिरिज भने एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिज खेल्न लागेको छ । नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।
 

नेपाललाई पराजित गर्दै हङकङ तेस्रो, गुम्यो इमर्जिङ टीम्स एशिया कप खेल्ने नेपालको अवसर

काठमाडौँ। नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो।योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बाबर हयात २६ र एजाज खान १२ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो। त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो।  दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ऽ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए। ललितनारायण राजवंशी २ रनमा अविजित रहे। हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानले १/१ विकेट लिए ।

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३९ रन बनाउन सफल भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले २२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाए।  ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए। उनी यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट भए। यस्तै करण केसी तीन रन जोड्दै पेभेलियन फर्किए। ललित राजवंशीले अविजित दुई रन बनाए।  बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिए। अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिए। एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।  इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ । नेपालको एसिया कप खेल्न सपना संयुक्त अरव इमिरेट्स (युएई)ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो । यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । 

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

यूएईको दबदबा रहेको खेलमा अर्धशतक बनाउँदै सन्दिप आउट

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) दबाब दिइरहेको खेलमा नेपालका सन्दिप जोराले अर्धशतक प्रहार गरेका छन् । खराब अवस्थामा रहेको नेपालका लागि सन्दिपले अर्धशतक हानेका हुन् । उनले ३९ बलमा चार चौका र दुई छक्का सामेल गरी अर्धशतक बनाए । त्यसलगत्तै उनी आउट भएका छन् । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालका लागि अन्य कुनै पनि खेलाडीले दोहोरो अंक बनाएका छैनन् ।  पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको नेपाल त्यसपछि पनि लगातार दबाबमा परेको छ ।  नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डकभए । जारी खेलको १४.४ ओभरमा नेपालले ६ विकेट गुमाएर ८० रन बनाएको छ । 

लोकप्रिय