नेपालको नतिजाविहीन विश्वकप : बंगलादेशसँग २१ रनले पराजित

नेपालको नतिजाविहीन विश्वकप : बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । 

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । 

आजको खेलमा पराजितसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो ।

श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । 

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।   

अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

काठमाडौं । सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार ग्रोस इजलेमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन बनायो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ७६ रन बनाए पनि टिमको हारलाई उनले रोक्न सकेनन्। कप्तान मिचेल मार्सले ३७ रन थपे । ग्लेन म्याक्सवेलले २०, टिम डेविडले १५ र प्याट कुमिन्सले ११ रन जोडे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले समान एक विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहितले ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक बनाएका रोहित जारी विश्वकपमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीपछि रहेका अमेरिकाका आरोन जेम्सले २२ बलमा अर्धशतक बनाएका थिए ।  रोहितले ६–१ को स्थितिबाट ऋषव पन्तसँग ८७ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पन्तले १५ रन थपे । सूर्यकुमार यादवले ३१, सिवम दुवेले २८ र हार्दिक पन्ड्याले २६ रन थपे । भारतका ओपनर विराट कोहली भने शून्य रनमा आउट भएका थिए।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । जस हेजलवुडको नाममा एक विकेट रह्यो । जितसँगै सुपर–८ को समूह–१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारतले अब फाइनल प्रवेशका लागि समूह–२ को उपविजेता इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यता, तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । मंगलबार हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको आगामी यात्रा निर्धारण गर्नेछ।

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हरायो

एजेन्सी । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ। दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो ।  गएराति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।  प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा अहिले अमेरिका र वेस्ट इण्डिज प्रतिस्पर्धा गरिरहेका छन्। बेलुकी सवा ८ बजे भारत र बंगलादेश भिड्नेछन्। 

फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, आगामी दिनमा सुधार्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।  बिहीबार आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ थियो।  उनले अमेरिका र वेस्ट इन्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए।राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको उनको भनाइ छ। फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। रोहितले भने, पहिलो गेममा पनि आत्मविश्वास थियो । तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ । उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए । 

लोकप्रिय