नौ वर्षपछि नेपालबाट ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश

नौ वर्षपछि नेपालबाट ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश

काठमाडौं । नेपालको उत्तरको दोस्रो ठूलो भन्सार तातोपानी नाकाबाट ट्रेलर कन्टेनर चिनियाँ बजार प्रवेश गर्न थालेका छन्। तातोपानी हुँदै दिनहुँ दर्जनौं खाली कन्टेनर सामाग्री ल्याउनका लागि चिनियाँ बजारको मोडक्षेत्रमा पुग्न थालेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यका अनुसार हाल खासा बजार पुनर्निर्माण भइरहेकाले रमितेभन्दा केही तलको भूभागमा आयात सेन्टरको यार्डमा सवारी र चालकलाई जान दिइएको हो।

चीनको सिगात्सेबाट १३ दशलव ७५ लामो ट्रेलरलाई आयात यार्डमा स्थान निश्चित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ। करिब दुई वर्षलाई लक्षित गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिएको छ।

भूकम्प र पराकम्पपछि नाका ठप्प हुँदा खासासहित रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजार सुनसान र उजाड बनेका थिए। त्यसउता नेपाली कन्टेनर र भ्यान चिनियाँ बजार जान पाएका थिएनन्। अहिले कन्टेनर र स्थानीय चिनियाँ बजार भित्रन थालेयता रमितेक्षेत्रमा होटेल र पसल खुल्न थालेका छन्।

भन्सार विभागका अनुसार तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन्। कन्टेनर पारी पुगिरहँदा निर्यात थपिँदैछ, आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामाग्री आएका छन् ।

खासामा चल्ने कन्टेनर भूकम्पले नाका बन्द भएयता अधिकाशं रसुवागढी नाकामा दर्ता भएर सञ्चालित छन्। अब ती गाडीको थर्ड पार्टी इन्स्युरेन्स केरुङ र खासा दुवैमा दर्ता गर्नुपर्ने प्रावधान छ। नेपाल ट्रक कन्टेनर तथा ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाकाअनुसार केरुङमा दुईसय ८१ र तातोपानीमा दुईसय कन्टेनर चलिरहेका छन्। जसमा २० वर्ष पूराना चार सय वटा कन्टेनर भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर चलाउन आहृवान गरिएको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारेको बताए। त्यसैगरि बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । गर्भनर अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताए। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको बताए। यस्तै राष्ट्र बैंकले निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरेको छ । यस्तै निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादर भएको कारणले कालोसूचीमा नपर्ने भएको छ ।

मौद्रिक नीति आज सार्वजनिक गरिदै

काठमाडौं । सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।  गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।  डा. खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर पनि भएकाले उनका थप केही सुझावका लागि मौद्रिक नीति सार्वजनिक कार्यक्रम अन्तिममा समयमा पर सारिएको थियो ।  आज कार्यालय समय अगाडि बोर्ड बैठक बस्नेछ । त्यसपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

लोकप्रिय