एकैदिन दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति ?

एकैदिन दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला दुई हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। 

बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज सुनको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

पाथीभरामा दर्शनार्थीले चढाएका सुन प्रशोधन, ५० तोला प्राप्त

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन गरिएको छ ।  २६ महिनाको अवधिमा चढाइएका सुन तथा चाँदी प्रशोधन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका  जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले सुन र चाँदी प्रशोधन गरिएको बताए । २६ महिनाको अवधिमा संकलित ६७ तोला सुन र ४३ किलोग्राम प्रशोधन गरिएको उनको भनाइ छ । ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला प्राप्त भएको उनले बताए । प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गर्न लागिएको छ ।

सुनको घट्दा चाँदीको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ ।  अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ । 

एक सातामै सुनको मूल्य ३४ हजारले घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय