आमाको जन्मदिनमा भावुक बाबुराम

सामाजिक सञ्जालमा भने फरक फरक कमेण्ट र सुझाब

आमाको जन्मदिनमा भावुक बाबुराम

काठमाडौं । आफ्नी आमाको जन्मदिनमा भावुक हुँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफ्नी आमा धर्मकुमारी भट्टराईको जन्मदिनको अवसरमा पूर्व माओवादी नेता समेत रहेका भट्टराईले आफ्नी आमाको तस्वीर सहित राखेको स्टाटसमा साढे चार सय बढि कमेण्ट आएका छन् । दिवंगत भैसकेकी आमाको सम्झनामा भट्टराईले भाबुक हुँदै संस्कृत श्लोक सहित स्टाटस राखेका छन् । उनको स्टाटसमा भनिएको छ ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!” ( आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्!)

आमा हामीबाट सदाकालागि विदा हुनुभएको आज ( फागुन १६ गते) १८ बर्ष पूरा भएछ!

तपाईंको स्मृति सदासर्वदा हामीसंग रहिरहनेछ, आमा! सादर नमन !!

( फोटोः पहिलो, २०३० सालतिर म चण्डीगढमा पढ्दैगर्दा;

दोश्रोः २०५२ सालमा जनयुद्धको शुरूवातनिम्ति भूमिगत हुन परिवारबाट विदा लिंदा! भूमिगतकालमै आमा २०६२ फागुन १६ गते वित्नुभएछ; हामी २०६३ असार २ गते वालुवाटारमा खुला भयौं! आमाको अन्तिम वाक्य “ बाबुरामलाई भेट्न पाइनॅ” थियो भन्ने सुन्दा अहिले पनि आॅसु थाम्न गाह्रो हुन्छ!)’ 


आफुलाई जन्मदिने आमाप्रति समर्पित भट्टराईको स्टाटसमा प्रतिक्रिया दिनेले भने अनौठो अनौठो टिप्पणी गरेका छन् । स्टाटसमा धेरै जसो कमेण्टहरु श्रद्वाञ्जलीका देखिएपनि केहि कमेण्टहरुमा पश्चाताप गर्न र केहि कमेण्टहरुमा माओवादीमा एकाकार हुन सुझाब छन् । 

केशब दुवाडीले लेखेका छन् ‘आमाको नियमित श्राद्ध गर्नु होला, पुत्रस्य परमोधर्म पित्र्युत्धार समोनहि’ यस्तै, प्रकाश न्यौपाने किरणले सुझाब दिएका छन् –‘विचार र आस्था राखेकै कारण धेरै नेपालीले ज्यान गुमानुपर्ने , जेल हिरासत र अंगभङ् हुनुपर्ने संगिन घडी स्मरण गराउनु भो , माओवादी आन्दोलनले राजनितिक परिवर्तन गरायो अन्य सामाजिक , आर्थिक , सांस्कृतिक आदी परिवर्तन खसै हुन सकेन , आवश्यकताको प्रतिबद्धनामा पुन एकपटक जोखीम उठाउनेहरु एक भएर अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ , आसा र अपेक्षाको आँसु बगाउँदै ज्यान गुमाउने आमाप्रति भावपुर्ण श्रद्धान्जली ।’ 
निरज भट्टले भने यस्तो भनेका छन् –‘नालायक छोरा भएपछि यस्तै हो, आमा प्रती हाम्रो सम्मान छ’ । कमेण्टमा पूर्ण रानाभाटले टिप्पणी गरेका छन् –‘हो क्यारे तर वाहीरी देशको एजेण्ट वनेर देस त वर्वादी वनाइहाल्नु भो’ ।
यस्तै, एष्ट्रो हरिसरणले कमेण्ट गरेका छन् –‘आमाको त्याग र तपाईँको त्यागको परिणाम सकारात्मक होस्, तपाईँ जति क्षमतावान व्यक्ति हो, जति तपाईँमा शक्ति छ त्यसको दुरुपयोग भईरहेको जस्तो लाग्छ, व्यक्तिगत स्वार्थबाट माथी उठेर काम गर्नुहोस् तपाईँका दिन अझै सक्किएका छैनन्। तपाईँ विद्वानको पंक्तिमा हुनुहुन्छ तर तपाईँका अभिव्यक्ति हेर्दा मूर्ख जस्तो लाग्छ। जे कुरा छ तपाईँ भित्र निस्वार्थ त्यस्तै देखिने प्रयास गर्नुहोस्।’ 
विज्ञान मान सिंह ठकुरीले प्रशंसा गर्दै लेखेका छन् –‘आमालाई उच्च सम्मान, छोरो जन्मिनु तपाई जस्तो पो त ! बाबुरामलाई घरपरिवार पाल्नकै निम्ति जागिरको लागि प्रमाणपत्रको लोभै नमानी एउटा लयमा ल्याउन नसकेको देशको अवस्थाका लागि लडाइँ लड्ने आट गर्नु महान विचारक हो । नयाँ थेउरी तपाईबाट आसा गर्न सकिन्छ ।’ 
राजेन्द्र पन्तले सुझाब दिएका छन् –‘सबैको आमाले त्यसै भन्नुभएको थियो होला,,स्कुलबाट फर्कदा म आमालाइ आज तलब बुझेर मिठा खानेकुरा र नयाँ कपडा ल्याइदिन्छु भनेर ,,,,,तर अपहरणमा परेर छोराको बीभत्स हत्या भयो रे भनेको सुन्दा बिचरा ती बुढी आमाले कसरी सहेर बस्नुभयो होला,,,,त्यो सम्झनुहोला’
जनकजङ शाहीले कमेण्ट गरेका छन् –‘हार्दिक श्रद्धाञ्जली आमा तपाई जस्तै महान सोच भएको आमाहरुको कारण आज हामी स्वतन्त्र छौ ’ 
क्रान्तिलाई धोका दिएको भन्दै रानी शाह भन्छिन् –‘आमा प्रति हार्दिक श्रर्दासुमन, आमाले सम्म भेट्न पाउनु भएन, देशको लागि जनयुद्द लड्नु भो तर त्यसलाइ निस्कर्स मा पुर्याउन सक्नु भएन , बिचैमा साथ छोड्नु भो, क्रान्तिलाइ धोका दिनु भो, धोकेवाज हो तपाइ, हामि तपाइ सङ्ग सन्तुस्ट छैनौ ।’

बढि सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरुमा डाक्टर बाबुराम भट्टराई पनि पर्दछन् । स्रोतका अनुसार उनले आफुले राखेको स्टाटसमा आएका कमेण्टहरु पनि पुरै पढ्छन् । तर त्यसका सुझाब मान्ने वा नमान्ने भन्नेमा दोहोरो जवाफ दिएको पाइदैन । 

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय