Pentagon still in touch with Pakistani military: Mattis, US Defence Secretary
WASHINGTON: US Defence Secretary James Mattis on Friday said that the Pentagon was maintaining its communication with the Pakistani military establishment, including with Army Chief Gen Qamar Javed Bajwa, even after suspending its security assistance to Pakistan.
“I think, yesterday Gen Joseph Votel was on the phone with Gen Bajwa, the chief of the army staff. And we’ll continue to coordinate this,” he said at an afternoon news briefing at the Pentagon.
“Obviously, we’ll continue talking with one another, as we are at all times,” said the US defence chief, but he did not clarify if the conversation took place before or after Washington announced the aid suspension on Thursday.
As commander of the US Central Command, Gen Votel is directly responsible for US war efforts in Afghanistan where Washington still maintains about 14,000 troops and other military assets.
Mr Mattis said the Trump administration considered all possibilities before suspending its military assistance to Pakistan and was not worried about Islamabad shutting off supplies to Afghanistan in retaliation.
“I’m not concerned, no,” he said when asked if the suspension could lead Pakistan to cut off supply lines, adding that he had not received any indication from Islamabad that it might block supply lines.
Mr Mattis said “no” again when asked if he was worried that China would move in to fill the gap created by the absence of US military aid to Pakistan.
Also on Friday, a senior Trump administration official told journalists in Washington that the suspension would cost Pakistan an estimated $2 billion in military funding and equipment during the current and next fiscal years.
Unlike Mr Mattis, the official acknowledged that Islamabad could cut off supply routes to Afghanistan but insisted that “unless we deal with the Pakistan sanctuary issue, it will undermine all of our other efforts in Afghanistan”.
At a third briefing, two US State Department officials said the suspension could affect Foreign Military Financing carried forward from 2016 as well as previous funds not yet been spent or delivered.
US media reports indicated that the suspension could also jeopardise almost $1bn of US military equipment, some of which are already in the pipeline.
But analysts, who spoke to various media outlets, said it’s highly unlikely that the US will freeze all its supplies to Pakistan.
At the State Department briefing, officials indicated that Washington could make “exemptions” for programmes deemed vital to US national security.
At the Pentagon, Secretary Mattis acknowledged Pakistan’s sacrifices in the war against terrorism but said the aid suspension was part of the new US strategy for South Asia.
“Pakistan has lost more troops total than all of NATO, coalition combined in the fight against them. But we’ve had disagreements strong disagreements on some issues, and we’re working those,” he said.
Asked if he believed the civilian government was capable of assisting US counterterrorism efforts in the region, Mr Mattis said: “I would say the Pakistan government is capable of doing what we’re trying to do together, yes. Absolutely.”
Bill to end aid proposed
Meanwhile on Saturday, President Donald Trump posted another tweet on Pakistan, backing a Republican Senator’s plan to fund infrastructure projects with suspended aid to Pakistan.
“Good Idea Rand!” in response to a tweet from Senator Rand Paul about ending aid to Pakistan.
Senator Paul said in his tweet, “I’m introducing a bill to end aid to Pakistan in the coming days. My bill will take the money that would have gone to Pakistan and put it in an infrastructure fund to build roads and bridges here at home.”
“We’ve sent Pakistan $33 billion since 2002. What did we get for it? Well Pakistan didn’t even help us find Bin Laden, even though he was living in one of their cities for years,” he said in a video statement on Twitter.
Mr Paul, who said he has been fighting to end aid to Pakistan for years, called President Trump’s recent proposal to suspend aid “a breakthrough”.
Story Taken From “Dawn” Published January 7th, 2018
ट्रम्प, जेलेन्स्की र युरोपेली नेताको बैठक : ह्वाइट हाउसमा के के भयो सहमति ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र प्रमुख युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा उच्चस्तरीय बैठक सम्पन्न गरेका छन। यो बैठकले रुस र युक्रेनबीच करिब चार वर्षदेखि जारी युद्धलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने औपचारिक प्रयासका रुपमा लिइएको छ । बैठकपछि सबैपक्षले रुस र युक्रेनबीचको जारी युद्ध अन्त्यका लागि महत्वपूर्ण कदम भनेर टिप्पणी गरेका छन् । ओभल अफिसमा भएको द्विपक्षीय वार्ता र इस्ट रूममा सम्पन्न बहुपक्षीय बन्द सत्रमा युरोपेली नेताहरूको उपस्थितिले युक्रेनको समर्थनमा अन्तर्राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको छ। यो भेटघाट ट्रम्पको गत साता अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनपछि भएको हो, जसले युद्धविराम सुनिश्चित गर्न नसके पनि यी छलफलहरूको आधार तयार गरेको थियो। युद्ध अन्त्यका लागि अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ताको सहमति भएको छ । सुरुवातमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यसपछि युरोपेली नेताहरुको उपस्थितिमा अर्को वार्ता भएको थियो । त्यहीँबीचमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग टेलिफोनमा वार्ता गरेका थिए । लामो समयको छलफलपछि युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ताको तयारी भएको छ । एकअर्काप्रति सम्मान र युद्ध अन्त्य गर्न साझा प्रतिबद्धता बैठकको सुरुवातमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्स्कीलाई औपचारिक स्वागत गर्दै भएको थियो। दुवै नेताले ओभल अफिसमा बैठकअघि आयोजित पत्रकार सम्मेलनमा सहभागिता जनाए, जहाँ उनीहरूले एकअर्काप्रति सम्मान र युद्ध अन्त्य गर्न साझा प्रतिबद्धता व्यक्त गरे। राष्ट्रपति जेलेन्स्कीले वार्तालाई 'अत्यन्त सकारात्मक' भन्दै सुरक्षा ग्यारेन्टी, मानवीय सहायता, र युद्धबन्दी आदानप्रदान जस्ता संवेदनशील विषयहरूमा गहन छलफल भएको बताए । राष्ट्रपति ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूको प्रशंसा गर्दै यो बैठकलाई ऐतिहासिक र महत्त्वपूर्ण कदमको रूपमा चित्रण गरेका छन् । यो बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों, बेलायती प्रधानमन्त्री कायर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिख मर्ज, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन, र नाटो महासचिव मार्क रुट उपस्थित रहेका थिए । यो बैठकमा प्रमुख युरोपेली नेताहरूको उपस्थितिले युक्रेनलाई समर्थन गर्न र सम्भावित शान्ति सम्झौतामा युक्रेनको हित संरक्षण गर्न सामूहिक प्रतिबद्धता देखाएको छ। बेलायती प्रधानमन्त्री कायर स्टार्मरले यो बैठकलाई युक्रेन र युरोपको सुरक्षाको लागि ूऐतिहासिक कदमू भनेका छन् । फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले विगत दुई हप्तामा युद्ध अन्त्य गर्न भएको प्रगतिलाई प्रशंसा गरे । उनले भने, ूहामीले विगत साढे तीन वर्षको तुलनामा पछिल्लो दुई हप्तामा धेरै प्रगति गरेका छौं।ू उनले फिनल्यान्डको रुससँगको १,३०० किलोमिटर सिमाना र ऐतिहासिक सम्बन्धलाई उल्लेख गरेका छन् । सुरक्षा ग्यारेन्टी बैठकको मुख्य एजेन्डा युक्रेनको लागि नाटो(शैलीको सुरक्षा ग्यारेन्टीको थियो। अमेरिकी विशेष दूत स्टिभ विटकफले खुलासा गरे कि अलास्का शिखर सम्मेलनमा राष्ट्रपति पुटिनले अमेरिका र यसका युरोपेली सहयोगीहरूलाई युक्रेनलाई नाटोको आर्टिकल ५ जस्तो सामूहिक रक्षा ग्यारेन्टी प्रदान गर्न अनुमति दिन सहमति जनाएका थिए । यो सहमति युक्रेनको भविष्यमा रुसी आक्रमण रोक्ने प्रमुख मागलाई सम्बोधन गर्ने क्रान्तिकारी कदम मानिएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनालाई सुदृढ गर्न प्रशिक्षण मिशन र खुफिया जानकारी साझेदारीसहित सबै प्रकारका सुरक्षा ग्यारेन्टीको आवश्यकता रहेको दिए । ट्रम्पले के भने ? राष्ट्रपति ट्रम्पले युक्रेनलाई युरोपको रक्षा को पहिलो रेखा भन्दै अमेरिका सुरक्षा ग्यारेन्टी प्रदान गर्न सामेल हुने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, अमेरिकी सेना परिचालनको सम्भावनाबारे प्रश्न उठ्दा उनले पछि विस्तृत छलफल हुने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पको आर्टिकल ५ शैलीको ग्यारेन्टीको संकेतलाई महत्त्वपूर्ण प्रगति भनेका छन् । राष्ट्रपति ट्रम्पले बन्द सत्रको बीचमा राष्ट्रपति पुटिनलाई फोन गरे । यद्यपि उक्त कुराकानीको विवरण गोप्य राखिएको छ। ट्रम्पले पत्रकारहरूसँग भने, 'मैले भर्खरै राष्ट्रपति पुटिनसँग अप्रत्यक्ष रूपमा कुरा गरें, र हामी आज यी बैठकहरू पछि फोनमा कुरा गर्नेछौं। यदि सबै कुरा ठीक भयो भने, हामी त्रिपक्षीय वार्ता गर्नेछौं।' फ्रान्सका राष्ट्रपति माक्रोंले यस्तो वार्तामा एक युरोपेली नेताको सहभागिता सुनिश्चित गर्न प्रस्ताव राखेका छन्, जसलाई जेलेन्स्कीले समर्थन गरेका छन् । जेलेन्स्कीले रातभर युक्रेनी सहरहरूमा भएको रुसी आक्रमणको निन्दा गरे, जसमा दुई बालबालिकासहित केही नागरिकहरूको मृत्यु भएको थियो। जेलेन्स्कीले क्रिमिया वा डोनेत्स्क र लुहान्स्कका भागहरू छोड्ने प्रस्तावलाई अस्वीकार गरे, र कुनै पनि शान्ति सम्झौताले रुसको आक्रमणलाई पुरस्कृत गर्नुहुन्न र सन् २०१४ मा क्रिमियाको कब्जासहित युद्धको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ट्रम्पको शान्ति सम्झौताप्रति जोड राष्ट्रपति ट्रम्पले तत्काल युद्धविरामको सट्टा व्यापक शान्ति सम्झौताको आवश्यकता रहेको बताए । युद्धविरामहरू अस्थिर हुने तर्क गर्दै भने, 'हामी दुई वर्षको शान्तिको कुरा गरिरहेका छैनौं,'। उनले जेलेन्स्की र पुटिन दुवैले युद्ध अन्त्य गर्न चाहेको बताए। रुसी प्रतिक्रिया र निरन्तर आक्रमण रुसको विदेश मन्त्रालयले युक्रेनमा नाटो सेनाको तैनाथीलाई अव्यावहारिक भन्दै खारेज गरेको छ । साथै बेलायतको पछिल्लो प्रतिक्रियालाई रुसले उत्तेजक बयान भनेर टिप्पणी गरेको छ । रुसी सेनाले खार्किभ, सुमी, ओडेसा, र जापोरिजियामा आक्रमण जारी राखेको छ । जसमा छ जना नागरिकको मृत्यु भएको र २० जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीचको यो बैठकले युक्रेनमा शान्तिको खोजीमा महत्त्वपूर्ण कदम चालेको छ। युरोपेली नेताहरूको उपस्थितिले अन्तर्राष्ट्रिय एकताको सन्देश दिएको छ। त्रिपक्षीय वार्ता र नाटो-शैलीको सुरक्षा ग्यारेन्टीको सम्भावनाले समाधानको बाटो देखाएको छ, तर रुसको निरन्तर आक्रमण र क्षेत्रीय रियायतहरूमा असहमतिहरूले चुनौतीहरू कायम छन्। (स्रोत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)
चीनमा इन्टरनेट र कृत्रिम वौद्धिकता प्रयोग गर्ने ह्वात्तै बढे
चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या २०२५ को जुन महिनासम्म आइपुग्दा १.१२ अर्ब नाघेको छ, जुन सँगै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पनि उल्लेखनीय बृद्धि देखिएको एक रिपोर्टमा उल्लेख गरिएको छ। चीन इन्टरनेट नेटवर्क सूचना केन्द्र (China Internet Network Information Center) द्वारा सोमबार सार्वजनिक गरिएको उक्त रिपोर्टअनुसार ती प्रयोगकर्तामध्ये १६ करोड १० लाख जना ६० वर्ष वा सोभन्दा माथिका उमेर समूहका छन् भने ३२ करोड २० लाख जना ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरू छन्। दुवै समूहमा निरन्तर बृद्धि भइरहेको देखिएको छ। रिपोर्टले २०२५ को पहिलो छ महिनामा जेनेरेटिभ एआई (Generative AI) उत्पादनहरूको तीव्र विकास भएको उल्लेख गरेको छ, जसका प्रयोगका सम्भावनाहरू पनि विस्तार हुँदै गएका छन्। मार्च महिनासम्म चीनको शीर्ष इन्टरनेट नियामक संस्था साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (Cyberspace Administration of China) मा ३४६ वटा जेनेरेटिभ एआई सेवाहरू दर्ता भइसकेका थिए, जसले विश्वभरबाट चिनीया एआई उत्पादनप्रति ध्यान तानेको छ। त्यस्ता सेवामध्ये एक उदाहरण हो DeepSeek, जुन सार्वजनिक भएको २० दिनभित्रै ३० मिलियनभन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ताहरूले विश्वभरबाट प्रयोग गर्न थालेका छन्। यो सेवा १४० देश र क्षेत्रमा एप्लीकेसन बजारमा छिटो फैलने जेनेरेटिभ एआई एपको रूपमा स्थापित भएको छ। रिपोर्टअनुसार जुन महिनासम्म ८०.९ प्रतिशत प्रयोगकर्ताहरूले जेनेरेटिभ एआई सेवाहरू प्रश्नहरूको उत्तर पाउन प्रयोग गरिरहेका छन्। साथै, सन् २०२४ मा चीनको एआई उद्योगको आकार ७०० अर्ब युआन नाघेको छ, र यस उद्योगले लगातार कैयौं वर्षदेखि २० प्रतिशतभन्दा माथिको वृद्धि दर कायम राखिरहेको छ। /www.chinadaily.com.cn/ बाट साभार
अमेरिकामा राष्ट्रपति चुनाव पेचिलो बन्दै, ट्रम्पद्वारा बहसमा जान अस्वीकार
न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिससँग एउटै फोरममा बहस गर्न रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्। मंगलबार फिलाडेल्फियामा भएको पहिलो बहसको २ दिनपछि आफ्नो जीत निश्चित देखेर ह्यारिसले बारम्बार अर्को बहसको चाहना राखेको दाबी गरे। ट्रम्पले यस्तो दाबी गरे पनि मङ्गलबारको सो बहसपछि धेरैले ह्यारिसले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। नर्थ क्यारोलीनामा भएको कार्यक्रमपछि ह्यारिसले भने मतदाताले नै अर्को एक पटक फेरि बहस चाहेकाले यो आवश्यक रहेको बताएकी छिन्। दुई महिनापछि हुने निर्वाचनमा दुई उम्मेदवारको तीव्र र कडा प्रतिस्पर्धा हुने धेरै सर्वेक्षणले देखाएका छन्। मङ्गलबारको बहसमा दुवैले सफलता पाएको दाबी गरेका छन्। सो बहसमा ह्यारिस आक्रामक भए पनि ट्रम्प रक्षात्मक भएका थिए। ट्रम्प उनका समर्थकले कार्यक्रम सञ्चालक नै पूर्वाग्रही भएर ह्यारिसको पक्षमा रहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब पहिलोमा कसैले हार्छ तत्काल उसको चाहना रिम्याचका लागि हुन्छ।’ ह्यारिसप्रति उनको पोस्ट साँच्चै आक्रामक थियो। थप लेखेका छन्, ‘सर्वेक्षणले देखाइ सकेको छ। कि मैले डेमोक्र्याटिक रेडिकल वामपन्थी उम्मेदवार कमरेड कमला ह्यारिसलाई जिती सकेको छु। यसै कारण उनले दोस्रो बहसको चाहना राखेकी हुन्।’ एरिजोनामा भएको पहिलो कार्यक्रमपछि ट्रम्पले सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै पहिलो बहसमा सबै विषयमा कुरा भइसकेका कारण दोस्रो बहस आवश्यक नभएको बताएका हुन्।
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणबारे अमेरिकाको कडा चेतावनी
एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौताका विषयमा अमेरिका कडा चेतावनी दिएको छ। अमेरिकाले इरानसँगको व्यापार सम्झौताका विषयमा पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’ बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने प्रतिक्रिया दिएको हो। पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको आपूर्तिकर्ताहरूविरुद्ध प्रतिबन्धलाई जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामी जहाँसुकै भए पनि आम विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्नेछौं।’ उनले अगाडि भनेका छन्, ‘मैले भन्ने यत्ति मात्र हो– कुनै पनि देशलाई प्रतिबन्धको सम्भावित जोखिमबारे होसियार रहन सल्लाह दिन्छु। तर अन्ततः पाकिस्तानी सरकारले आफ्नो विदेश नीति आफैँले बनाउन सक्छ।’

