जनतासँग माओवादी केन्द्रकाे मध्यपहाडी जनजागरण अभियान गाेरखा प्रवेश (फाेटाे)

जनतासँग माओवादी केन्द्रकाे मध्यपहाडी जनजागरण अभियान गाेरखा प्रवेश (फाेटाे)

गाेरखा । लम्जुङको बिदाइ संगै जनतासँग नेकपा (माओवादी केन्द्र) काे मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण
अभियान लम्जुङबाट गाेरखा प्रवेश गरेकाे छ ।

अभियनकाे टाेलीमा रहुन भएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपाध्यक्ष हरू, महासचिव, गोरखामा आत्मिय स्वागत गरिएकाे छ । 
फाेटाे

nullnullnullnullnullnull​​​​​​​

सडकबाटै सरकार हटाउनु पर्ने हुनसक्छ : प्रचण्ड (फोटोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा बिहिबार आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्नुभयो। उहाँले युवा स्वयंसेवकहरूसँगै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने र सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले वाइसिएल नेपालको यो अभियानलाई माओवादी केन्द्रको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र महत्वपूर्ण कदम भएको बताउनुभयो। “केन्द्रीय समितिको पहिलो बैठकमा मैले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक आधारसँग जोडिएको छ,” उहाँले भन्नुभयो। प्रचण्डले युवाहरूलाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। संसदमा प्रतिपक्षको हैसियतले सरकारको भ्रष्टाचार र असफलता उजागर गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “यदि सरकारले भ्रष्टाचारलाई निरन्तरता दियो भने हामी सडक आन्दोलनमार्फत सरकार हटाउन बाध्य हुनेछौँ।” कार्यक्रममा माओवादी केन्द्र र वाइसिएलका युवाहरूको उल्लेखनीय सहभागिता थियो। वाइसिएल नेपालले देशभर ५५ स्थानमा यो अभियान सञ्चालन गरेको जनाएको छ। प्रचण्डले युवाहरूलाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रपङ्क्तिमा उभिन प्रेरित गर्नुभयो।

मर्निङ वाक र स्थानीय परिकार ग्रहणसँगै समुदायसँग साक्षात्कार गर्दै प्रचण्ड

विराटनगर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोदेखि मोरङको जनभेटघाट अभियानमा रहनुभएको छ । उहाँ निरन्तर देशब्यापी जनघेटघाट अभियानमा रहनुभएको छ ।  अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरमा ‘मर्निङवाक’ गर्नुभएको छ । उहाँ देशब्यापीरुपमा विभिन्न जिल्लामा पुग्दा त्यहाँ मर्निङवाकमा सहभागी भएर जनघेटमा लाग्ने गर्नुभएको छ । सोही क्रममा उहाँले आज विराटनगरको देखि सम्म मर्निङ वाक गरेर स्थानीय राजवंशी समुदायको लोकप्रिय खाजा भक्का ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा आज भक्काको दैनिकी सुरु गरेको जानकारी दिंदै दिनभरिजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने बताउनुभएको छ ।  उहाँले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने, बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, भेटघाट गर्ने र १ बजे मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । स्मरणीय छ, अध्यक्ष प्रचण्डले गत भदौ २९ गते ग्रामथानको सभालाई सम्बोधन गरेर स्थानीय तह उपनिर्वाचनको प्रचार सुरु गर्नुभएको छ । यो पालिका अध्यक्ष यसपटक माओवादी केन्द्रले जितेको छ । यसअघि तेस्रो बनेको पालिकामा जीत हात पार्नुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा रहेको छ ।   

लोकप्रिय