इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना :  खोजी जारी

इरानमा राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना :  खोजी जारी

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ ।राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

“राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ । हेलिकोप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि थिए ।

“खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ ।

सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो ।

त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकोप्टर थिए । अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकोप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकोप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ ।

सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकोप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकोप्टर सकुशल अवतरण भएको’ बताएको छ ।

पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकोप्टरहरूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बताएका थिए। रासस/एएफपी

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनुभएको हो । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उहाँको भ्रमण ऐतिहासिक रहेको बताउनुभयो । सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’  नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।  उहाँले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनुभयो।  आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेर नेपाली विशेषतासहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उहाँले अब पनि नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले चिनियाँ स्वाधीनको सम्मान गर्दै नेपालले निरन्तर एक चीन नीतिलाई सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले पनि नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संवेदनशीलताका लागि धन्यवाद दिनुभयो ।  चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताउनुभयो । पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका उहाँले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताउनुभयो ।  चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताउनुभयो । चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुनसुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताउनुभयो । भेटवार्तामा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

चिनियाँ राजनीतिज्ञ छेन गाङ नेपाल भ्रमणमा

काठमाडौं । चिनियाँ राजनीतिज्ञ  छेन गाङ नेपाल भ्रमणमा आउनुभएको छ ।शनिबार मध्यान्ह उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए । गाङ  हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत हुनुहुन्छ । यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रहरीले सभामुखलाई गरायो रवि लामिछाने पक्राउको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभाका सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई लामिछाने पक्राउबारे जानकारी गराएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्धारा आज जारी गरेको सूचनामा उल्लेख छ ।  चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘संघीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने’ उल्लेख छ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । रासस

नाराबाजी छल्दै राति ३ बजे रवि लामिछानेलाई लगाइयो कास्की प्रहरीको जिम्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ ।  कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो ।  रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको हो । कार्यकताले धादिङ, धार्के नौविसे मुग्लिङ लगायतका विभिन्न ठाउँमा प्रर्दशन गरेका थिए । भने राति करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाउँदै गर्दा पनि पोखरामा उनका समर्थकले प्रर्दशन गरेका थिए ।

लोकप्रिय