नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सम्पन्न

नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सम्पन्न

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित चारदिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास बिहीबार सम्पन्न भएको छ। गत चैत्र २६ बाट शुरु भएको अभ्यास कार्यक्रम चैत्र २९ गते समापन भएको छ। खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७१ जिल्लावाट  छनौट भएका १६–२४ उमेरका २०० जना युवा कार्यक्रममा सहभागि थिए । 

null

नमुना संयुक्त राष्ट्रसंघको महासचिवको भुमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरिन। सानोठिमी भक्तपुर स्थित एसओएस वालग्राम हाताभित्र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विधिवत् समारोहकाबीच कार्यक्रमको उद्घाटन गरेका हुन्।  

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय कुटनीति र नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुग्ने बताए।कार्यक्रमको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने वताए। मन्त्री श्रेष्ठले युवा स्वरोजगार र सशक्तिकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए ।  

संयुक्त  राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताइन् ।   

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कुटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवालहरु, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले  कार्यक्रम आयोजना गरिएको वताए। चार दिने कार्यक्रममा सहभागी युवालाई विभिन्न छ वटा समितिमा विभाजन गरि अलग अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।  

संयुक्तराष्ट्र संघ अनर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका थिए ।  

समितिहरुमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेको परिषदका उपसचिव कर्ण कवरले जनाए। 

कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा।घनश्याम गुरुङ,  एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा।गंगावहादुर गुरुङ् , युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार निर्देश सिलवाल, परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेस घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र,  युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टराई लगायतले शुभकामना दिएका थिए।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय