सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

काठमाडौं । सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् । सन्दीप खेल्ने भएपछि प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको विज्ञप्ति मार्फत् सचिव खड्काले जानकारी गराएका छन् ।


‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रथान भइृ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो’, सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन्दीप मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी खड्काले गराएका छन् ।

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हरायो

एजेन्सी । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ। दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो ।  गएराति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।  प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा अहिले अमेरिका र वेस्ट इण्डिज प्रतिस्पर्धा गरिरहेका छन्। बेलुकी सवा ८ बजे भारत र बंगलादेश भिड्नेछन्। 

फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, आगामी दिनमा सुधार्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् ।  बिहीबार आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको भनाइ थियो।  उनले अमेरिका र वेस्ट इन्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए।राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको उनको भनाइ छ। फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। रोहितले भने, पहिलो गेममा पनि आत्मविश्वास थियो । तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ । उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए । 

नेपालको नतिजाविहीन विश्वकप : बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।  १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।  आजको खेलमा पराजितसँगै नेपाल ट्वान्टी–२० विश्वकपमा जितविहीन बन्यो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । 

पिएनजीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा

काठमाडौं । जारी आईसीसी टी २० विश्वकपमा पपुवा न्यु गिनीलाई सजिलै हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ।  शुक्रबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा पुगेको हो ।  अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय १  रन बनाउँदै लक्ष्य पार गरेको हो।  टस हरेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सकेको थियो । जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर आठमा  पुगेको छ । यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ । समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा रहेका छन् । 

लोकप्रिय