यस्ता छन् प्रधानमन्त्रीले सांसदहरूलाई दिएका १० प्रश्नका जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रतिनिधिसभाको बैठकमा विभिन्न सांसदहरूले सोधेका प्रश्नको जवाफदिएका छन् ।हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष सवाल-जवाफ गर्ने संसदीय अभ्यास सुरुवात गरिएको छ ।
प्रधानमन्त्रीले आजको सवाल-जवाफका क्रममा नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताए ।त्यस्तै, उनले आफ्नो भारत भ्रमणबारे पनि सांसदहरूलाई जवाफ दिएका छन् । राजदूत फिर्ता प्रकरणमा पनि उनले सांसदहरूलाई जवाफ दिए ।साथै प्रधानमन्त्रीले राष्ट्रपतीको विदेस भ्रमणबारे पनि प्रधानमन्त्रीले सदनलाई जानकारी दिए।
सवाल-जवाफ
प्रश्न नं. १
प्रश्नकर्ता सांसद तेजुलाल चौधरी
प्रश्नको व्यहोरा
थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुइमत हुन सक्दैन । तसर्थ यसै सन्दर्भमा टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किन? फरार व्यक्तिहरूलाई कहिलेसम्म उन्मुक्ति दिनुहुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
मेरो अर्को प्रश्न रहेको छ । प्रतिनिधि सभामा सबै २७५ जना सांसदको भूमिका र अधिकार समान छ भनिन्छ तर नेपाल सरकारले नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको छ । यसले संघीयता र गणतन्त्रलाई कमजोर पार्छ कि पार्दैन ? निर्वाचन क्षेत्र पिच्छे किन यस्तो विभेदकारी दुर्व्यवहार गरिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
मेरो तेस्रो प्रश्न छ । मधेशको साक्षरता कम हुनुको एउटा कारण जातीय विभेद हो । तराई मधेश यातायात, बिजुली लगायत सुविधाका हिसाबले पहाडभन्दा सुगम छन् । टोल-टोलमै विद्यालय पनि खुलेका छन् तर पनि मधेशको साक्षरता प्रतिशत कम छ । विशेष गरी मधेशको शैक्षिक गुणस्तर सुधार गरी त्यहाँको मुहार फेर्न सरकारले किन प्रभावकारी र दिगो सुधारको योजना ल्याउन नसकेको हो? सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो ।
प्रश्न नं. १ को जवाफ
१. थारुलगायत आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर छ। सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको विषयमा सम्मानित सदन र माननीय सांसदज्यूहरु अवगत नै हुनुहुन्छ।
टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ। जहाँसम्म कैद माफि मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।
२. सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रकृयामा सबै जनप्रतिनिधिको अहम भूमिका रहनेमा दुइमत छैन। सरकारको नीति कार्यक्रम र वार्षिक बजेट निर्माण प्रक्रियाको परम्परागत अभ्यासमा परिवर्तन गर्न मैले यही रोष्टममार्फत घोषणा गरेको अवगत नै छ । सोही बमोजिम सम्वद्ध कानूनमा समेत आवश्यक संशोधन गरी कार्य अगाडि बढाइएको थियो । यद्यपि संघीय संसदमा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कार्यवाही नियमितरुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरेबमोजिम रुपान्तरण हुन सकेन । तर सरकारले नीति तथा कार्यक्रममा उल्लेखित विषयहरुलाई सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको छ । बजेट विनियोजन गर्दा बहुबर्षीय स्रोत सहमति दिइएका आयोजना, आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजना, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने आयोजना, क्रमागत रूपमा रहेका आयोजना तथा अनिवार्य दायित्व अन्तर्गत खर्च हुने कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य रूपमा बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ। संघीयता र गणतन्त्रको रक्षा एवं संविधानले निर्दिष्ट गरेको मार्गचित्र बमोजिम सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र समन्यायिक विकास, सुशासन एवं समृद्धिलाई मुख्य आधार लिएर बजेट तर्जुमा गरिएको विषय बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट प्रष्ट हुन्छ।
३. शैक्षिक सूचकांकमा पछाडि परेको मधेस प्रदेशमा शैक्षिक गुणस्तर सुधारका लागि सरकार गम्भीर छ । शिक्षातर्फ वित्तीय हस्तान्तरणमार्फत मधेश प्रदेशका स्थानीय तहमा २० अर्ब ४४ करोड बजेट व्यवस्था गरिएको छ । जुन शिक्षा तर्फ स्थानीय तहमा दिइएको सशर्त अनुदानको १५ प्रतिशत हो। त्यसैगरी विद्यालय भवन निर्माणका लागि वित्तिय हस्तान्तरण तर्फको २ अर्ब ५३ करोडमध्ये १ अर्ब २ करोड रकम मधेशका स्थानीय तहहरूका लागि छुट्टयाइएको छ। यसका अतिरिक्त आगामी आर्थिक वर्षको बजेटमा साक्षर भैसकेका स्थानीय तहका लागि आजीवन सिकाइ कार्यक्रम अन्तर्गत स्थानीय तहका लागि २ लाख, साक्षर घोषणा नभएका गाउँपालिकाका लागि ३ लाख र नगरपालिकाका लागि ४ लाखका दरले वित्तीय हस्तान्तरण गर्ने प्रबन्ध गरिएको छ। सरकारले मधेश मात्रै नभएर देशैभरी गम्भीरतासाथ शिक्षा क्षेत्रमा रुपान्तरणको लक्ष्य लिएको छ । जातीय, लैगिक लगायतका विभेदका कारण उपेक्षित तथा उत्पीडित समुदायको शिक्षामा पहुँच कायम गर्न छात्रवृति, दिवाखाजा लगायतका कतिपय विशेष कार्यक्रम कार्यान्वयनमा रहेका र आगामी आर्थिक वर्षको बजेटमा थप कार्यक्रम समेत तर्जुमा गरिएका छन्। शैक्षिक वातावरण सुधारका लागि समुदाय, राजनीतिक दल, नागरिक समाजको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसतर्फ माननीयज्यूहरुको प्रभावकारी भूमिकाको समेत मैले अपेक्षा लिएको छु ।
प्रश्न नं. २
प्रश्नकर्ता दामोदर पौडेल बैरागी
प्रश्नको व्यहोरा
पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा १ हरिचोकदेखि पोखरा २५ सम्मको सडक चक्लाउने कार्य ठेकेदारले भुक्तानी नपाएकाले निर्माण कार्य पटक पटक अवरूद्ध भएको छ, त्यसको भुक्तानी के हुँदैछ र निर्माण कार्य कहिले सकिन्छ?
हामी कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूले सम्मानीय प्रधानमन्त्रीलाई भेटेर पोखराबाट कास्कीका अन्नपूर्ण गाउँपालिका र माछापुछ्रे गाउँपालिकाका विभिन्न ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र पर्यटकीय ठाउँहरू समेटेर माछापुछ्रे आधारशिविर पुग्ने भौतिक पूर्वाधार निर्माणका लागि योजना प्रस्ताव गरेका थियौँ तर बजेटमा समेटेको देखिएन यसबारे ठोस योजना के छ ?
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा विभिन्न देशबाट उडान हुन्छ भन्ने समाचार बेलाबेला आइरहन्छन् तर हालसम्म सरकारको ठोस र आधिकारिक धारणा आएको छैन किन? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने अन्तर्राष्ट्रिय उडान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न सक्छौँ कि सक्दैनौँ ?
प्रश्न नं. २ को जवाफ
१. पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त सडक खण्डको केही ठाउँमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको हो । निर्माण व्यवसायीलाई भुक्तानीको समस्या रहेको छैन । ठेक्का अवधि अझै १ वर्ष बाँकी रहेकोले समयभित्रै उक्त सडक खण्डको निर्माण कार्य सम्पन्न हुने अपेक्षा लिइएको छ।
क) कास्कीका अन्नपूर्ण गाउँपालिका र माछापुछ्रे गाउँपालिकाका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक स्थलहरुको ठूलो पर्यटकीय महत्व रहेको छ । यी क्षेत्र समेटेर माछापुछ्रे आधारशिविर पुग्ने भौतिक पूर्वाधार निर्माणका लागि भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी गराउँदछु । यो विषयलाई उक्त क्षेत्रका माननीयज्यूहरुसँग थप छलफल गरी अगाडि बढाइने विश्वास व्यक्त गर्न चाहन्छु।
ख) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताकासाथ कार्य भइरहेको छ। अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरु तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरु दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको र समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ।
प्रश्न नं. ३
प्रश्नकर्ता दयाल बहादुर शाही
प्रश्नको व्यहोरा
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका ९ जिल्लामा २०७९ साल असोज १६ गतेदेखि २३ गतेसम्म परेको अविरल वर्षाका कारण करिब ९ हजार घरधुरी प्रभावित भएका थिए । ठूलो धनजनको क्षति भएको थियो । उनीहरूको दैनिकी अहिले पनि निकै कष्टकर छ । त्यहाँका पीडित स्थानीयबासीले अहिलेसम्म न क्षतिपूर्ति न राहत केही पाएका छैनन् ।
२०७९ सालमा भएको संघ तथा प्रदेश तहको निर्वाचन एवं डोटी र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पीडितलार्इ दिने क्षतिपूर्ति र राहतको विषय ओझेलमा परेको छ । बाढीपहिरो पीडित बाजुरा, बझाङ, अछाम, दार्चुला, हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पाका जनताको पीडाप्रति सरकारको ध्यान गएको छैन । यति ठूलो विपदाबारे गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण उदासिन छ ।
आज यस सम्मानित सदनमा सम्माननीय समाभुममार्फत् प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु – सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका ९ जिल्लाका बाढीपहिरो पीडितले कहिले राहत पाउँछन् ? प्रधानमन्त्रीज्यूले ती पीडितलाई राज्यको उपस्थिति र लोककल्याणकारी राज्यको प्रत्याभूति दिलाउने के योजना बनाउनुभएको छ ?
प्रश्न नं. ३ को जवाफ
सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा गएको बाढीपहिरोबाट प्रभावित ३ हजार ३ सय १३ परिवारको आवास निर्माणका लागि आवश्यक ८८ करोड ८२ हजार ५ सय थप निकासा गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो रकम यथाशीघ्र सम्बन्धित जिल्ला र लाभग्राहीको खातामा पठाउने प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु ।
जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ८५ हजार ६९० अस्थायी आवासका लाभग्राही पहिचान भई अस्थायी आवास व्यवस्थापनका लागि आवश्यक ४ अर्ब २८ करोड ४५ लाख रूपैंयामध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३ अर्ब १६ करोड रूपैंया जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा निकासा भइसकेको छ । बाँकी रहेको १ अर्ब १२ करोड ४५ लाख रकम निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
यसैगरी डोटी केन्द्रबिन्दु भई गएको भूकम्पबाट १५ हजार ६ सय लाभग्राही पहिचान भई अस्थायी आवास व्यवस्थापनका लागि आवश्यक पर्ने ७८ करोड निकासाका लागि समेत प्रक्रिया अघि बढिसकेको छ।
प्रश्न नं. ४
प्रश्नकर्ता दिक्पाल कुमार शाही
प्रश्नको व्यहोरा
मिति २०८० जेठ ३१ गतेका दिन दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १२ दहमा दाहाल, लम्साल र रूपाखेती कुल शिरोमणि ‘दासु’ को शालिक अनावरण कार्यक्रमको आमसभामा भावकु हुँदै सम्बोधन गर्दा पञ्चकोशी क्षेत्र मेरा पूर्वजको पनि बासस्थान हो र यस धार्मिक क्षेत्रको विकास गर्नु मेरो पनि कर्तव्य हो । यसको विकासको लागि म बजेटको व्यवस्था गर्छु भन्नुभएको थियो ? यस वर्षको वार्षिक विकास कार्यक्रममा त्यस्तो उल्लेख्य बजेट किन देखिएन ? आफैँले बोलेको पञ्चकोशी धार्मिक क्षेत्रको विकासका लागि के गर्दै हुनुहुन्छ ?
साथै कर्णाली सभ्यताको रूपमा रहेको खस राज्यको सिजनल राजधानी दुल्लुमा रहेको ऐतिहासिक दुल्लु दरबार प्रधानमनत्रीज्यूकै नेतृत्वमा रहेको नेकपा माओवादी पार्टीले २०५९ वैशाख ८ गते बमद्धारा ध्वस्त बनाइएको थियो । सो दरबार पुनर्निर्माण गर्न सरकारले के गर्दैछ ?
प्रश्न नं. ४ को जवाफ
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेको दैलेखको पञ्चकोशी धार्मिक क्षेत्रको समग्र पर्यटकीय विकासका लागि सरकार गम्भीर रहेको छ। दैलेख पादुकास्थानको अन्वेषण एवं उत्खनन् कार्यका लागि पुरातत्व विभागबाट आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । पुरातत्व विभागले अध्ययन, अनुसन्धान र संरक्षणका कार्यहरु गर्नुका साथै पञ्चकोशी अन्तर्गत श्रीस्थान, पादुकास्थान, नाभीस्थान, तल्लो ढुङ्गेश्वरजस्ता ठाउँहरुमा संरक्षणका कार्यहरु भइरहेका छन् । पर्यटन क्षेत्रको विकासलाई प्राथमिकताका साथ देशैभरीका पर्यटकीय स्थलहरुको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्द्धन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकताको साथ कार्यान्वयनमा ल्याइनेछ ।
दैलेखस्थित दुल्लु दरवारको संरक्षणका लागि पुरातत्व विभागमार्फत विगतका वर्षहरुमा समेत विभिन्न कार्य हुँदै आएको छ ।उक्त दरवार निजी स्वामित्वमा भएकोले सम्बद्ध पक्षसँग संवाद गरी दरबार पुनर्निर्माण गर्न स्थानीय तहमार्फत समन्वय भइरहेको छ।
प्रश्न नं. ५
प्रश्नकर्ताः जुलीकुमारी महतो (महासेठ)
प्रश्नको व्यहोरा
धनुषा जिल्लाको मुखियापट्टी मुसरहरनिया गाउँपालिका वडा नं. ६ थलिघाट जमुनी नदिको नेपाली भूभागमा पुल निर्माण गर्न अति नै आवश्यक भएको र यसमा प्रक्रिया शुरू समेत भैसकेको र यस बारेमा भारत सरकारसँग सहजीकरणो लागि कुटनीतिक पहल समेत भइसकेको सन्दर्भमा उक्त पुल निर्माण कार्यमा किन ढिलाइ भइरहेको छ, सम्माननीय प्रधानमनत्रीज्यबाट उक्त पुलको यथाशीघ्र निर्माण गराउने निर्देशन हुन अनुरोध गर्दछु । साथै नगराइन नगरपालिकाको जटही भन्सारनिर ६ लेन बाटो निर्माण भएकोमा सो सडक अनुरूपको क्षमता भएको पुल निर्माण सम्बन्धमा समेत प्रक्रिया सुरू समेत भइसकेको यस बारेमा भारत सरकारसँग सहजीकरणको लागि कुटनितिक पहल समेत भइसकेको सन्दर्भमा उक्त पुल निर्माण कार्यमा किन ढिलाइ भइरहेको छ सम्माननीय प्रधानमन्त्रीज्यूबाट यसमा चित्तबुझ्दो उत्तरको अपेक्षा गरेकी छु।
नेपाललाई आकर्षण भ्रमण गन्तव्यको रूपमा विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने सरकारको योजना अनुरूप सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) मा १६ लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्छी योजना लिएको छ । यो लक्ष्य प्राप्तिमा मिथिला संस्कृतिको खुला पुस्तकालयको रूपमा रहेको जनकपुर क्षेत्रको धेरै योगदान रहने कुरा निर्विवाद छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको कार्यकालमा मित्रराष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले जनकपुर भ्रमणको कममा जनकपुरको पर्यटन क्षेत्रको विकासको लागि १०० करोड भारू सहयोग दिने कुरा बताउनुभएको सन्दर्भमा सो सहयोग लिने सम्बन्धमा के भइरहेको छ जानकारी पाउनको लागि अनुरोध गर्दछु।
देशका धेरै भागहरू र जनकपुरमा गुठी जग्गा व्यवस्थापन, छुट जग्गा दर्ता व्यवस्थापन, नदी उकासका जग्गा व्यवस्थापन नहुँदा जनताले समस्या भोगिरहनुपरेको छ । तैनाथी गुठी जग्गाहरूको व्यवस्थापन गुठी प्रणालीबाट सञ्चालित मन्दिरहरूको व्यवस्थापन र गुठी जग्गाहरूको अनधिकृत प्रयोग रोक्न र त्यसलाई व्यवस्थापन गर्न तत्काल कदम चाल्नु आवश्यक छ । यस्तै समस्या धनुषा जिल्ला र अन्य जिल्लाहरूमा समेत रहेको छ । यसमा सरकारको सोच के रहेको छ सम्मानीय प्रधानमन्त्रीज्यूबाट जानकारी पाउनको लागि अनुरोध गर्दछु ।
प्रश्न नं. ५ को जवाफ
धनुषा जिल्लाको मुखियापट्टी मुसरहरनिया गाउँपालिका वडा नं. ६ अलिघाट जमुनी नदिको नेपाली भूभागमा पुल निर्माण गर्ने सम्बन्धमा सन्दर्भमा माननीयज्यूबाट व्यक्त जिज्ञासाका सन्दर्भमा थलियाघाट पुलको २ वटा एबुटमेन्ट बनिसकेको भएपनि मोटरेबल पुल निर्माणको सहमतिको लागि पुलको समन्वयसहित सुपरस्ट्रक्चर बनाउन भारतीय पक्षसँग कुटनीतिक पहल जारी रहेको छ।
यसैगरी जटही भन्सार छेउको पुलको सम्पूर्ण भाग नेपाली भूभागमा रहेपनि पहुँच सडक भारतमा परेका कारण दुईवटा एबुटमेन्ट निर्माण भई पुलको कोअर्डिनेट, ड्रविङ, फाउन्डेशन/एबुटमेन्टसहित सुपरस्ट्रकचर बनाउन भारतसँग कुटनीतिक पहल भैरहेको छ।
जमुनी खोलामा अकरघाट -नेपाल र साहरघाट- भारत, जटही-नेपाल र पिपरौन- भारत तथा थलही घाटमा गरी ३ स्थानमा पुल निर्माण कार्यमा सहजीकरणको लागि पुल निर्माण कार्यमा सहजीकरणको लागि भारतीय पक्षसँग कुटनीतिक पहल गरिएको छ।
नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्वीपक्षीय सहमति कार्यान्वयनका लागि सरकारले गम्भीरतासाथ कार्य अघि बढाएको छ । रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ । जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइ सरोकारवाला निकायहरुको समन्वयमा कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
देशका विभिन्न भागमा रहेका गुठी जग्गा लगायत सबै प्रकारका जग्गा सम्बन्धी समस्याहरु सम्बोधन गर्न सरकार सम्बेदनशील रहेको छ। विशेषतः मौजुदा कानूनी प्रावधानबाट समाधान हुन नसकेका गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न एवम् गुठी सम्बन्धी विद्यमान व्यवस्था, प्रथा, परम्परा र गुठी संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि मौजुदा कानूनमा आवश्यक परिमार्जनको खाका सहित यही असार १५ गतेभित्र नयाँ गुठीसम्बन्धी कानूनको मस्यौदा तयार गर्न कार्यदल गठन भई मस्यौदा तयारी कार्य अघि बढेको छ । मस्यौदा प्राप्त भएपश्चात सम्बद्ध सरोकारवालाहरुसंग समेत छलफल गरी विधेयकलाई अन्तिम रुप दिइने र सम्मानित सदनमा पेश गरिने जानकारी गराउन चाहन्छु ।
प्रश्न नं. ६
प्रश्नकर्ताः ठाकुरप्रसाद गैरे
प्रश्नको व्यहोरा
१. प्रधानमन्त्रीज्यू यहाँले संविधानको मर्म र भावनाअनुरूप संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारले कुनै पनि योजना रू.३ करोडभन्दा कम बजेट योजनामा विनियोजन नगर्ने घोषणा गर्नुभएको थियो । तर बजेटमा सहरी विकास मन्त्रालयलगायत विभिन्न मन्त्रालयहरूले हजारौँ योजनाहरू ५ लाख, २ लाख, १ लाखका र केही योजनाहरू हजारमा समेत विनियोजन गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू यसरी बजेट विनियोजन गर्दा तपाइँको घोषणाकत्र उपहास भएन र ? यस्तो काम गर्ने मन्त्रीज्यूहरूलाई पुरस्कृत गर्नुहुन्छ वा के ? सम्माननीय प्रधानमन्त्रीज्यू अब तपार्इँ प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ? अथवा सच्याउन निर्देशन दिनुहुन्छ ? जान्न चाहन्छु ।
२. सम्माननीय प्रधानमन्त्रीज्यू बजेट वक्तव्यमा उल्लेख भएको भरतपुर-बुटवल-पोखरा (मुग्लिन) भरतपुरलाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजनामध्येको एक महत्त्वपूर्ण सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा खण्ड) आ.व. २०८१/८२ को सुरूको ६ महिनाभित्रै छोटाछोटा सुरूङ मार्ग, घुम्ती घटाउने अग्ला पुल (भायडक्ट प्रविधि) सहित डेडिकेटेड डबल लेन सडक स्तरोन्नतिका लागि कार्य आरम्भ गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन अब कुनै कठिनाइ छ र? जान्न चाहन्छु ।
३. सम्माननीय प्रधानमन्त्रीज्यू आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आम जनताले चाहेजस्तो विकास योजना र बजेट लैजान मन्त्री नै बन्नुपर्ने हो? म यहाँलाई प्रश्न गर्न चाहन्छु कि हामी जस्ता सांसदहरूलाई आफ्नो क्षेत्रमा योजना लैजाने गरी तपाईको कार्यकालमा कहिलेसम्म मन्त्री बनाउने योजना बनाउनुभएको छ ? जान्न चाहन्छु ।
प्रश्न नं. ६ को जवाफ
१. सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरूबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने बिषयमा सरकार दृढ रहेको विश्वास दिलाउँछु।यद्यपी बित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजनाहरू सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम देखिए पनि यस प्रकारका आयोजनाहरु प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।
२. एकीकृत विकासको अवधारणा अनुरूप नीजि क्षेत्र समेतको सहकार्यमा भरतपुर-बुटवल-पोखरा (मुग्लिन) भरतपुरलाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको नमूना परियोजना बजेटमार्फत प्रस्तुत गरिएको छ। यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा साबित हुने छ। यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसरहरू सिर्जना हुने लक्ष्य लिइएको छ। परियोजनको कार्यान्वयन कार्ययोजना तयार भइरहेको र आगामी आर्थिक वर्षको शुरूबाटै कार्यान्वयन गर्ने गरी निर्देशन समेत दिइसकेको जानकारी गराउन चाहन्छु।
३. बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप अर्थ मन्त्रालय र बिषयगत मन्त्रालहरूबाट हुने गर्दछ। जनताका माग सम्वोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने विश्वास दिलाउन चाहन्छु।
प्रश्न नं. ७
प्रश्नकर्ताः टेकबहादुर गुरूङ
प्रश्नको व्यहोरा
१. पर्यटकीय तथा जलश्रोत सम्पन्न हिमाली जिल्ला मनाङमा लमजुङ जिल्लाको बेशीसहरदेखि मनाङको चामे सम्म जोड्ने ६५ कि.मी. सडकको ट्याक खोल्ने कार्य सम्पन्न गर्न नेपाली सेनालाई १५ वर्ष लाग्यो । उक्त बेसिशहर-चामे मोटरबाटो नेपाली सेनाद्धारा ट्रयाक खोल्ने कार्य सम्पन्न भई मिति २०६९ साल मंसिर ७ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा आयो र सडक विभागलाई हस्तान्तरण गरेको पनि १२ वर्ष पूरा भइसक्दा पनि हालसम्म ८ कि.मी. सडक मात्र कालोपत्रे भएको छ र बाँकी ५७ कि.मी. सडक हालसम्म कालोपत्रको त कुरै छोडौँ ग्रावलिङ सम्म हुन सकेको छ । राजधानीबाट सबैभन्दा नजिकको दूरीमा पर्ने पर्यटकीय हिमाली जिल्ला मनाङ हो । बाहिरी एवं आन्तरिक पर्यटकहरू धेरै आवागमन गर्ने जिल्लाहरूमा पनि मनाङ अग्स्थानमै पर्छ । मनाङका जनता बाहिरी एवं आन्तरिक पर्यटकले कहिलेसम्म जोखिमपूर्ण यात्रा व्यहोर्नुपर्ने हो? मनाङबासीले पक्की पिच सडकमा यात्रा गर्न कति वर्ष कुर्नुपर्ने हो ? आगामी योजना के छ ? ठक कति वर्षभित्र वेशीसहर -चामे सडक ग्राभल भई कालोपत्र पिच कत्र कार्य सम्पन्न हुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ पाउँ ।
२. मिति २०७८ साल जेठ ३१ र असार १२ गते आएको अविरल एवं भीषण वर्षाको कारणले मनाङ जिल्लाको सदरमुकाम चामेस्थित विभिन्न सरकारी कार्यालय, विद्यालय, पर्यटन व्यवसायीहरूका होटल तथा व्यापार व्यवसायहरू, नासो गाउँपालिकाका सम्पूर्ण घरहरू, होटल तथा व्यापार व्यवसायहरू, मनाङ जिल्लाको प्रवेशद्धार भनिने सुन्दर ताल बजार नै डुबानमा परेको ? साथै जील्ला भरिका सडक, झोलुङ्गे पुल, बाढी पहिरोल् क्षदविच्छेद गरी अरबौँको क्षति पुर्याएको साथै तत्कालीन समयमा पूर्व प्रधानमन्त्रीको हैसियतले स्वयम सम्माननिय प्रधानमन्त्रीज्यू, पूर्वमन्त्री देव गुरूङ, तत्कालीन ऊर्जा, जलश्रोत एवं सिँचाइ मन्त्री पम्फा भुसाल, म लगायत कर्मचारीहरूको टिमले स्थलगत अवलोकन गरी तत्कालीन सरकारले समेत मनाङ जिल्लालाई क्षतिग्रस्त जिल्ला घोषणा गरेको थियो । तर हालसम्म पनि कार्यान्वयनमा ढिलाई भएकै कारणले मनाङ जिल्लाका जनताले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूकत्र धारणा के छ? जवाफ पाउँ ।
प्रश्न नं. ७ को जवाफ
१. बेँशीसहर-चामे सडकको खुदिसम्म जम्मा ८ किलोमिटर कालोपत्रे भए पनि सोभन्दा अगाडि अन्नपूर्ण संरक्षण क्षेत्र परेकोले तुरून्तै कालोपत्रे गर्ने ठेक्का लगाउन सकिएको छैन ।
हाल वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट सहमति प्राप्त भइसकेको र वन तथा वातावरण मन्त्रालयबाट अन्तिम सहमति प्राप्त भएपछि एक वर्षभित्र एआईए सम्पन्न गर्ने र त्यसको ५ वर्षभित्र कालोपत्रे हुने अवस्था रहेको छ ।
२. वि. सं. २०७८ सालको बाढी पहिरोको कारणले मनाङ जिल्लाका ८३ जना लाभग्राहीका लागि अस्थायी आवास र निजी आवास निर्माणका लागि रु. १ करोड ८३ लाख ९० हजार निकासा गरिसकिएको । साथै तटबन्धको काम उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको वार्षिक विकास कार्यक्रममार्फत् कार्यान्वयन हुने व्यहोरा माननीयज्यूलाई जानकारी गराउन चाहन्छु ।
प्रश्न नं. ८
प्रश्नकर्ताः तारा लामा तामाङ
प्रश्नको व्यहोरा
१. तत्कालिन सरकारले २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तार गर्ने क्रममा सयौँ परिवार घरवार विहिन भएका छन्। पीडित भएकाहरुले २२ वर्ष वितिसक्दा समेत उचित क्षतिपूर्ति र सट्टा भर्ना पाउन सकेका छैनन्। अहिलेसम्म सरकारले ३२ वटा आयोग बनाईसक्दा पनि समस्या समाधान नभएकोले अत्यन्त नाजुक अवस्थामा ढक्का शिविर लगायत कञ्चनपुरको अन्य क्षेत्रका शिविरहरुमा आशैआशमा बसेका पिडीतहरुको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर सयौँ पीडितलाई कहिले न्याय दिन्छ?
२. सरकारले यो भन्दा पहिलेकै सरकारले जस्तै गरी भर्खरै ११ मुलुकबाट राजदूतहरु फिर्ता बोलाएको छ। हरेक पटक नयाँ सरकार बन्ने अनि राजदूतहरु फिर्ता बोलाउने परिपाटीले अन्तराष्ट्रिय जगतमा मुलुकको कुटनीतिक पक्ष कमजोर भएको छ। अहिलेसम्म ५०% करियर डिप्लोम्याट र ५० प्रतिशत राजनीतिक नियुक्तिबाट राजदूत जाने गरेका छन्। आगामि दिनहरुमा सरकारले राजदूत नियुक्त गर्दा राष्ट्रिय सहमति बनाएर कार्यसम्पादनको आधारमा कम्तीमा चार बर्ष राख्ने व्यवस्था गर्दा राम्रो हुन्थ्यो। यसमा सरकारको के योजना छ?
३. कञ्चनपुरको चुरेदेखि भारतको दुधुवा नेशनल पार्कसम्म जोडिएको ४३ किलोमिटर लामो दोदा नदीको बाढीका कारण हरेक वर्ष यो किनाराका हजारौँ विगाहा खेतीयोग्य जमिन र दर्जनौँ गाउँ डुवान, कटान भई करोडौँको धनजनको क्षति हुने र बस्ती विस्थापित हुनुपरेको छ। यो समस्यालाई समाधान गर्न वृहत गुरुयोजना बनाई अधिकांश रानाथारु आदिवासी जनजाती र अन्य समुदाय रहेको सो क्षेत्रको समस्या समाधानको लागि नेपाल सरकारले के सोचिरहेको छ?
४. कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडकको पचुई क्षेत्रमा निर्माणको क्रममा भारतीय सुरक्षाकर्मीले सीमा विवाद देखाई निर्माण कार्यमा अवरोध गरेकोले नेपाली भू-भागमा बनिरहेको सो सडक निर्माण अगाडि बढाउन र सीमा विवादलाई कुटनीतिक पहल गरी समाधान गर्ने योजना कहिलेसम्म छ?
प्रश्न नं. ८ को जवाफ
१. शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर छ । विषयको संवेदनशीलतालाई आत्मसात गर्दै प्रभावित जनताका समस्यालाई स्थायीरुपमा हल गर्ने उद्देश्यले मन्त्रिपरिषद्को मिति २०८०-फागनु-०६ गते बसेको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा अधिकार सम्पन्न न्यायिक समिति गठन गर्ने निर्णय भएपनि कारणवश समितिको नेतृत्व चयन हुन नसकेकोले पुन नयाँ समिति गठनको प्रक्रिया अघि बढेको जानकारी गराउन चाहन्छु । अधिकारसम्पन्न न्यायिक समिति गठन भएसँगै यसअघिका आयोगका सुझावहरुलाई समेत समेटी पीडित जनताका समस्या स्थायीरुपमा समाधान गर्न सरकार कटिवद्ध रहेको छ।
२. नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिवद्ध छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ८(ग) बमोजिम नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पुरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ। देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोही अनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको छ । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई मुल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत रहनेछ।
३. कञ्चनपुरको चुरेदेखि भारतको दुधुवा नेशनल पार्कसम्म जोडिएको ४३ किलोमिटर लामो दोदा नदीका कारण स्थानीय जनताले भोग्दै आएको समस्याका बारेमा म जानकार छु । दोदा नदी नियन्त्रणका लागि बिभिन्न समयमा प्रयास भएपनि नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले सरकारले संयुक्त राष्ट्रसंघको परियोजना सेवामार्फत् जलवायु परिवर्तनसँग यसलाई अन्तर्सम्बन्धित गरी प्रतिवेदन तयार भएको छ । यो आयोजना ( १०४.८६ मिलियन अमेरिकी डलर लगानी प्रस्तावित) जलवायु परिवर्तनको कारणले सिर्जित समस्या समाधानको उपयुक्त मोडेल हुनसक्ने भएकोले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ग्रीन क्लाइमेट फन्डमार्फत् यसलाई कार्यान्वयन ल्याउन प्रक्रिया अघि बढाइसकेको छ । प्रतिवेदनका आधारमा बाढी नियन्त्रणका संरचनाहरू बनाउने, नदी वरिपरिका फाँटहरूमा व्यवस्थित र भरपर्दो सिँचाइ सुबिधा पुर्याउने, स्थानीय समुदायलाई सशक्तीकरण गर्ने जस्ता आयोजनाका कार्य सुरू हुने र यसबाट वर्षौँदेखि जनताले दोदा नदीबाट भोगिरहेको समस्या अन्त्य हुने विश्वास लिइएको छ।
यसका साथै हाल तत्कालका लागि आपतकालीन विपद सूचना प्रवाह तथा विपद् प्रभाव न्यूनिकरणका लागि दोदा नदिसँग जोडिएका शुक्लाफाँटा नगरपालिकाका ३ वटा, लालझाडी नगरपालिकाका ४ वटा र पुनर्वास नगरपालिकाको १ स्थानमा गरी जम्मा ८ वटा स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको छ भने विपद् प्रतिकार्य तथा अन्य कार्यका लागि बजेट सुनिश्चित गरिएको छ।
४. हुलाकी राजमार्ग अन्तर्गत डोकेबजार-वेलौरी-बेल्डी-दैजी सडक खण्डको बेलौरी नगरपालिका वडा नं. ८ कालोपुल खार्पतखोला देखि इँटाभट्टा मोड पर्चुईसम्मको १४०० मिटर लम्बार्इमा सडक निर्माण कार्य अन्तर्गत विगतमा विवादरहित रुपमा निर्माण कार्य संचालन भई ग्राभेल गर्ने सम्मको कार्य सम्पन्न भइसकेको र उक्त स्थानमा थप निर्माण कार्य संचालन गर्न सहयोग तथ सहजीकरणको लागि भारतीय पक्षसँग कुटनीतिक पहल गरिएको छ।
प्रश्न नं. ९
प्रश्नकर्ताः जीवन परियार
प्रश्नको व्यहोरा
१. कास्की, रूपन्देही, चितवन, काठमाण्डौँ उपत्यका लगायत देशैभरका लाखौँ सहकारी बचतकर्ताको अरबौँ रकम सहकारीका सञ्चालक, व्यवस्थापक, सहकारीबाट कर्जा लिई समयमा सावा तथा व्याज नबुझाएका ऋणी, गैरकानूनी रूपमा सहकारीको रकम लगेका निजी कम्पनीलगायत सरोकारवाला अन्य व्यक्ति जसले उक्त रकमको हिनामिना, दुरूपयोग, अपचलन र ठगी गरेका छन् ती व्यक्तिबाट ठगिएको रकम असुलउपर गरी ती लाखौँ पीडित सहकारीका बचतकर्ताले कहिलेसम्म रकम फिर्ता पाउँछन् ? सरकारले उक्त कार्य कहाँसमम पुर्याएको छ? साथै ती ठगी कार्यमा संलग्न संस्था, कम्पनी र व्यक्तिहरूलाई कानूनी कारबाही गर्न तपाईंको प्रतिवद्धता के हो ? सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट जवाफ चाहन्छु ।
२. सम्माननीय प्रधानमन्त्रीज्यू, सदऔँदेखि जात व्यवस्थाका कारण मानिस मानिसबीच कलङ्कको रूपमा रहेको जातीय भेदभाव र छुवातुत आजको ३१ औँ सताब्दीसम्म विद्यमान छ । के यो देशका लाखौँ दलित समुदायले अपमान, अपहेलना, तिरस्कार मानव मर्यादाबाट कहिलेसम्म विमूख हुनुपर्ने हो? के यही हो मानव अधिकार ? विश्वसामु हामी नेपालीले कहिलेसम्म शिर निहुर्याउनु पर्ने हो ? के पटक-पटक राज्यसंचालनको ड्राइभिङ्ग सिटमा बस्ने तपाईंहरूले माफी माग्नुपर्दैन ? के यी लाखौँ अपमानित जनताको पीडाप्रति संवेदना पैदा हुँदैन ? हाम्रो देशबाट १०४ वर्षे राणा शासनको अन्त्य भएको ७४ वर्ष भइसक्यो ।
३० वर्ष पञ्चायती व्यवस्था अन्त्य भएको ३५ वर्ष भयो । यो देशबाट झण्डै २४० वर्षे राजतन्त्र अन्त्य भएको १५ वर्ष भयो । पुनर्स्थापित प्रतिनिधि सभा अर्थात् जनताको सार्वभौम संसदबाट २०६३ जेठ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष भयो । संविधान सभाबट संविधान जारी भएको ९ वर्ष भयो । संविधानको मौलिक हकअन्तर्गत धारा २४ मा जातीय भेदभावविरूद्धको हक र धारा ४० मा दलितको हकको व्यस्था गरिएको । प्रधानमन्त्रीज्यू, संविधानको धारा २४ र धारा ४० को आजसम्म किन कार्यान्वयन हुन सकेन ? धारा ४० मा भएको व्यवस्था सम्बन्धी ऐन कहिले बन्छ ? साथै यो देशबाट जातीय भेदभाव र छुवाछुत जस्तो कुप्रथा, कुसंस्कार र कुरिती हटाउन तपार्इको योजना के छ? अ यो समस्या हटाउन कस्तो रणनीति तय गर्नुहुन्छ ? कार्यक्रम के के ल्याउने तयारी गर्नुभएको छ ? के यो समस्या दलित समुदायको मात्र समस्या हो वा यो देशको समस्या हो अर्थात् आम नेपालीको समस्या हो । सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट जवाफ चाहन्छु ।
प्रश्न नं. ९ को जवाफ
१. नेपालको संविधानले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिको एउटा महत्त्वपूर्ण खम्बा सहकारी हो । सहकारिताको भावनाबाट जीवनस्तर उकास्ने र आर्थिक अवस्थालाई बलियो बनाउने सवालमा सहकारी नमूना अभ्यास पनि हो । कैयौँ विकासोन्मूख अर्थतन्त्रहरूमा सहकारी क्षेत्रको ठूलो योगदान रहेको पाइन्छ । नेपालको सन्दर्भमा सहकारी इतिहास छोटो (६ दशक) भए पनि यसले अर्थतन्त्रमा राम्रै योगदान गरेको छ । यसबीचमा सहकारीका आधारभूत मूल्य र मान्यताअनुसार स्वनियमनमा आधारित रहेर सहकारी सदस्यहरूको हित प्रवर्द्धन गर्नुपर्नेमा त्यसो हुन नसकी केही सहकारी संस्थाहरूमा विचलन देखिएको पक्कै छ । यसो भन्दैमा सबै सहकारी समस्यामा छन् भन्ने होइन । कानूनको अधिनमा रही सहकारीका स्थापित अन्तर्राष्ट्रिय मूल्यमान्यताभित्र रहेर सहकारी आन्दोलनमार्फत् आर्थिक विकास र जीवनस्तर उकास्न धेरै सहकारी संस्थाहरूले मद्दत गरेका छन् । यो योगदानलाई म कदर गर्दछु र आगामी दिनमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा समेत गर्दछु । सहकारीको संख्यात्मक वृद्धि भए पनि गुणात्मक विकासमा भने पक्कै केही कमीकमजोरी भएकै छ । त्यसतर्फ सरकार निकै गम्भीर छ ।
यसै विषयलाई दृष्टिगत गरी सहकारी सहकारी क्षेत्रलाई सेवा, उत्पादन र वित्तीय क्षेत्रमा वर्गीकरण गरी विद्यमान सहकारी ऐनको संशोधन प्रक्रिया अघि बढाइएको व्यहोरा म यस सदनसमक्ष जानकारी गराउँदछु । त्यसैगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन तथा सुपरीवेक्षणको लागि छुट्टै विधेयकको तर्जुमा एवं सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि छुट्टै नियमावलीको तर्जुमा गरिएको छ ।
यस विषयमा सरकार अझ गम्भीर भएर समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी संघसंस्थाको समस्या समाधानको देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यस समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलार्इ समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्ता समेत) को कार्य अघि बढाउनुपर्ने हुन्छ । त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिनुपर्ने हुन्छ । त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट यसमा आवश्यक अध्ययन तथा सहयोग हुन्छ ।
२. माननीयज्यूले निकै महत्वपूर्ण विषय उठान गर्नुभएको छ । नेपाली समाजमा सदियौदेखि जातीय विभेद भोग्दै आएका दलित समुदायको संविधानप्रदत्त अधिकार प्राप्ति सुनिश्चितताको विषय निकै गम्भीर छ । यस विषयमा सम्मानित संसद, सरकार, राजनीतिक दल र नागरिक समाज सबै संवेदनशील हुन जरूरी छ। दलित समुदायमाथि हुँदै आएको उत्पीडनको क्षतिपूर्तिको माग जायज छ । आर्थिक सशक्तिकरणमार्फत दलित समुदायको सम्मानपूर्ण जीवनयापन सुनिश्चित गर्न सकिएन भने हामीले लिएको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष पूरा हुन सक्दैन। त्यसैले जातीय विभेदको समूल अन्त्य गर्न संविधानको धारा 40 को मौलिक हक कार्यान्वयनका लागि सरकार संवेदनशील छ।
सरकारका तर्फबाट जातीय विभेद तथा अन्य छुवाछूत र भेदभाव(कसूर र सजाय) ऐन, 2068 लाई समयानुकूल परिमार्जनका लागि आवश्यक तयारी भइरहेको छ । दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलितको सशक्तीकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्न नीति कार्यक्रम तथा बजेटमा समेत प्रस्तुत विधेयक तर्जुमाको प्रक्रिया छिटै सुरु गरिनेछ ।
सरकारले दलित समुदायका उल्लिखत अधिकार प्राप्तिका लागि रैथाने परम्परागत सीप, ज्ञान, पेशाको आधुनिकीकरण गरी रोजगारी सिर्जना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न शिल्पि उद्यशिलता कार्यक्रम, प्राविधिक धार तर्फको उच्च शिक्षामा दलित समुदायको पहुँचका लागि छात्रवृत्ति व्यवस्था समेत बजेटमार्फत सुनिश्चित गरेको जानकारी गराउन चाहन्छु।
यसैगरी जातीय विभेद तथा अन्य छुवाछूत र भेदभाव(कसूर र सजाय) ऐन व्यवस्थापिका संसदबाट पारित भएको दिन जेठ १० गतेदेखि छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ सम्म ११ दिने जातीय छुवाछूतविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरिने गृहकार्य भइरहेको छ।
प्रश्न नं. १०
प्रश्नकर्ताः जादेवी खातुन जागा
प्रश्नको व्यहोरा
१. हामी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जनता सडक मार्गबाट राजधानी आउन दुईदेखि तीन दिनसम्म लाग्ने अवस्था रहेको हुँदा महेन्द्र राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल-बर्दिया-कैलाली सडक खण्ड कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न सम्माननीय प्रधानमन्त्रीज्यूसँग रहेको छ ।
२. हाम्रो देशको तराई मधेशका केही जिल्लाहरूमा केही वर्षअगाडि देखि धार्मिक द्वन्द्व र जातीय द्वन्द्वको सुरूवात् देखा परेको छ । धार्मिक सदभाव कायम राख्न र द्वन्द्व हुन नदिन प्रधानमन्त्रीज्यूको योजना तथा कार्यक्रम के रहेको छ ?
३. ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रीय विमानस्थल र गौतमबुद्ध विमानस्थल भैरहवा आजसम्म पनि नियमित उडान किन हुन सकिरहेको छैन र ऋणमा रहेको उक्त दुबै विमानस्थलको ऋण तिर्ने आधार के छ ? यसबारे प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छु।
प्रश्न नं. १० को जवाफ
१. नारायणगढ-बुटवल सडक खण्ड ४ लेनमा स्तरोन्नति गर्ने ठेक्का कार्यान्वयनको चरणमा रहेको छ ।आर्थिक वर्ष २०८१/८२ मा सो सडक खण्ड स्तरोन्नति गर्ने कार्य सम्पन्न हुनेछ । बुटवल-गोरूसिङ्गे सडक खण्ड ४ लेनमा स्तरोन्नति गर्न केही हप्तामै ठेक्का सम्झौता हुँदैछ । ३ वर्षभित्र सो सडक खण्ड पनि स्तरोन्नति वा हुनेछ । धानखोला-लमही सडक खण्ड (४० कि.मी.) मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालको तर्फबाट स्तरोन्नति गर्न जुलार्इ, २०२४ को अन्त्यतिर ठेक्का आह्वान हुँदैछ । महेन्द्र राजमार्गकै बाँकी, बर्दिया, कैलाली र कञ्चनपुरसम्मको सडक खण्ड स्तरोन्नति गर्नको लागि सडक विभागबाट विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न परामर्शदाता नियक्त गर्न पूर्वतयारी सुरू भइसकेको छ । डीईडी तयार भएपछि विश्व बैंक/एसियाली विकास बैंकको सहयोगमा त्यो सडक खण्ड पनि स्तरोन्नति गर्ने योजना रहेको छ ।
२. बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने दिशामा नेपाल सरकार अघि बढिरहेको कुरा माननीयज्यूहरुलाई विदितै छ।
नेपाल सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासन मार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रमहरु गरिरहेको साथै धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहहरुलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाहीका कार्यलाई निरन्तरता दिँदै आएको छ। नेपालको संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन नेपाल सरकार प्रतिवद्ध रहेको कुरा सम्मानीत सदनलाई जानकारी गराउँदछु।
३. राष्ट्रिय गौरवको आयोजनाको रुपमा सम्पन्न पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई समृद्धिको स्रोत र आधारको रुपमा उपयोग गर्न सकिने कुरामा म विश्वस्त छु । यी विमानस्थलहरूमा अन्तरूराष्ट्रिय वायुसेवाहरूबाट माग भएबमोजिमका छुट सुबिधा तथा सहुलियतहरूमा समन्वयको कार्य भइरहेको छ । यी दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न हामी प्रयासरत छौं र यसमा चाँडै नै निष्कर्ष आउनेछ । अहिले ऋण तिर्ने स्रोत र आधारको विषयभन्दा पनि उपयुक्त मोडालिटी विकास गरी विमानस्थलको सञ्चालन गर्न सरकार दृढ छ ।
उदारतालाई कमजोरी ठाने इतिहास निकै निर्मम हुनसक्छ : अध्यक्ष प्रचण्ड( पूर्णपाठ)
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्ने बताउनुभएको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिए पनि नेपालमा भने गणतन्त्र मौलिक ढंग्गले आएको उल्लेख गर्दै प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पूर्वराजालाई संविधान भित्र रहेका गतिविधि गर्न सुझाउनुभएको हो । साथै अध्यक्ष प्रचण्डले सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको बताउँदै राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको समेत बताउनुभएको छ। व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए,’ उहाँले भन्नुभयो । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत उहाँले चेतावनी दिनुभयो। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूले २०८१ फागुन २७ गते प्रतिनिधिसभा बैठकमा गर्नुभएको सम्बोधन सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति हार्दिक सम्मान र आभार प्रकट गर्दछु । इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण वलिदानलाई आज अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएकोछ किनकि, त्यो शहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ । त्यसकारण हामीले विशेष रुपले स्मरण गर्न जरुरी छ । जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस हुँदैछ । म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न सम्मानित रोस्टममा उभिएको छु कि अब हामीले एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको छ । सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन । माइतिघर मण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याजपीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ । गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित भएका छन् । देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित होउन् वा महिला म सबैलाई आज आन्दोलनमै देखिरहेको छु । मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौं । सरकारमा बसेका साथीहरुलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ? सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरुको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । तर, म के भन्न चाहन्छु भने यसखालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । तर चाहि अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ । पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरुले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन । सभामुख महोदय, आज म ठूलो जिम्मेवारीका साथ, सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रे रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छछ तर नेपाल त्यसमा अपवाद बन्यो । हामी सबैलाई जानकारी छ, यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसा त परको कुरा, निर्वासनसमेत नतोकी, पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने हामी कसैले बिर्सनु हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर हामी सबैले हेक्का राख्न जरुरी छ । गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं । क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ । सीमित माओवादीले उठाएको बन्दुकका कारणले मात्र होइन यो देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रुपमा आएको हो, यो हेक्का हामी सबैलाई रहोस् । सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन । हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरु सम्मानित संसदमै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रुपमा राजतन्त्रसँग मेरा असहमति छन् तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु । एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरु अस्तित्वमा छन् । सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरुको ससानो उपस्थिति अहिले पनि देखिएकै छ । राजावादीहरुलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरुले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने छ । यो चुनौती पनि म राख्न चाहन्छु । एकातिर राजावादी साथीहरु सडकमा हुनुहुन्छ, सदनमा पनि हुनहुन्छ । उहाँहरुका उद्देश्य प्रष्ट छन्, उहाँहरुले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ । पनि खतरनाक र प्रतिगामी छन् । अर्कातिर सरकारको कुशासन पनि छ । लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरुको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन । सत्तारुढ दलका साथीहरुले लोकतन्त्रकमा मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ । संसद प्रतिपक्षको हो भन्ने अन्तराष्ट्रिय मान्यता, यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रुपमा स्वीकारिएको मान्यता हो ।संसद सञ्चालनमा तपाईहरुले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस् । प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैं खोज्नोस् । अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्वन गरिएको छ । त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस् । हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस् । विचौलियाको हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधिन विद्येयक अघि बढाउन सरकार किन अनिच्छिुक देखिएको हो ? गम्भीर प्रश्न हो । संघीय निजामति विधेययक, जो मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइपुर्याएको छु, विद्यालय शिक्षा लगायतका विधेयकहरु अहिले पनि सरकारकै कारण अघि बढ्न सकेका छैनन । यो आफैमा गम्भीर विषय छ । आज प्रतिगमनतिरको मनोबल सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भनेर हेक्का राखिएन भने आउने दिन अझ गम्भीर र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ । कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई निणन्त्रणमा लिइरहेको छ । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ? हिजो राजामहाराजाझैं पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ? सत्तारुढ पार्टीका कार्यकर्ताले आम नागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारवाही हुँदैन । यस्तो दण्डहिनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ हेक्का राख्नुपर्ने विषय हो । मैले पटकपटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सघन निगरानीमा छौं । तर, तपाईहरुले जनचाहनालाई वारम्वार उपेक्षा गरिहनुभएको छ । पछिल्ला आठ महिनामा तपाईहरुले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ । एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थीए काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरुको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईहरुप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ? मैले यही सदनमा पछिल्लोपटक विश्वासको मत लिंदै गर्दा भनेको थिएँ आत्मसमीक्षासहित, गल्ती हाम्रा पनि भए । हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनताप्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन् जटिल हुन्छज्र भनेर भनेको थिएँ । अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरुले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दै छ । तर, दुई तिहाईको घोडा कसले दौडाएको छ ? मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्न चाहन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देखेको छैन । त्यो घोडा विचौलियाहरुले चलाएका छन् । तपाईले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको मैले देख्दिनँ, ती त विचौलियाहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका संयन्त्र, समिति, बैठक, यी सबै नाटक जस्ता मात्र देखिएका छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु । विचौलियाको आँट र शक्तिले आज इमान्दार व्यवसायीलाई विचलित बनाएको छ, भोलि तपाईहरु विचलित हुनुहुनेछ । यो सरकार ठूलो राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बन्यो । लोकतन्त्रको सिधा अवहेलना गरियो, जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरुलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु । तपाईहरुले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो । निरंकुशता हुन्छ भन्ने कुरा स्थापित गरिदिनुभयो तपाईहरुले । यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा थाहा नपाएर होइन, थाहा पाएरै तपाईहरुले गर्नुभयो । जनता त्यही विन्दुदेखि तपाईहरुसँग नराम्रोसँग झस्किएको छ । अस्तिको राजावादीको जुलुसबाट मात्र होइन, तपाईहरुलाई थाहा छ, म र मेरो पार्टीको नेतृत्वको टीम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं । झापाबाट सुरु गरेर रौटहटसम्म आएर केही दिनका लागि स्थागित गरेर हामी छिट्टै जाँदै छौं । त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति विश्वास छैन । अविश्वास छ, जनता विकल्प खोज्नेतिर लागिरहेको छ । हामीले नयाँ कुरा लगेर जाँदा जनतामा आशा र भरोसा जागेको पनि देख्यौं । एकातिर तपाइँहरुसँग दुई तिहाई छ तर यही दुई तिहाई लोकतन्त्रका घातक हुँदैछ । तपाईहरु दुई तिहाई भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरको लाई चार नम्बरमा फालिदिए पनि भयो, जे जे गरे पनि भएको छ किनकि तपाइँहरुसँग दुई तिहाई छ । तर, यो दुई तिहाई नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । तपाईहरुलाई पनि यसमा गम्भीररुपमा विचार गर्न अनुरोध मात्रै गर्न सक्छु अहिले । यो संख्याको अहंकारसँगै सत्ताको दुरुपयोग सुरु भएको छ । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ । यसबीचमा तपाईहरुले पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा नाघ्नुभयो । पहिलो त यो जन्म नै संविधान र लोकतन्त्रविरुद्ध भयो । तपाईहरुले यो मेरो भनाइलाई सरकार छाड्नपुरेको पीडा होला भनेर बडो सहज व्याख्या गर्ने गर्नुभएको छ, जबकि सदनभित्रको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा नै लोकतान्त्रिक मर्म विपरीत छ । यसले सदनभित्रको विकल्प रोक्ने काम भएको छ । मैले विश्वासको मत नपाएपपछि सरकार सदनको सबैभन्दा ठूलो दलको नेतृत्वमा बन्नैपथ्र्यो । तपाईहरुले त्यहाँ बल मिच्याई र जबरजस्ती गर्नुभयो । संविधानमा ब्ल्याक एण्ड ह्वाइटमा लेखेको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिं बनाइ छाड्ने गर्नुभयो, त्यही विन्दुबाट तपाइँहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार सुरु गरेको जनताले महसुस गरेको छ । मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार कुशासन र स्वार्थसमूहहरुको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ । त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न अहिले हामी सबैको मनमा छ । अहिले त्यही देखिएको छ । बेथिति र विकृति सरकारले नै बोकेको छ । व्यापारीहरुसँग वक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ । प्रतिगमनकारीहरु नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ? म पछिल्ला प्रदर्शनहरुलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ । सत्तामा रहेकाहरुलाई भन्न चाहन्छु, तपाईहरु पनि यसको निम्ति भागिदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौं । अस्तिको प्रदर्शनमा पनि देख्यौं, को कसका फोटो टाँसिए, इत्यादी तर म त्यसलाई म पहिलो प्रमुख हो भन्ने मलाई लाग्र्दैन । मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि । यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रुपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईहरुको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन । आजको लोकतन्त्र तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहकार्यको परिणाम हो । संविधानको एउटा अभिन्न अंग शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा अस्पतालमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरु यही संसदमा पनि हुनुहुन्छ । उहाँलाई दिएको वचनलाई साक्षी राखेर शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु र यो संसदलाई विश्वास दिलाउँछु, प्रगिगमन सफल हुन दिइनेछैन । जुनसुकै राजनीतिक दलसमर्थक भए पनि गणतन्त्रप्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् शहिदहरुको सपनाको जिम्मा लिन म तयार छु । तपाइँहरुले अहिलकति आत्मसमीक्षा गरिदिनुभयो र संसदभित्रै विकल्प हुनसक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठूलो कुरा हुनेछ । यदि त्यसो हुन सकेन भने पनि बाह्र बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं सदिहरुको सपना बोकेर हिड्न हाम्रो पार्टी र म तयार छौं, म यो विश्वासका साथ तपाईहरुलाई राख्न चाहन्छु । तपाईहरु जतिसुकै विचलित भए पनि मलाई विश्वास छ, नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमान्दार, देशभक्त र लोकतान्त्रिकवादीहरु प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन् । देशभरिका लोकतान्त्रिक शक्तिहरुको साथ लिएर हामी प्रतिगमन त रोक्ने छौैं तर सत्तारु साथीहरु कहिले सुध्रनुहुन्छ ? दुई तिहाईको अहंकारमा तपाईहरुले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दैछ । यो संकटको सामना गर्न सबैभन्दा ठूलो जिम्मेवारी सत्तारुढ दलहरुकै हुन आएको छ । तपाइँहरुको दुई तिहाईको अहंकारले लाखौं जनतालाई सडकमा पुर्याउँदै छ । यसको गम्भीर आत्मसमीक्षा गर्नुहोला । लोकतन्त्रको सुदृढ गर्नतिर तपाइहरुका कदम बढेमा हाम्रो साथ हुनेछ । यही विश्वाससहित मेरो भनाई टुंग्याउँछु । धन्यवाद । अभिवादन ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । त्यसपछि सरकार पक्षबाट कांगेस नेता गगनकुमार थापा र एमालेको पक्षबाट गोकर्ण विष्टले विषय राख्नुभएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मान्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
यस्तो छ माओवादी केन्द्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता
नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त भएको समाजवादउन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र र उक्त ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको संविधानको मर्म र भावलाई आत्मसात गर्दै त्यसलाई रक्षा एवं सुदृढ गर्न ,प्रत्यक्ष लोकतन्त्र को अभ्यासलाई मजबुत बनाउन, सुशासन, सामाजिक न्याय र समृद्धि को आजको प्रमुख राष्ट्रिय कार्यभार लाई पूरा गर्न र स्थानीय तरहबाट समाजवादको आधार निर्माण गर्न पूर्ण निष्ठा र इमान्दारिताका साथ आ-आफ्ना पालीकाहरु मार्फत क्रियाशील रहने दृढ संकल्प गर्दै तत्काल निम्न कार्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं। पालिकामा हुने काममा अनियमितता र भ्रष्टाचार हुन दिने छैनौं। पालिकामा सुशासन सुनिश्चित गर्नेछौं। पालिकाहरुमा सरलिकृत प्रक्रिया, प्रविधिको प्रयोग, घरदैलो सेवा र तत्काल गुनासो सुनुवाईको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई अझ बढी द्रुत र सेवाग्राहीमैत्री बनाउनेछौं । ज्येष्ठ नागरिक तथा अन्य लक्षित समूह केन्द्रित सामाजिक सुरक्षा भत्ता घर घर मा नै उपलब्ध गराउनेछौ । गुणस्तरीय बालविकास, बाल शिक्षा, प्राथमिक वा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको रणनीति र कार्ययोजना निर्माणलाई अझ वैज्ञानिक, वस्तुपरक, प्रभावकारी र परिणाम बनाउदै गुणस्तरीय शिक्षामा सर्वसुलभ पहुँचलाई सुनिश्चित गर्न प्राथमिकताका साथ जोड दिनेछौ । असल मान्छे, देशभक्त नागरिक बन्ने दृष्टिकोण निर्माण गर्ने र पालिकाको भूगोल, इतिहास र समाज बारे वैज्ञानिक र प्रगतिशील पाठ्यक्रम तयार पारी लागू गर्नेछौं । सार्वजनिक विद्यालयहरुलाई सर्वसुलभ एवं गुणस्तरीय शिक्षा को केन्द्रको रुपमा विकास गर्न अझ व्यवस्थित र प्रभावकारी ढंगले काम गर्नेछौं। यसै अवधिमा आ-आफ्ना पालिकाहरुलाई पूर्ण साक्षर बनाई पूर्ण साक्षर पालिका घोषणा गर्नेछौं । हामी निर्वाचित जननिर्वाचित जनप्रतिनिधिहरुले आफ्ना छोरा छोरीहरूलाई सार्वजनिक विद्यालयहरूमा नै पढाउनेछौं । आम जनताको स्वास्थ्य लाई उच्च प्राथमिकताको विषय बनाउँदै स्वास्थ्य संस्थाहरुमा २४ घण्टा आपातकालीन सेवा उपलब्ध गराउने व्यवस्था गर्नेछौं, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरी हुने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछौं र नियमित घर घरमा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्नेछौं । जलवायू परिवर्तन लगायतका अन्य परिवर्तनहरुले जनस्वास्थ्यमा पारेको प्रभाव, वैश्विक महामारी, नसर्ने रोगहरुको फैलावटबाट जनस्वास्थ्यमा बढ्दै गएको खतरालाई कम गर्न प्राथमिक स्वास्थ्यलाई सवलिकरण गर्दै लगिनेछ । स्थानीय निकायको स्वास्थ्यसेवालाई भरपर्दो, विश्वसनिय र सामुदायीक जनस्वास्थ्य प्रणालीको रुपमा विकसित गर्नेछौं । जनस्वास्थ्य सम्बन्धी विषयहरूमा जन जागरण कार्यक्रमहरु सञ्चालन गर्नेछौं ,स्थानीय परम्परागत चिकित्सा सेवा र उपलब्ध जडिबुटी हरुको स्वास्थ्यलाभको निम्ति उपयोग बारेमा पनि जन चेतना अभिवृद्धि कार्यक्रम चलाउनेछौं । योग र ध्यानलाई योग्य प्रशिक्षकहरु द्वारा वैज्ञानिक रुपमा प्रशिक्षण शिविर हरू सञ्चालन गराई दैनिक जीवन अभ्यास को विषयको रुपमा अघि बढाउनेछौं। स्थानीय विशेषता, श्रोत र सेवामा जोड दिदै पालिकालाइ खानामा अनत्मनिर्भर बनाउन र तुलनात्मक लाभका कृषिबाट आम्दानी र रोजगारी बढाउन व्यावसायिक खेतीको उपजको प्रवर्धन गर्नेछौ । कृत्रिम रसायन, हर्मोन, विषादीर प्लाष्टिक उपयोगको मापदण्ड र अनुगमनको व्यवस्थाको पहल गर्नेछौं । किसान र कृषि उद्यमीको को पहिचान, वर्गिकरण गरी राज्यका श्रोत साधन र सेवा सहज बनाउने प्रतिवद्धता गर्दछौ । पालिकाभित्रका खेती योग्य बाँझो जमिन रहन दिनेछैनौं। पालिकाको त्यस्तो जमीन लिजमा लिएर भएपनि सदुपयोग गर्नेछौं । स्थानीय तहबाट संचालन हुने हरेक कार्यक्रमहरुको आकार, स्वरुप, प्रगतिको अवस्था, उपलब्धी, परिणाम र प्रभावको मुल्यांकन गर्न PROJECT TRACKING सफ्टवेयर, इन्फोग्राफिक्स् र ड्यास बोर्डहरु निर्माण गरी त्यसलाई सबै स्थानीय जनताहरुले हेर्नसक्ने बनाउनेछौ । उत्पादन र रोजगारी वृद्धीका लागि सहकारीलाई अभियानात्मक रुपमा जन सहकारिकारुपमा अघि बढाउनेछौं र साथै सहलगानी तथा प्राविधिक सेवा उपलव्ध गराई सामुहिक कम्पनी मोडेलका नमूना उद्यम-व्यवशाय (कृषि फार्म, कृषिवस्तुमा आधारित उद्योग, पर्यटन व्यवशाय तथा सूचना-प्रविधिमा आधारति उद्यम) स्थापना र सञ्चालन गर्ने कार्य शुरु गर्नेछौं । समाजवाद उन्मुख अर्थव्यवस्थाको जग बसाउन समुदाय (कम्युनिटी) खासगरी स्थानीय सामुदायिक संगठनलाई कानुनी मान्यता दिन ऐन बनाउन र त्यसको कार्यान्वयन गर्न पहल गर्नेछौं । समाजवाद उन्मुख अर्थव्यवस्थाको नमुना स्वरूप समुदायस्तरमा गरीब,विपन्न तथा सामाजिक रूपले बहिष्करणमा परेका जनसमुदायको विशेष सुरक्षा गर्न स्थानीय सरकारले छुट्टै संयन्त्रको निर्माण गरी कार्यक्रम सञ्चालन गर्न अघि बढ्नेछौं । उपलव्ध सीमित स्रोत-साधनको अधिकतम उपयोगको लागि प्राथमिकता निर्धारण गरी पूर्वाधारको निर्माणको कार्य अघि बढाउनेछौं । विकासका कार्य अघि बढाउंदा वातावरणीय विनास नहुने सुनिश्चत गर्नेछौं र विपद व्यवस्थापनको लागि पूर्वतयारी गर्नेछौं । प्राविधिक लगायत आवश्यक अध्ययन बिना डोजरको प्रयोग गर्न दिनेछैनौं। सामाजिक न्याय सहितको समृद्धि वा समाजवाद उन्मुख समृद्धि (सम्भव भएसम्म समाजवादको कार्यक्रम लागू गर्दै ) को नतिजामूलक नमुना क्षेत्रको विकास गर्न योजनाबद्ध रुपमा पहल गर्नेछौं । स्थानीय तहमा संकलन गरिने तथ्यांकहरुमा दोहोरोपन हटाई व्यवस्थित तबरले तथ्यांक संकलन र व्यवस्थापन गरिनेछ । संकलित तथ्यांकहरुको विश्लेषण गरी स्थानीय तहले गर्ने हरेक निर्णय, निति निर्माण, पूर्वाधारहरु निर्माणलाई तथ्यमा आधारित बनाउनेछौं । स्थानीयस्तरका भौतिक विकास आयोजना र परियोजनाहरु जस्तै स्थानीय सडक, ग्रामीण सडक, कृषी, सिंचाई, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा लगायतका पूर्वाधारहरु निर्माणलाई रोजगारी, उत्पादन र सामाजिक न्यायसँग जोड्नेछौं । स्थानीय तहमा संचालन गरिने आर्थिक विकासका परियोजनाका साथै शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, रोजगार सम्बन्धी कार्यक्रम र भौतिक पूर्वाधार निर्माणका आयोजनाहरुको डिजाइन, कार्यान्वयन, अनुगमन र मुल्यांकनका कार्यहरु डिजिटल प्रोफाइल (Digital profile) र आधार नक्सा बनाएर संचालन गर्नेछौं । स्थानीय तहमा शहरी क्षेत्र र वस्ती विस्तार गर्दा विपद लगायतका जोखिमहरुको आँकलनगरि वातावरण मैत्री, जलवायु जोखिम संवेदनशिल र स्थानीय मौलिकता र संस्कृतिलाई ध्यानमा राखेर Risk sensitive spatial plan बनाई गर्नेछौं । स्थानीय तहबाट हुने विभिन्न कार्यहरु, ऐन, निति, नियम निर्माणमा अन्य स्थानीय तहहरुको समन्वय गरी विज्ञहरुको सहयोग लिई, न्यूनतम लगानीमा वृहत लक्ष्य र प्रतिफल हासिल गर्ने हिसाबले एकिकृत लगानीमा गर्नेछौं । सुशासन स्थापनाको निम्ति जिम्मेवार हुँदै रोजगारीको सृजना, खानेपानी, सडक, विजुली तथा IT को विस्तार साथै पहुँच, स्वास्थ्य र शिक्षा विस्तार र निर्माण साथै स्तरोन्नति, कृषिमा आधुनिकीकरण, आर्थिक विकास, प्रभावकारी सेवा प्रदान, सामाजिक न्याय, समानताका लागि पारदर्शी तथा उत्तरदायी (INDICATOR AND RESULT BASED) हुनेछौ । सुशासन कायम गर्न तथा सार्वजनिक सेवाको प्रभावकारि प्रवाह र श्रो-साधनको समतामूलक बाँडफाँडका लागि हामी "नमूना मानक डिजिटल गभरनेन्स" को अभ्यास गर्नेछौं। यसका लागि डिजिटल पालिका मार्गचित्र तयार गरि कार्यान्वयनको पहल गर्नेछौं। महिला अधिकार, बाल अधिकार, छूवाछूत लगायतका भेदभावमुक्त पालिका निर्माणका लागि आवश्यक नीतिगत, कानुनी प्रबन्धका गरि विशेष डेस्कको स्थापना गर्नेछौं ।
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गर्नुभएको छ । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’ उहाँले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताउनुभयो । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’– उहाँले भन्नुभयो । ‘पार्टी अभियानले राष्ट्रिय एकता मजबुत बनाउन योगदान गर्ने छ’ अध्यक्ष प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताउनुभयो । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने उहाँले बताउनुभयो । ‘अहिले हामी अभियान भनेर नेताहरु जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौं’– उहाँले भन्नुभयो– ‘जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं । जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसियशनजस्ता नागरिक समाजका अगुवा संस्थाहरुसँग पनि अन्तर्क्रिया गर्छौं, यसबाट पनि सम्बन्धि जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’ यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताउनुभयो । हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा गरेको भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण प्रक्रियालाई अघि बढाएको जानकारी दिनुभयो ।