टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले स्तब्ध नेपाल, बाहिरियो नेपाल
सेन्ट भिन्सेन्ट। आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ।
ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ।
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दियाे । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाए।
जसले गर्दा नेपालले बलियो टेस्ट टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकाल्ने मौका गुमायो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ ।
जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाP। उgले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाP।
अनिल शाहले २७ रन बनाP। उgले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले १३ रन जो8]।
यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमा आउट eP। कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शुन्य रनमा पेभेलियन फर्किP। सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाP।
बलिङमा दक्षिण अफ्रिकाका तवरेज साम्सीले चार विकेट लिP। एनरिच नोट्जे र ऐरिन मार्करामले एक एक विकेट लिP। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाP। यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्वीटन डि ककले १० रन बनाP।
बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द सिंह ऐरीले तीन विकेट झा/]। यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो ।
यसअघि नै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले चार खेलबाट आठ अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको बङ्गलादशेको तीन खेलबाट चार अङ्क छ । दुई अङ्क बनाएको नेदरल्यान्ड्स तस्रोे स्थानमा छ ।
नेपालको तीन खेलबाट एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन २०१४ को विजेता श्रीलङ्का पनि विश्वकपबाट बाहिरि सकेको छ ।
नेपाल अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले अब बङ्गलादेशसँग प्रतिष्ठाका लागि खेल्नेछ ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।