संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताएका छन्।

भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गरेका छन्।

आज यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुरमा

चितवन। पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा.महावीर पुन भरतपुर महानगरपालिका आइपुगेका छन् । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उनले अन्तरक्रिया गरेका छन्।   राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ।३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा। पुन यस अभियानमा लागेका छन् । कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा.पुनको अभियान सकारात्मक रहेको बताए।राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो। ‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उनले भने,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ । आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन ।’ प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गरे । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा. पुनले बताए । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उनले भने, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु।’ नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए। उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको मूल्य

काठमाडौं। सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो। त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ। चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० निर्धारण भएको छ।

रास्वपाले भन्यो- 'पदीय लेनदेन मिलाउन उपसभामुखलाई विवाद तान्ने कोशिस भयो'

काठमाडौँ । अमेरिकी दूतावासमा भिसाको अन्तर्वाताको लागि पत्र लेखेपछि विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ। आइतबार प्रवक्ता मनिषा झाले एक विज्ञप्ती जारी गर्दै अन्तर्वाताको मितिका लागि पत्र लेखिएको देखिएपनि भिसाा दिलाउन वा अन्य प्रयोजनमा कुनै आर्थिक लेनदेन नभएको जनाइएको छ।   विज्ञप्तीमा पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ।  विज्ञप्तीमा भनिएको छ ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ यस्तो छ विज्ञप्ति 

लोकप्रिय