ट्रम्पका कडा आदेशहरुले विश्वभरी ल्याएको तरंग र नेपालमा पर्नसक्ने प्रभाव
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकपछि अर्को आदेशहरुका कारण विश्वभरी सनसनी फैलिएको छ। आप्रवासीहरुदेखि भन्सार शुल्क र विश्व स्वास्थ्य संगठनबाट बाहिरिनेदेखि अमेरिकी सहायता नियोग बन्द गर्ने घोषणाबाट अमेरिकाका मित्र र बिरोधी कित्तामा हलचल मच्चिएको हो।
ट्रम्पले हालै गरेका महत्वपूर्ण नीतिगत निर्णयहरूले विश्वव्यापी रूपमा ठूलो प्रभाव पार्नेछन्। तीमध्ये, उनले आयातित सामानहरूमा कर ९टेरिफ० लगाउने, विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० बाट अमेरिका हटाउने, संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी ९ग्क्ब्क्ष्म्० को सहायतामा कटौती गर्ने तथा आप्रवासन सम्बन्धी कठोर नीति लागु गर्ने निर्णय गरेका छन्। यी निर्णयहरूले अन्तर्राष्ट्रिय व्यापार, सार्वजनिक स्वास्थ्य, आप्रवासीहरूका अधिकार तथा विकास सहायता क्षेत्रमा गहिरो प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेष गरी नेपाल जस्ता विकासशील राष्ट्रहरूको लागि यी नीतिहरू गम्भीर चुनौती बन्न सक्छन्।
ट्रम्पका पछिल्ला प्रमुख निर्णयहरू
१. भन्सार शुल्कमा भारी वृद्धि
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापारलाई पुनर्सन्तुलन गर्ने नाममा विभिन्न मुलुकहरूबाट आयात गरिने सामानहरूमा उच्च टेरिफ लगाउने निर्णय गरेको छ। मुख्य रूपमा चीन, क्यानडा, मेक्सिको, युरोपेली संघ र अन्य व्यापारिक साझेदार राष्ट्रहरूलाई लक्षित गरी टेरिफ लगाइएको छ।कुटनीतिक दबाब दिने रणनीतिका लागि उनले व्यापारलाई मुख्यरुपमा लक्षित गरेका छन् । उनको आदेशले यही फेब्रुअरी ४ तारिखदेखि मेक्सिको र क्यानाडाबाट अमेरिका आयात हुने सामानमाथि २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० देखि २५ प्रतिशतसम्म कर लाग्नेछ।यी सामानहरुमा फेन्टालीनदेखि इस्पात, एल्मुनियम, प्रविधि सामग्री, मोटर पार्ट्स, मोबाइल फोन, औद्योगिक उपकरण तथा कृषि उत्पादनहरू रहेका छन् ।
अमेरिकाले अमेरिकी उत्पादनलाई संरक्षण गर्न तथा चीन र अन्य राष्ट्रहरूलाई व्यापार सम्झौतामा पुनः वार्ता गर्न बाध्य पार्न टेरिफ लगाइएको हो। ट्रम्पले चीनलाई व्यापारिक प्रतिस्पर्धामा अनुचित लाभ लिएको आरोप लगाउँदै आयातमा उच्च कर लगाएका हुन्। उनले यूरोपियन यूनियनले समेत अमेरिकाबाट निकै लाभ लिँदै आएको बताउँदै कर लगाउने घोषणा गरेका छन् । यसबाट व्यापार युद्दको नयाँ युग सुरु हुने कतिपयले विश्लेषण गरेका छन्।
अमेरिकाका यी निर्णयहरुको विश्वव्यापी विरोध समेत सुरु भएको छ। चीनले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक कर लगाउँदै सोयाबिन, विमान, गाडी, तथा प्रविधि सामग्रीहरूमा ठूलो मात्रामा भन्सार शुल्क लगाएको छ। युरोपेली संघले अमेरिकी उत्पादनहरूमाथि कर लगाउने घोषणा गरिसकेको छ। मेक्सिको र क्यानाडाले पनि अमेरिकी सामान बहिस्कार गर्ने तथा आयातमा उच्च करदर लगाउने बताएका छन् ।
नेपालले प्रत्यक्ष रूपमा धेरै सामान अमेरिका निर्यात नगरे पनि, चीन र भारतमा पर्ने असरका कारण नेपाली बजारमा अप्रत्यक्ष रूपमा प्रभाव पर्न सक्छ। नेपालले चीनबाट ल्याउने वस्तुहरूको मूल्य वृद्धि हुन सक्छ, जसले उपभोक्तामाथि आर्थिक भार थप्नेछ।
२. विश्व स्वास्थ्य संगठन (WHO_ बाट बहिर्गमन:
राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश १४१५५ मार्फत अमेरिका ध्ज्इ बाट बाहिरिने निर्णय गरे। कोरोना भाइरस महामारीका समयमा उनले ध्ज्इ लाई चीन केन्द्रित संस्था भनेर आलोचना गरेका थिए। WHO सन् १९४८ मा स्थापना भएको थियो, र अमेरिका यसका प्रमुख दाताहरूमा पर्दथ्यो। अमेरिका वर्षेनी ४०० मिलियन डलरभन्दा बढी योगदान दिने गर्थ्यो। ट्रम्पले ध्ज्इ लाई कोरोना महामारी रोकथाममा असफल भएको तथा चीनको प्रभावमा रहेको आरोप लगाउँदै सहयोग रोकेका हुन्। नेपालले WHO बाट स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण सहयोग पाउँदै आएको छ। अमेरिकाको सहयोग रोकिँदा कतिपय कार्यक्रमहरू संकटमा पर्न सक्छन्।
३. अन्तर्राष्ट्रिय सहायतामा कटौती
कार्यकारी आदेश १४१६९ अनुसार, ट्रम्प प्रशासनले ९० दिनको लागि सम्पूर्ण अमेरिकी विकास सहायता कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। यसका साथै उनका सहयोगी एलन मस्कले अमेरिकी सहायता नियोग नै बन्द गर्ने समेत घोषणा गरेका छन् ।
यो कदम संघीय प्रशासनमा खर्च कटौती गर्ने अभियानको हिस्सा भएको बताइएको छ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मध्यरातमा अडियो मात्र रहेको उपस्थितिमा यो घोषणा गरेका थिए। उनले भने, “हामी यसलाई बन्द गर्दैछौं।” साथै उनले जोड्दै भने, “हामी USAID बन्द गर्ने प्रक्रियामा छौं।”
उनले USAID बन्द गर्ने निर्णयमा राष्ट्रपति ट्रम्पको पूर्ण समर्थन रहेको र यसबारे धेरै पटक छलफल गरिएको बताए। “मैले यो विषयमा ट्रम्पसँग विस्तारमा छलफल गरें, र उहाँले यसलाई बन्द गर्नुपर्ने सहमति जनाउनुभयो,” मस्कले भने। उनले थपे, “मैले उहाँलाई धेरै पटक सोधें, ‘तपाईं निश्चित हुनुहुन्छ?’ र उहाँले ‘हो’ भन्नुभयो।”
तर, मस्कले ह्वाइट हाउससँग यो कदम चाल्न कानुनी अधिकार कत्तिको छ भन्ने विषयमा कुनै स्पष्टीकरण दिएका छैनन्। न त उनले USAID बन्द गर्न कुन विधि अपनाइनेछ भन्ने खुलाएका छन्।
USAID को बन्द हुने खबरले अमेरिकी संसद र अन्तर्राष्ट्रिय समुदायमा ठूलो तरंग पैदा गरेको छ। USAID अमेरिकी सरकारको महत्वपूर्ण एजेन्सी हो, जसले विश्वभरका विकासशील देशहरूमा मानवीय सहायता, स्वास्थ्य सेवा, शिक्षा, र लोकतान्त्रिक सुधारहरूका लागि अरबौं डलर खर्च गर्दै आएको छ।
यस निर्णयले विश्वभरका मानवीय सहायता कार्यक्रमहरूमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यदि USAID बन्द भएमा विकासशील देशहरूमा गरिबी निवारण, खोप अभियान, खाद्य सहायता, र आपतकालीन उद्धार जस्ता परियोजनाहरू संकटमा पर्नेछन्।
यस विषयमा ट्रम्प प्रशासनको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन। ह्वाइट हाउसले मस्कको घोषणामा कुनै आधिकारिक टिप्पणी नगरेकोले प्रशासनभित्रै पनि अन्योल रहेको देखिन्छ।
अमेरिकी संविधानअनुसार, संघीय निकायहरू बन्द गर्ने वा वित्तीय कटौती गर्ने निर्णयमा कङ्ग्रेसको स्वीकृति आवश्यक पर्छ। USAID जस्तो संघीय एजेन्सीलाई बन्द गर्न राष्ट्रपतिको एकल निर्णय पर्याप्त नहुन सक्छ। विपक्षी डेमोक्र्याटिक सांसदहरूले यस निर्णयको कडा आलोचना गरेका छन्।
कङ्ग्रेसका एक वरिष्ठ सदस्यले भने, “राष्ट्रपति ट्रम्प र एलन मस्कको निर्णय लोकतान्त्रिक प्रक्रियाको उल्लङ्घन हो। संघीय एजेन्सी बन्द गर्ने अधिकार कङ्ग्रेससँग मात्र छ।”
साथै, USAID का कर्मचारीहरूलाई टेलिवर्क गर्न निर्देशन दिइएको छ, र सुरक्षा अधिकारीहरूलाई हटाइएको छ भन्ने रिपोर्टहरू आएका छन्।
यस विषयमा थप अद्यावधिक जानकारीको लागि ह्वाइट हाउस र कङ्ग्रेसको आधिकारिक बयान पर्खिनुपर्ने देखिन्छ।
अमेरिकी सहायता नियोग USAID को माध्यमबाट नेपालमा सञ्चालित पूर्वाधार, शिक्षा, कृषि विकास तथा स्वास्थ्य क्षेत्रमा असर पर्नेछ। यदि अमेरिका सहयोग स्थगित गर्छ भने, नेपालले अन्य दातृ राष्ट्रहरूमा भर पर्नुपर्ने हुन्छ। यसले हाल सञ्चालित परियोजनाहरु बन्द हुन गइ त्यसमा कार्यरत ठूलो संख्यामा जनशक्ति बेरोजगार हुने देखिन्छ।
४. आप्रवासन नीति कठोर बनाउने निर्णय
ट्रम्प प्रशासनले आप्रवासन नियमहरू कडा पार्दै ग्रीन कार्ड तथा शरणार्थी सम्बन्धी नीतिहरूमा कडा नियम लागू गरेको छ। अवैधरुपमा अमेरिका रहेका बिभिन्न देशका कामदाहरुलाई फिर्ता पठाइन थालेको छ।
नेपालमा प्रभाव नेपाली विद्यार्थी तथा कामदारहरूको लागि अमेरिका प्रवेश कठिन बन्नेछ। अमेरिकामा नेपाली आप्रवासीहरूको संख्यामा गिरावट आउन सक्छ, जसले रेमिट्यान्समा प्रभाव पार्नेछ। यतिमात्रै नभएर यसअघि अवैध तवरले अमेरिका गएका सयौं नेपालीलाई फिर्ता गरिने देखिन्छ।
राष्ट्रपति ट्रम्पका पछिल्ला नीतिगत निर्णयहरूले विश्वव्यापी व्यापार, सार्वजनिक स्वास्थ्य, विकास सहयोग तथा आप्रवासी कामदारहरूमा गम्भीर असर पार्ने देखिन्छ। नेपाल जस्ता विकासशील मुलुकहरू यी परिवर्तनबाट अझ बढी प्रभावित हुन सक्छन्। नेपालले यी परिस्थितिहरूलाई ध्यानमा राख्दै दीर्घकालीन वैकल्पिक रणनीतिहरू अपनाउनु आवश्यक छ।
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

