मन्त्रीलाई बालकोट बोलाएको सत्य होइन् : बालकोट

मन्त्रीलाई बालकोट बोलाएको सत्य होइन् : बालकोट

काठमाडौं । सत्ता गठबन्धन फेरबदलको चर्चाका बीच मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । बैठकमा एमालेका मन्त्रीहरु पनि सहभागी छन् ।

आजै एमालेका मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी ओलीको निवासमा बोलावट आएको भनिए पनि सो प्रचार गलत रहेको बालकोट स्रोतले जनाएको छ ।

आज साँझ ६ बजे बालकोट आउन एमाले अध्यक्ष ओलीको सन्देश मन्त्रीहरुलाई प्राप्त समाचार आएको थियो ।

ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाएको खबर सत्य नभएको बालकोटको फेसबुक पेजबाट जानकारी गराइएको छ ।

माधव नेपाल नेकपा(एस)को अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत भएका छन् । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा नेपाल चयन भएका हुन् ।  चार दिनदेखि जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पुरानै नेतृत्वमा सहमति जुटेको हो । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले पुग्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताएका छन्।  बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने बताएका हुन्।  थापाले दुई दल मिल्दै गर्दा संख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहने बताए। सरकारभन्दा बाहिर बसेका दलले संसद्‌बाटै खबरदारी गर्नेुपर्ने उनको भनाई थियो । 

भारतका विदेशमन्त्री जयशंकर र चीनका विदेशमन्त्री यीबीच भेट

काठमाडौँ ।लद्दाखमा जारी सीमा तनावकाबीच भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच भेट भएको छ । उनीहरुबीच कजाकिस्तानको राजधानी अस्तानामा बिहीबार भेट भएको हो ।   जयशंकर र वाङ कजाकिस्तानमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुन आस्तानामा छन् । जयशंकरले भेटबारे जानकारी दिँदै एक्स (ट्विटर) मा लेखेका छन्, ‘आज बिहान अस्तानामा चीनका विदेशमन्त्री वाङ यीसँग भेट भएको छ । भेटका क्रममा सीमा विवादसँग सम्बन्धित मुद्दा छिट्टै समाधान गर्ने बारे कुराकानी भएको छ । कूटनीतिक र सैन्य माध्यमबाट समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई दोब्बर बढाउने सहमति भएको छ ।’ जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्दै सीमा क्षेत्रमा शान्ति र सौहार्द वातावरण सुनिश्चत गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् । संघाई सहयोग संगठन (एससीओ)को २४ औं बैठक आज सुरु हुँदैछ ।  बैठकमा सहभागी हुन चीनका राष्ट्रपति शी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ कजाकिस्तानमा छन् ।

रास्वपाका मन्त्रीहरूले राजीनामा नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।राजीनामा दिने भन्दै बालुवाटार पुुगेका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने भएकाले रास्वपाले सहयोग गर्नु पर्छ भनेपछि राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामा दिने भनेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

लोकप्रिय