निगरानीपछि बढ्यो पशुपतिको भेटी

निगरानीपछि बढ्यो पशुपतिको भेटी

काठमाडौं। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ। 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो । 

कोषका सदस्य सचिव डा.मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ। 

यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ। उनले जेठ २० गते दुई महिनायताकै सर्वाधिक सात लाख सात हजार ३१६ रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो । उहाँले सङ्कलित भेटी मन्दिर परिसरबाटै मुचुल्का गरेर नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा जम्मा गरिने बताए। 

डा। थापाले भने, “भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले आस्थाले चढाएको भेटी चोरी गर्ने गिरोह नै पहिल्यैदेखि सक्रिय रहेछ । भेटी चोरी हुने गुनासो आएपछि हामीले उच्च प्राथमिकताका साथ निगरानी ग¥यौँ । सिसिटिभी निगरानी गरेर रङ्गेहात नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि अनुपातिक रूपमा भेटी सङ्कलनमा वृद्धि भएको छ ।”

जेठ ८ गते कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

मुख्य आरोपीमाथि भएन छानबिन

गौशाला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएका पाँचै जनामाथि अनुसन्धान भइरहेको बताउनुभयो । नासु ढोडारीको घरबाटै छ लाख रुपियाँ बरामद भएपछि प्रहरीले अझै सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको छ । तर भेटी चोरी गर्ने कार्यका लागि कर्मचारी नै खटाउने भनी पोलिएका कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीसँग प्रहरीले बयान लिएको छैन । 

संस्कृति संरक्षण महाशाखाका नासु ढोडारी, ब्राह्मण घिमिरेसहित बाजा बजाउने कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको छ । डिएसपी थेबेले भन्नुभयो, “आवश्यक परे जसलाई पनि बोलाउँछौँ ।”

२०८० जेठ १६ गते वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई 

१० दिनको तलब सुविधा दिने गरी 

खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले कामलाई निरन्तरता दिएको बयान बाजा बजाउने कर्मचारी अनिलको थियो । पक्राउ पर्नासाथ त्यस्तो बयान सार्वजनिक भए पनि प्रहरीले कोषाध्यक्ष सुवेदीलाई बोलाएको छैन । पक्राउ परेका अभियुक्तको बयान अनुसार पाँच सय र एक हजार दरका गरी दैनिक १५ हजार रुपियाँसम्म लाने र नासु ढोडारीलाई बुझाउने गरिएको थियो । 

कोषाध्यक्ष सुवेदीले भेटी चोरीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ ।उनले भने, “मेरो नाम आयो तर भेटी चोरीमा मेरो संलग्नता छैन । त्यहाँ के के भएको मलाई थाहै छैन ।” नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय निर्वाचन आयोग सदस्य सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । 

सदस्य सचिव डा। थापाले पशुपतिनाथ, बासुकी र हनुमान मन्दिरबाट दानभेटी, चन्दन वितरणको दानभेटी, बुढानीलकण्ठको भेटी, नवग्रहको भेटीसहितका शीर्षकमा दैनिक भेटी सङ्कलन हुने बताए। उनले पशुपतिनाथ मन्दिरमा प्रविधि एवं सिसिटिभीको प्रयोग गरी जुनसुकै छिद्रबाट हुने चोरी पनि नियन्त्रण गरिने बताए।उनले भने, “आस्थाको केन्द्रप्रति जनविश्वास अभिवृद्धि गर्नकै लागि हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा सुधारका कार्यक्रम गरिरहेका छौँ । अब यस्ता प्रवृत्ति पूर्णतः निषेध गरिने छ ।” गोरखापत्रमा समाचार छ । 

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय