कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो रहनेछ देशभरको मौसम

कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना, यस्तो रहनेछ देशभरको मौसम

काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।


कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।


कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

काठमाडौं ।पृथ्वीराजमार्गमा पहिरो गएको छ। राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो। एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। बिहान ५ बजे खसेको पहिरोका कारण  मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ।

आज यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुरमा

चितवन। पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा.महावीर पुन भरतपुर महानगरपालिका आइपुगेका छन् । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उनले अन्तरक्रिया गरेका छन्।   राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ।३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा। पुन यस अभियानमा लागेका छन् । कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा.पुनको अभियान सकारात्मक रहेको बताए।राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो। ‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उनले भने,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ । आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन ।’ प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गरे । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा. पुनले बताए । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उनले भने, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु।’ नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए। उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको मूल्य

काठमाडौं। सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो। त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ। चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० निर्धारण भएको छ।

लोकप्रिय