रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् ।उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् ।

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताइन् । ‘डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छु’, मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताइन्।

‘सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छु’, मन्त्री शर्माले भनिन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन्। गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक/दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सभामुखसहित शीर्ष नेताको बैठक : संसद सञ्चालनबारे जुटेन सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍यायो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो।  बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए।यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए।  

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्। उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

लोकप्रिय