नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन।  

ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गएराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ । 

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने योजनामा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । 

यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । कतारसँग १५ रनले पराजित भएको थियो । रासस

यी हुन् आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमबाट विश्वकप खेल्ने १५ खेलाडीको टुँग्गो लागेको छ ।  नेपाली टिमका कप्तान रोहितकुमार पौडेलका अनुसार बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्सका आधारमा विश्वकपका लागि नेपाली खेलाडीको छनोट गरिएको हो ।  विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको नेपाली टिमका कप्तान रोहित पौडेलले जानकारी दिए । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे । नेपाली टिममा रहेका खेलाडी यी हुन्  क्याप्टेन रोहित पौडेल,आसिफ शेखी,अनिल कुमार साह,कुशल भुर्तेल,कुशल मल्ल,दिपेन्द्र सिंह ऐरी,ललित राजवंशी,करण केसी,गुलशन झा,सोमपाल कामी,पतिश जिसी,सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २२८ रनको चुनौति

काठमाडौं । टी २० सिरिजको तेस्रो खेलमा वेष्ट इन्डिजले नेपाललाई २२८ रनको चुनौति दिएको छ ।  टस हारेर कमजोर फिल्डङ गरेको नेपालले जितका लागि विशाल लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन जोड्न सक्यो । आजको खेलमा वेष्ट इन्डिजका व्याटरसामु नेपालका बलर निरिह देखिए । नेपालका करण केसीले चार ओभरमा ५४ रन खर्चिएर एक विकेट लिए भने सागर ढकालले ४१ रन खर्चिएर एक विकेट लिए । त्यस बाहेक एलिक अथान्ज १० बलमा २७ रन जोड्दा रन आउट भए । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले अविजित शतकीय पारी खेले । चाल्र्सले ६१ बलमा अविजित ११९ रन बनाए ।

वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालको कमजोर फिल्डिङ

काठमाडौं । टी २० सिरिजको तेस्रो खेलमा नेपालको कमजोर फिल्डङ देखिएको छ ।  वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले ११ ओभर सकिदा १ विकेट गुमाएर १२१ रन जोडेको छ । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले ३४ बलमा ६९ रन बनाएर खेलिरहेका छन् भने उनलाई आन्द्रे फेचरले २२ बलमा ३३ रन बनाएर साथ दिइरहेका छन्। एलिक अथान्ज १० बलमा २७ रन जोड्दा रन आउट भए पनि नेपालले अन्य विकेट लिन सकेको छैन ।

दीपेन्द्रको कप्तानीमा नेपाल, टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । नेपालले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । आजको खेलमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । नियमित कप्तान रोहित पौडेललाई आज विश्राम दिइएको छ ।

लोकप्रिय