संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

आजको राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ । 
 

गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको छ: पम्फा भुसाल

पोखरा । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम अधिवेशनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्, "वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन, भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ। त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक लगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ।" जनयुद्धका यी उपलब्धिहरू देख्दा जनताको घर-घरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धि हटाउने षडयन्त्र भइरहेको उनको आरोप थियो। उपाध्यक्ष भुसालले दसौँ हजार सहिदको बलिदान, हजारौं महिला दिदीबहिनीहरूले लडेर ल्याएको संविधान संशोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरूले नै गर्ने बताइन्। "समाजवादमा जानका लागि संविधान संशोधन हुनसक्छ", उनले भनिन्, "तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संशोधन गर्ने षडयन्त्र भइरहेको छ। यसकाविरुद्ध सजग र सचेत भएर बस्नुहोला। त्यसका लागि सडकबाट पनि लड्नुपर्ने हुनसक्छ।" उनले संविधान संशोधन गर्न सकिने तर त्यसका लागि जनताको 'म्याण्डेट' जरुरी रहेको बताइन्। त्यसका लागि निर्वाचनमा जाँदा के-के विषयमा संशोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संशोधन गर्न सकिने उनको भनाई थियो। उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्‍याउने, दलित, अल्पसंख्यक लगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संशोधन गर्न महिलाहरूले सहयोग गर्ने बताइन्। उनले संविधान संशोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गरिन्। उपाध्यक्ष भुसालले प्रचण्डको प्रतिवादपछि संविधान संशोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन्। "समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात् रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरीत दुई ठूला दल मिले, उनले भनिन्, "तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ। त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्यो पनि अहिले उठाउन छाडेका छन्।’ उपाध्यक्ष भुसालले संविधानले दिएको अधिकार लिन पनि महिलाहरु हिच्किचाइरहेको टिप्पणी गरिन्। अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाइ, श्रीमान्, छोरा रिसाउँछन् कि भनेर महिलाहरूले पाएको अधिकार पनि लिन हिच्किचाइरहेको उनको भनाई थियो। नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे। हरेक १०/१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उनको भनाई थियो। "समाजवादी क्रान्ति त हुन्छ हुन्छ। किनकि यहाँ माओवादी छ।" उनले भने। अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाइते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

लोकप्रिय