यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र

यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र
फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवारी पाएका सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।आइतबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘बुवाले देख्नुभएको सपना र गर्नुभएको सङ्कल्प पुरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’

हार्दिक आभार तथा धन्यवाद 
आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं.२ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु ।
यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा ९एमाले० इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु ।
मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार ।
पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु ।
यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो ।
गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।
गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो ।
हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’
त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु ।
हो १ म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद ।
धन्यवाद । नमस्कार !
सुहाङ नेम्वाङ
नेकपा (एमाले)को तर्फबाट
प्रतिनिधिसभा सदस्य उम्मेदवार
इलाम क्षेत्र नं.२

गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको छ: पम्फा भुसाल

पोखरा । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम अधिवेशनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्, "वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन, भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ। त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक लगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ।" जनयुद्धका यी उपलब्धिहरू देख्दा जनताको घर-घरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धि हटाउने षडयन्त्र भइरहेको उनको आरोप थियो। उपाध्यक्ष भुसालले दसौँ हजार सहिदको बलिदान, हजारौं महिला दिदीबहिनीहरूले लडेर ल्याएको संविधान संशोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरूले नै गर्ने बताइन्। "समाजवादमा जानका लागि संविधान संशोधन हुनसक्छ", उनले भनिन्, "तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संशोधन गर्ने षडयन्त्र भइरहेको छ। यसकाविरुद्ध सजग र सचेत भएर बस्नुहोला। त्यसका लागि सडकबाट पनि लड्नुपर्ने हुनसक्छ।" उनले संविधान संशोधन गर्न सकिने तर त्यसका लागि जनताको 'म्याण्डेट' जरुरी रहेको बताइन्। त्यसका लागि निर्वाचनमा जाँदा के-के विषयमा संशोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संशोधन गर्न सकिने उनको भनाई थियो। उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्‍याउने, दलित, अल्पसंख्यक लगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संशोधन गर्न महिलाहरूले सहयोग गर्ने बताइन्। उनले संविधान संशोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गरिन्। उपाध्यक्ष भुसालले प्रचण्डको प्रतिवादपछि संविधान संशोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन्। "समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात् रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरीत दुई ठूला दल मिले, उनले भनिन्, "तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ। त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्यो पनि अहिले उठाउन छाडेका छन्।’ उपाध्यक्ष भुसालले संविधानले दिएको अधिकार लिन पनि महिलाहरु हिच्किचाइरहेको टिप्पणी गरिन्। अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाइ, श्रीमान्, छोरा रिसाउँछन् कि भनेर महिलाहरूले पाएको अधिकार पनि लिन हिच्किचाइरहेको उनको भनाई थियो। नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे। हरेक १०/१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उनको भनाई थियो। "समाजवादी क्रान्ति त हुन्छ हुन्छ। किनकि यहाँ माओवादी छ।" उनले भने। अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाइते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

लोकप्रिय