एमाले नेता र कार्यकर्ता मिलेर उपसभामुख हटाउन फेरि सुरु भयो अर्को झेल

एमाले नेता र कार्यकर्ता मिलेर उपसभामुख हटाउन फेरि सुरु भयो अर्को झेल

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध प्रतिनिधिसभामा हस्ताक्षर अभियान थालेको नेकपा एमालेले फेरि अर्को झेल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाका दुई तिहाई सांसदको हस्ताक्षर जुटाएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका थिए ।

संवैधानिक परिषद्मा बहुमत जुटाउनका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा जसरी पनि उपसभामुखविरुद्ध प्रमाण जुटाउन लगाएको छ । 

संवैधानिक परिषद्मा बहुमत जुटाएर आफ्ना कार्यकर्ता भर्ति गर्ने केन्द्र बनाउनका लागि ओली र देउवाले तयारी गरेका थिए । पहिलो मुद्दामा पछाडि हट्नुपर्ने अवस्था आएपछि अर्को विकल्पको खोजीमा ओली छन् । 

नेपाली काँग्रेसभित्रको विवाद र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलको विरोधबीच हस्ताक्षर प्रकरण असफल भएको छ । तर, प्रधानमन्त्री ओलीकै निर्देशनमा प्रहरीको प्रयोग गरेर उपसभामुखको संस्थाका गतिविधिमा छानबिन सुरु भएको छ । 

एमाले नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई र एमालेका एक कार्यकर्ता (पत्रकार भनिएका) प्रयोग गरेर उपसभामुखलाई मानव तस्करीको आरोप लगाइएको छ । त्यहीँ विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । 
  

सत्तारुढ एमालेले उपसभामुख रानालाई हटाउने प्रयासका क्रममा यो पुरानो विवादलाई उचालेको देखिन्छ। अमेरिकी दूतावासलाई भिसा मितिको पत्र लेख्ने विषयलाई लिएर रानामाथि दबाब सिर्जना गर्ने र उनको संस्थासँग जोडिएको बालबालिकाको मुद्दालाई उजागर गर्ने रणनीति अपनाइएको बुझिन्छ। यो कदमलाई राजनीतिक ‘झेल’ को रूपमा हेरिएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: गोपाल शर्माको प्रतिबद्धता

काठमाडाैं । रुकुम पश्चिम–१ को राजनीतिक परिदृश्यमा यस चुनावी सत्रमा एउटा विशेष नामले ध्यान तानिरहेको छ- गोपाल शर्मा । तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता, र सरकारी जिम्मेवारीको अनुभव बोकेको यो नेता पहिलोपटक संघीय संसदमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुकुम पश्चिममा जन्मिएका गोपाल शर्मा स्थानीय राजनीति र विकाससँग गहिरो रूपमा सम्बन्धित नेता हुन्, जसले विगतमा पार्टीको विश्वासपात्र र निर्वाचन नेतृत्वकर्ता भएर जनताको सेवा गर्दै आएका छन् । गोपाल शर्मा १२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५, रुकुम पश्चिम मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनी राजनीति र सामाजिक गतिविधिमा रुचि राख्थे । यसैले उनी ‘अनल’ उमेरमै विद्यार्थी राजनीतिमा लागे । २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाइ कमिटीको सह–सचिव बने । विद्यार्थी जीवनमै उनी नेतृत्व क्षमता देखाउने गरे । त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । २०५१ मा उनले अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । विद्यार्थी संगठनमा सक्रियताबाटै गोपालले नेतृत्वमा आफ्नो स्थान बनाएका थिए । २०५३ सालमा उनले अनेरास्ववियु रुकुम जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि २०५४ मा अखिल (क्रान्तिकारी) को राप्ती अञ्चल इन्चार्ज बने भने, २०५६ मा अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा पश्चिम उपकेन्द्र इञ्चार्ज पद सम्हाले । २०५३ सालमै गोपाल शर्मा नेकपा (माओवादी) का सदस्य बने । पार्टीमा उनी चाँडै नै सक्रिय भए । २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य तथा एरिया कमिटी इन्चार्ज, २०५७ मा विशेष उप–क्षेत्रीय ब्युरो सदस्य, २०५८ मा भेरी–कर्णाली उप–क्षेत्रीय ब्युरोमा स्थानान्तरण, २०६०–०६२ मा बाँके र बर्दिया जिल्ला इन्चार्ज, र २०६४ सम्म रुकुम जिल्ला सेक्रेटरी बने । २०६५ मा एकीकृत नेकपा (माओवादी) रुकुम जिल्ला इन्चार्ज, र २०६६–०६९ सम्म मगरात राज्य कार्यालय सचिवका रूपमा काम गरे । २०७१ मा गोपाल रुकुम जिल्ला अध्यक्ष बने र त्यही वर्ष माओवादीको केन्द्रीय सदस्यमा चयन भए । २०७३ मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, २०७५ मा एमालेसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा रुकुम पश्चिम जिल्ला अध्यक्ष बने । २०७७ मा पार्टी विभाजनपछि पुनर्गठन हुँदा २०७८ सम्म केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजकका रूपमा काम गरे । २०७९ देखि हालसम्म पनि उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । गोपाल शर्मा निर्वाचन व्यवस्थापन र संगठन निर्माणमा दक्ष छन् । उनी २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा जिल्ला निर्वाचन परिचालन समिति संयोजक भएर काम गरेका थिए । यी चारवटै निर्वाचनमा उनले तत्कालीन माओवादी नेता जनार्दन शर्मालाई विजयी गराउने जिम्मेवारी सफलतापूर्वक निभाएका थिए । यस अर्थमा उनी विगतमा पार्टीका लागि सधैं “ब्याक बोन” बनेका नेता हुन् । तर यसपटक राजनीतिक परिदृश्यमा एउटा नयाँ मोड आएको छ । गोपाल शर्मा अब आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । विगतमा विश्वासपात्रका रूपमा जनार्दन शर्मालाई निर्वाचन जिताउन भूमिका खेलेका उनी अहिले आफैं चुनावी मैदानमा छन् । जनार्दन यसपटक प्रलोपाबाट उम्मेदवार छन् । यसले स्थानीय निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ । गोपाल शर्मा संसदीय अनुभव पनि बोकेका छन् । २०७४ मा उनी कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भए । २०७८ मा कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले नीति निर्माण, बजेट व्यवस्थापन र विकास परियोजनाहरूमा अनुभव हासिल गरेका छन् ।  यी सबै अनुभवले उनलाई प्रतिनिधिसभामा विश्वसनीय, अनुभवी र जनमुखी नेता बनाउँछ । राजनीतिक विश्लेषकहरूका अनुसार, गोपालको संगठनात्मक क्षमता र स्थानीय नेतृत्वमा स्थापित सञ्जालले उनलाई ठूलो सहयोग पुर्‍याउनेछ । शर्माका निर्वाचन एजेन्डा: रुकुम पश्चिमको समृद्धि १. पूर्वाधार विकास सडक र पुल: पालिका केन्द्रदेखि वडा–वडा र बस्ती–बस्ती सम्म सडक विस्तार र स्तरोन्नति । चौरजहारी विमानस्थल विस्तार, पर्यटन प्रवर्द्धन र आर्थिक गतिशीलता जलविद्युत: स्यार्पू हाइड्रोपावर निर्माण र सेयर वितरण मार्फत आम्दानी सुनिश्चित खानेपानी र सिंचाई: “एक घर, एक धारा” अभियान पूरा गर्दै कृषि योग्य जमिनमा सिंचाई सुविधा २. सामाजिक विकास शिक्षा: गुणस्तरीय शैक्षिक केन्द्र, प्राविधिक तथा व्यवसायिक तालिम स्वास्थ्य: जिल्ला अस्पताल स्तरोन्नति, मोबाइल अस्पताल, टेलिमेडिसिन सेवा सामाजिक न्याय: जातीय, लैङ्गिक समानता; सहिद परिवार, जेष्ठ नागरिक, दलित र विपन्न वर्गको संरक्षण संस्कृति संरक्षण: मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन युवा तथा खेलकुद: खेलमैदान र रंगशालाको निर्माण ३. आर्थिक विकास पर्यटन: स्यार्पुताल, मेरी नदी, डिग्रेशाईकुमारी मन्दिर, गुरिल्ला ट्रेल, वारास्थित जनयुद्ध संग्रहालय कृषि उत्पादन र पशुपालन: आधुनिक प्रविधि, व्यवसायिक पशुपालन, कृषि उद्योग विस्तार रोजगारी: साना उद्योग स्थापना, युवालाई व्यवसायिक सीप विकास ४. संस्थागत विकास र सुशासन कानून सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता संघ–प्रदेश–स्थानीय तहबीच समन्वय ५. वातावरण र विपद व्यवस्थापन वन, जलस्रोत र जैविक विविधता संरक्षण भूकम्प र प्राकृतिक प्रकोपबाट जोखिम व्यवस्थापन गोपाल शर्माको स्थानीय प्रभाव रुकुम पश्चिममा गोपाल शर्मा तीव्र रूपमा परिचित अनुहार हुन्। उनी पार्टीमा मात्र होइन, स्थानीय जनसमुदायमा पनि विश्वास र सम्मानका पात्र हुन्। उनी विगतमा जनताको सेवा र पार्टीका काममा सक्रिय रहेर योगदान पुर्‍याएका छन्। विगतका चुनावमा जनार्दन शर्माको सफलतामा उनको नेतृत्व निर्णायक साबित भएको थियो। उनको नारा “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार – आत्मनिर्भर रुकुम पश्चिमको आधार” स्थानीय जनताको आकांक्षा र विकास दृष्टिकोणसँग मेल खान्छ। उनले विगतका अनुभव र आगामी योजनाहरूलाई व्यवहारिक र लक्षित तरिकाले अघि सारेका छन्। निष्कर्ष गोपाल शर्माको यात्रा स्पष्ट रूपमा देखाउँछ कि उनी विश्वसनीयता, अनुभव र विकासशील सोच बोकेको नेता हुन्। विद्यार्थी राजनीति देखि पार्टी नेतृत्व, निर्वाचन व्यवस्थापन, र सरकारी जिम्मेवारीसम्म उनको यात्रा उनलाई संघीय संसद् सदस्यको लागि योग्य उम्मेदवार बनाउँछ। रुकुम पश्चिम–१ का जनताले अब निर्णायक क्षणमा आफ्नो भोटमार्फत अनुभवी, प्रतिबद्ध र विकासमुखी नेतृत्व छान्ने मौका पाउँछन्। गोपाल शर्मा आफ्नो तीन दशकको अनुभव, संगठनात्मक दक्षता र विकास योजनाहरू लिएर चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी एजेन्डा स्पष्ट छ — शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासन। यदि जनताले उनलाई समर्थन गरे, रुकुम पश्चिमले आगामी दशकमा आत्मनिर्भर, समृद्ध र सामाजिक न्याययुक्त जिल्ला बन्ने मार्ग तय गर्न सक्छ। गोपाल शर्माको कथा केवल राजनीतिक करियरको कथा मात्र होइन, यो रुकुम पश्चिमका लागि विकास र नेतृत्वको सम्भावनाको कथा हो।

आजको मौसम, यी क्षेत्रमा हुने मनसुन सक्रिय

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। यसको प्रभावले नेपालभर आज र राति मौसम प्रभावित हुने देखिएको छ। देशका विभिन्न भागमा बदली, मध्यम वर्षा, र केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। दिउँसोको मौसम मौसम अवस्था: देशभर सामान्यदेखि पूर्ण बदली रहने। वर्षाको सम्भावना: बागमती, गण्डकी, र लुम्बिनी प्रदेश: यी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना। मधेश र लुम्बिनी प्रदेश (तराई): केही स्थानमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना। अन्य क्षेत्र: देशका बाँकी भू-भागमा सामान्य बदली रहने, तर वर्षा सीमित स्थानमा मात्र हुने। रातिको मौसम मौसम अवस्था: कोशी, मधेश, र पहाडी भू-भाग: सामान्यदेखि पूर्ण बदली रहने। बाँकी भू-भाग: आंशिकदेखि सामान्य बदली रहने। वर्षाको सम्भावना: कोशी, बागमती, र गण्डकी प्रदेश: यी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना। अन्य प्रदेश: थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना। सावधानी र सुझाव भारी वर्षा: कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, र डुबानको जोखिमप्रति सचेत रहन स्थानीयवासीलाई अनुरोध गरिएको छ। हावाहुरी: मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ। यात्रा र कृषि: वर्षा र हावाहुरीले सडक यातायात र कृषि कार्यमा असर पर्न सक्ने भएकाले मौसमको जानकारी लिई योजना बनाउन अनुरोध छ। मौसम विभागको अपिल जल तथा मौसम विज्ञान विभागले स्थानीय प्रशासन, समुदाय, र नागरिकहरूलाई मौसम सम्बन्धी अद्यावधिक जानकारी लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्न आग्रह गरेको छ। थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिनेछ।

माओवादी सांसद छिरिङलामु लामालाई बोल्न रोके सभामुखले

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङलामु लामा तामाङलाई बोल्दाबोल्दै रोकेका छन्। सांसद लामाले आकस्मिक समयमा सभामुखलाई जानकारी दिएकोभन्दा फरक विषयमा बोलेको भन्दै सभामुखले उनलाई रोकेका हुन्। बैठकमा सांसद लामाले बोल्न सुरु गरेपछि सभामुख घिमिरेले उनलाई माग गरिएको विषयमा केन्द्रित रहन निर्देशन दिएका थिए। उनले भने, “माननीयज्यू, जुन विषय माग गर्नुभएको छ, त्यही विषयमा बोल्न निर्देश गर्दछु।” तर, लामाले आफ्नो विषय आउनै लागेको बताए पनि निर्धारित विषयमा प्रवेश नगरेपछि सभामुखले उनलाई रोक लगाए। “तपाईंले दिएको विषय र बोलेको विषय मिलेन, कृपया बस्नुस्,” सभामुख घिमिरेले भने।

नेकपाको स्थायी समिति बैठकको निष्कर्ष : माओवादी केन्द्रसँग तत्काल पार्टी एकता

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नेसहित बामएकतामा जोड दिएको छ । मंगलबार सम्पन्न पार्टीको स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने विषयमा निर्णय गरेको  र बाम एकतामा जोड दिएको छ ।  पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले प्रस्तुत गरेको समसामयिक प्रस्तावलाई बैठकले पारित गरेको छ । भोलि बस्ने पोलिटब्युरो बैठकमा थप छलफल गर्ने तयारी नेकपाको छ । स्थायी समितिका एक सदस्यले भने, भोलि बस्ने पोलिटब्युरो बैठकमा यस सम्बन्धमा छलफल हुनेछ । त्यस लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी एकताका सन्दर्भमा निर्णय हुनेछ ।  नेकपा माओवादी केन्द्रले तत्काल पार्टी एकता गर्ने निर्णय नै गरेको विषयलाई स्थायी समिति बैठकले सकरात्मकरुपमा लिएको ती सदस्यले जानकारी दिए । तत्काल माओवादी केन्द्रसँग एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको समग्र एकतालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित रहेको थियो ।  अब नेकपाले पोलिटब्युरो र केन्द्रीय समिति बैठकबाट पार्टी एकताका लागि ठोस प्रस्ताव र जिम्मेवारी तोकेर अगाडि बढ्ने छ । नेकपाको पोलिटब्युरो र केन्द्रीय समिति बैठक पनि पार्टीको केन्द्रीय कार्यालय शिवगढी कपिलबस्तुमा बस्नेछ । 

लोकप्रिय